अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न
काठमाडौं : सिर्जना, विषय र विचारमाथि विमर्श गर्ने उद्देश्यले सञ्चालित ‘सिर्जना र संवाद’को पँचौँ शृङ्खलामा प्रगतिवादी स्रष्टा अनिल श्रेष्ठको निबन्धसङ्ग्रहमाथि गम्भीर विमर्श गर्दै शनिवार सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना र ‘सिर्जना र संवाद’को संयोजनमा सम्पन्न कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा अमर गिरी, प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा नन्दीश अधिकारी, समीक्षक तेजविलास अधिकारी र कार्यक्रम संयोजक गौरी देवकोटाले निबन्धसङ्ग्रहका सबल र कमजोर पक्षका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो । पुस्तकमा लेखकले विवेचना गरेका विषयहरू मध्ये योग र आध्यात्मबारे निकै राम्रो बहस भएको थियो भने यसै सन्दर्भमा प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा. अमर गिरीले मार्क्सवादी दृष्टिकोणबाट विश्लेषणात्मक…