वर्षात सिपिहरु

लेखक : कृष्णभक्त महजर्जन

काल छ
वर्षातको
मोल छ
सत्ताको
घर
गाउँ
शहरमा
सत्ताले
बैँस फुलाइ
वर्षातले
बैँस झराइ
समाज
राष्ट्र
विश्वमा
कतै डुबाउने
कतै उत्रर्ने
धनतेज
वलतेज
यौवन तेजमा
सत्ताले
चक्कर काट्छ
वर्षातले
ठक्कर खुवाउछ
गाउँ
शहरमा
समुद्र बनाइ
प्रकृतिले
ठग छ
गाउघरमा
टोले राजा बनाइ
सत्ताले
लुट छ…….

By जन बिहानी

Related Posts