बिक्रम थापामगर/पोखरा : कमरेड श्रीनाथ अधिकारी (श्याम) को आज पाँचौ बार्षिक स्मृति कार्यक्रम क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल,४ नम्बर प्रदेशको आयोजनामा प्रदेश पार्टी कार्यलय सृजना चोक, पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कमरेड श्यामले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी बिचार र आदर्शलाई सबैले पछ्याउनु पर्ने कुरामा सबै वक्ताहरुले जोड दिंदै कमरेड श्रीनाथ अधिकारी (श्याम) प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, एकता महाधिवेशन आयोजक समिति सदस्य क.भिम बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालका केन्द्रिय कार्यालय सदस्य एवं प्रदेश संयोजक क. चिन्तामणि पौडेल ,अतिथिहरु एकता महाधिवेशन आयोजक समिति सचिवालय सदस्य क. आकाश गौतम ,वरिष्ठ बाम बुद्धिजीवी रामराज रेग्मि,बाम बुद्धिजीवी शिव बहादुर बराल, प्राध्यापक परशुराम कोइराला,र क. श्रीनाथ अधिकारी (श्याम)को छोरा नारायण अधिकारी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
अन्य अथितिहरुमा पार्टी एकता महाधिवेशन आयोजक समिति सदस्य तथा कास्की जिल्ला सह सम्योजक कामरेड बिक्रम थापा, जनसास्कृतिक महासङ्घ ४ नम्बर प्रदेश सम्योजक÷ सहसम्योजक क्रमशः सुसिला थापा र काजिबाबु श्रेष्ठ लगाएतको उपस्थिति थियो ।
क. नारायण अधिकारीले आफ्नो बुबा श्रीनाथ अधिकारी (कमरेड श्याम)को संक्षिप्त जिवनी राख्नु भएको थियो । मौन धारण र पुष्पाञ्जली सङ्गै शुरु भएको स्मृति कार्यक्रमको सञ्चालन एकता महाधिवेशन आयोजक समिति सदस्य क. बद्री अधिकारीले गर्नु भएको थियो। कामरेड स्यामको निधन २०७६ असार २२ गते भएको थियो ।