अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न

काठमाडौं : सिर्जना, विषय र विचारमाथि विमर्श गर्ने उद्देश्यले सञ्चालित ‘सिर्जना र संवाद’को पँचौँ शृङ्खलामा प्रगतिवादी स्रष्टा अनिल श्रेष्ठको निबन्धसङ्ग्रहमाथि गम्भीर विमर्श गर्दै शनिवार सम्पन्न भएको छ ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना र ‘सिर्जना र संवाद’को संयोजनमा सम्पन्न कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा अमर गिरी, प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा नन्दीश अधिकारी, समीक्षक तेजविलास अधिकारी र कार्यक्रम संयोजक गौरी देवकोटाले निबन्धसङ्ग्रहका सबल र कमजोर पक्षका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो ।

पुस्तकमा लेखकले विवेचना गरेका विषयहरू मध्ये योग र आध्यात्मबारे निकै राम्रो बहस भएको थियो भने यसै सन्दर्भमा प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा. अमर गिरीले मार्क्सवादी दृष्टिकोणबाट विश्लेषणात्मक मन्तव्य राख्नु भएको थियो । त्यस्तै गरेर प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानीले ध्यान र ज्ञानको सीमाबारे आफ्नो धारणा राख्नु भएको थियो भने प्रा.डा. नन्दीश अधिकारी र तेजविलास अधिकारीले पनि स्रष्टा र सिर्जनाबारे आआफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा ‘यो मन कहाँ दुख्छ’का प्रकाशक केशव पराजुलीबाट लेखकले पुस्तक निकाल्दा संख्यामा भन्दा पनि गुणमा ध्यान दिनुपर्ने सुझाव राख्नु भएको थियो ।

प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाको स्वागत मन्तव्य रहेको कार्यक्रम सिर्जना र संवादकी सचिव सुनिता बुढाथोकीले सञ्चालन गर्नु भएको थियो ।

वैयक्तिक, समीक्षात्मक र संस्मरणात्मक तीन प्रकारका निवन्धहरू रहेको सङ्ग्रहमाथि उठेका विषय र जिज्ञासाहरूप्रति लेखकले आफनो धारणा राख्दै बहस हुनै पर्ने विषयमा सबै समीक्षक समालोचकको ध्यानकृष्ट भएकोप्रति खुसी व्यक्त गर्दै योग र आध्यात्म मार्क्सवादीहरूको बीचमा अझ बहसको विषय बन‍ोस् भन्ने अपेक्षा व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गर्नुभएको कार्यक्रम संयोजक गौरी देवकोटाले पनि पुस्तकमाथि आफ्ना धारणाहरू राख्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?