हामीले एकता गर्नु स्वभाविक बिचार थियो।
एकताले राम्रो सन्देश दिने गरिरहेको थियो।
त्यसैले एकतामा हातेमालो हुनु जरूरी भयो
जन समस्या समाधान गर्न एकताको खाँचो थियो।
एकता गर्ने क्रान्तिकारी हरूको जिम्मेवारी हो ।
कार्यगत एकता पार्टी एकता सम्म बनाउने हो।
यो महत्त्वपूर्ण जिम्मेवारी क्रान्तिकारीहरूको हो।
सर्वहारा सिद्धान्त जन प्रेमीहरूको यो एकता हो।

एकता घरमा मित्रहरूमा सबैमा चाहिन्छ।
एकता समाजमा व्यक्ति पार्टी जहाँ पनि चाहिन्छ ।
जनताको जनलहरले एकता बलियो पारिन्छ ।
बैचारिक एकता चट्टान झै बलियो अटुट भइन्छ ।
फुटेर टुक्राटुक्रा हुनुआफ्नै लागि घातक छ।
बिना एकताको समूहको लागि आपतनै छ।
आपत बिपतलाई बैचारिक ढङ्गबाट बुझ्न छ।
एकताको खुशिको सन्देशको प्रचार चारैतिरछ।
त्यसैले बाटो नबिराउ एकतामा जोडदिनु पर्छ।
सबै मिलि देशको एकतामा ध्यानदिने गर्नपर्छ।
देशको लागि बन्ने एकताले देशको काचुलि फेर्छ।
समृद्धिको बाटोको अविरल यात्रा सफल हुन्छ।
एकता प्रेमीहरूले एकतामा बिस्वास गर्ने छन ।
एकतालाई देशको प्रमुख उद्देश्य मान्ने छन ।
उनिहरू नै देशका होनहार नागरिक हुने छन ।
देश प्रेमीहरूले देशको स्वाभिमान बचाउने छन
कार्यगत एकता साझा कार्यक्रम गर्दै जानुपर्छ ।
कम्युनिस्टहरूले एकीकरण ध्रुवीकरण गर्नुपर्छ ।
सबै कम्युनिस्ट एकै ठाउँमा उभ्याउने गर्नुपर्छ ।
कम्युनिस्टको यो इतिहास हो बुझ्ने गर्नु पर्छ ।
नियमहरू त बस्तुगत रूपमा परविर्तन हुन्छन् ।
वस्तुगत बिषयमा पनि ध्यान दिनुपर्ने हुन्छन् ।
समयले पनि गुणात्मक फड्को मार्नेतह हुन्छन्।
सिद्धान्तमा अलि लचिलोपन आउने गर्छन् ।
फुड्दै जानू भनेको राम्रो सन्देश हुँदै होइन कमरेड
बिचारमा फरक पर्छ भने सुधारेर जाने हो कमरेड ।
आलोचना र आत्मालोचना गर्दै जानुपर्छ कमरेड ।
छलफलमा स्वतन्त्रता र कार्यमा एक रुपता हुने हो कमरेड ।
जनसागरलाई महासागर बनाउनु पार्टी एकता भको हो।
देश जनताको समस्या समाधानको लागि यो एकता हो।
यो एकता देशका क्रान्तिकारीहरूको अटुट एकता हो।
गरिब बस्तीहरूको समस्या नियालेर भएको एकता हो।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नाम राखेको छ ।
क्रान्तिकारीहरूको अटुट एकताको धु्रवीकरण भको छ ।
देशको दलाल सामन्ती जालो चिर्न बलियो एकता भको छ ।
दलाल सामन्तीका किल्ला भत्काउनु बृहत एकता भको छ ।
देशका जल्दाबल्दा समस्या समाधान गर्न एकीकरण हो ।
जालीको अत्याचार समाप्त पार्न कम्युनिस्ट धुर्विकरण हो ।
सहिदहरूको रगतले सजिएको क्रान्तिकारी जन एकता हो ।
बस्तीबस्तीको अवलोकनको तर्जुवा गरेको पार्टी एकता हो ।
आउ है देशका जनता एकता पक्षहरू हातेमालो गरौं ।
गाउँ गाउँ बस्ती बस्तीका निमुखा असहाय गरिब ज्यामीहरू ।
सामन्ती शासनको अन्त्य गरेर जालिहरूको बिरूद्व गरौं ।
देश व्यापीरूपमा जनआन्दोलनको थालनी गर्ने गरौं ।
यो देश जनताको जनसागरबाट प्रभावित देश बनाउँ
देशलाई साम्राज्यबादको छत्रछायाबाट बाहिर ल्याउँ
देश स्वतन्त्र र सहुलियतपूर्ण किसिमबाट चिनारू बनाउँ
देशको सुरक्षाको लागि नागरिक तह सम्म परिवर्तन ल्याउँ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनताको पार्टी हो ।
देशका मजदुर किसान सर्वहारा गरिब जनहितको पार्टी हो
गरिबी निवारण लाई नियालेर बनेको जनमुक्ति गर्ने पार्टी हो ।
देशका लागि थिचिएर थिचोलिएर चिराचिरा परि भकोपार्टी हो ।
(दक्षिण भारत)