साहित्य

इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे पुरस्कार तथा सम्मान कार्यक्रम भव्य

इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे पुरस्कार तथा सम्मान कार्यक्रम भव्य

काठमाडौं : इच्छुक साँस्कृतिक प्रतिष्ठानले इच्छुक साँस्कृतिक पुरस्कार तथा सम्मान कार्यक्रम  २०८२ जेठ १३ गते   प्रष्तिठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा प्रतिष्ठानका सल्लाहकार सिपी गजुरेलको प्रमुख आतिथ्यता, सदस्य सचिव मोदनाथ मरहट्टा र कार्यसमितिका सदस्य अनिल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ । कार्यक्रममा रहनु भएका अतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), प्रा.डा. तक्मा केसी,प्रा.डा. हेमनाथ पौडेल,पुरस्कार छनोट समितिका संयोजक मित्रलाल पंज्ञानी, भुँडी पुराण प्रकाशनका अध्यक्ष केशव पराजुली ,समारोहमा सम्मानित हुनुहुने बालकृष्ण (आदर्श) राई , मनु वि.क. र सफल सोडारी हुनुहुन्थ्यो । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यवाहक महासचिव सिपी…
Read More
‘रोयल चारघरे’ को कथामा मेरो आँखा

‘रोयल चारघरे’ को कथामा मेरो आँखा

पुस्तक ‘चारघरे’यो नाम उच्चारण गर्दा नै मनका कुनाकाप्चामा गएकादेखि आएका चित्रहरू बिस्तारै एकपछि अर्को गर्दै खुल्दै जान्छन्। गाउँको धुलो, आमाको चुल्हो, बाबुको रुखो अनुहार अनि ससाना रहरहरू, जसलाई जीवनले बटार्दै सहरको झिलिमिलीमा हराउने कोसिस गरेको छ। राजकुमार श्रेष्ठको ‘रोयल चारघरे’ पढ्दै जाँदा लाग्छ - यो मेरो पनि कथा हो। म पनि यिनै साँघुरा गल्ली, यिनै समाजका लाचारी र सपना बोकेर हिँडेको छु। यो उपन्यासले मलाई मेरो विगतसँग भेट गरायो, ती बिर्सिएर गएको पीडा, संघर्ष र प्रेमको कथा फेरि सम्झायो। यो कुनै काल्पनिक कथा होइन- यो त मनको गहिराइमा कुँदिएको एउटा जीवनचित्र हो, जसमा हाम्रै अनुहार झल्किन्छ, हाम्रै आवाज गुञ्जिन्छ। यथार्थका…
Read More
जनगणतन्त्र (कविता)

जनगणतन्त्र (कविता)

लेखक : प्रभात भट्टराई जनताको मुटुबाट उठेको आवाज होजनवादी व्यवस्थाको सूर्योदय – जनगणतन्त्र । जनताको मुटुबाट उठेको आवाज होजनवादी व्यवस्थाको सूर्योदयजनगणतन्त्र नेपाल जिन्दावादजनसत्ता, जनअदालत, जनसेना जिन्दावाद । जन संघर्ष छ – यो इतिहासको मूल रेखा,प्रतिरोध छ – प्रत्येक थिचिएको श्वासमा लेखा।जन बिद्रोह उठ्छ जब सहन सकिन्न पीडा,मजदुर, किसानको मुठीमा बलिन्छ आशाको दीवा। ओ साम्राज्यवादका पाल्तु कुकुरहरू,तिमी त हो क्रान्तिको बिरोधी चिहानमा पुरिएका ढुङ्गाहरूतिमी भ्रष्ट्र कम्युनिस्टको खोल ओढेका सर्प,शहीदको रगतमा नाच्ने, तिमी त निर्दयी अपशकुनको गर्भ । तिमी दलाल – श्रमिकको पसिनालाई धुलो ठान्ने,रक्तपिपासु, मानवताको नारा भित्र हिंसा छान्ने।शान्तिको खोलमा लुकेको क्रूर ताण्डव,बलात्कार, अन्याय, अत्याचारको पृष्ठपोषक पाखण्डव। जनैधारी कथित कम्युनिस्टको साज,सुधारवादी,…
Read More
कृष्णसेन इच्छुकको २४औं स्मृति दिवस आज मनाउदै, विभिन्न कार्यक्रम गरी स्मरण गर्दै

कृष्णसेन इच्छुकको २४औं स्मृति दिवस आज मनाउदै, विभिन्न कार्यक्रम गरी स्मरण गर्दै

काठमाडौं : जनयुद्धका महान सहिद तथा पत्रकार एवम् साहित्यकार कृष्णसेन इच्छुकको आज २४ औं स्मृति दिवस हो । क्रान्तिकारी कम्युनिसट पार्टी नेपाल, इच्छुक सांस्कृतिक प्रतिष्ठान लगायतका विभिन्न संघ, संगठन र संस्थाको आयोजनामा विभिन्न कार्यक्रम गरी २४ औं स्मृति दिवस मनाइदैछ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज विशेष कार्यक्रमको आयोजना गरी इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा वितरण गरिँदै आएका पुरस्कार यस वर्ष आदर्श राई, सफल सोडारी र मनु विकलाई दिइने भएको छ । उक्त कुरा इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मोदनाथ मरहट्टाद्वारा जारी वक्तव्यमा जनाइएको छ । प्रतिष्ठानद्वारा दिइने मुल पुरस्कार नृत्यनिर्देशक आदर्श राईलाई दिइने भएको छ भने प्रतिभा पुरस्कार कलातर्फको नृत्यकार तथा वाध्यवादक सफल सोडारीलाई…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले अपनाए प्रगतिशील मृत्यु संस्कार

काठमाडौं : कम्युनिष्ट हुनकालागि कम्युनिष्ट कै जस्तो विचार र कम्युनिष्ट कै जस्तो आचरण र जीवनशैली हुनु पर्दछ । कम्युनिष्ट पार्टी भनेको भौतिकवादी दर्शन र सिद्धान्तलाई अंगाल्ने पार्टी हो। लेखाई ,बोलाई र भाषणमा भौतिकवाद तर व्यवहारमा रुढीवाद र अध्यात्मवादलाई अपनाउने गरेका उदाहरणहरु समाजमा प्रशस्त छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले प्रगतिशील मृत्युसंस्कार अपनाएर समाजमा आँट र उहाहरण पेश गर्नु भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहनवैद्य किरणकी आमा जानकादेवी वैद्यको ९९ वर्षको उमेरमा दाङमा वैशाख २४ गते मृत्यु भयो । किरणले परम्परागत मृत्यु संस्कारलाई अपनाउनु भएन । किरणले दर्शनशास्त्र र संस्कृतिको क्षेत्रमा प्रगतिशील संस्कृतिको पक्षपोषण गरेर लेखेका धेरै रचनाहरु…
Read More
जानकादेवी वैद्यको निधन भएको ५औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न

जानकादेवी वैद्यको निधन भएको ५औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न

इश्वरी प्रसाद गैरे, वैशाख २८ ,दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’की ममतामयी आमा जानकादेवी वैद्यको निधन भएको पाँचौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेल ‘प्रतिक’ हुनुहुन्थ्यो । । पार्टीका पोलिटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर बोहरा अटलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्यूरो सचिव समिर केसीले गर्नु भएको थियो । कार्यक्रममा जानकादेवी वैद्यका जेष्ठ सुपुत्र तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले आमालाई सम्झँदै वहाँ पुरानो जमनाको महिला भएपनि सामाजिक परिवर्तनको आन्दोलनमा कहिल्यै निरुत्साहित नगरी पार्टी,…
Read More
भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम  सम्पन्न

भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पाँचखाल : काभ्रे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य क. दिनेश शर्मा सागरको आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको सम्झनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो। चौलागाईं निबास पाँचखालमा सम्पन्न श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव क.सिपि गजुरेलले मृतक भद्रकुमारी चौलागाइको फोटोमा माल्यार्पन गरि श्रद्धाञ्जली ब्यत्त गरेका हुन । श्रद्धाञ्जली सभामा बोल्दै कार्यबाहक महासचिव गजुरेलले जनयुद्धकालमा महान योद्धा जन्माउने आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको हातबाट आफुले जनयुद्ध ताका खाना खएको र कम्रेड दिनेश शर्मा जस्तो महान योद्धा जन्माएर चौलागाईं परिवारले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो। कार्यक्रममा पार्टीको स्थाइ समिति सदस्य…
Read More
अखिल  नेपाल जनसाँस्कृतिक महासंघ ९ नं को क्षेत्रीय भेला सम्पन्न

अखिल  नेपाल जनसाँस्कृतिक महासंघ ९ नं को क्षेत्रीय भेला सम्पन्न

 काठमाडौं : अखिल नेपाल जनसाँस्कृति महासंघ ९ नं को क्षत्रीय भेला गौरी देवकोटाको अध्यक्षता, प्राडा जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथि मित्रलाल पंज्ञानी रहनु भएको थियो। भेलाले गौरी देवकोटाको संयोजकत्वमा १७ सदस्सीय ९ नं क्षत्रीय समिति गठन गरेको छ । जसमा सदस्यहरु छायाँदत्त न्यौपाने , श्रीकृष्ण सुलु , इशवरी गुरागाइँ, असल पाख्रिन , प्रतिभा पौडेल, श्रीधर अधिकारी, विष्णु न्यौपाने, अग्निराज पौडेल,असल वाइवा, अमित योन्जन, पुन्य प्रसाद आचार्य, जय दाहाल , मदन लामा , गणेश बोहोरा , देवेन्द्र धामी र गिनिज बुढा रहनु भएको छ । भेलाले काठमाण्डौ,भक्तपुर,ललितपुर जिल्लाको संयोजकहरुमा क्रमशः विष्णु न्यौपाने , मदन लामा , इशवरी…
Read More
रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बुवाको सम्मानमा युवा नेता प्रज्वलले गर्यो ३ वटा कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा समाजसेवी तथा शिक्षाप्रेमी लालकृष्ण श्रेष्ठको ७औं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । आज २०८२ बैशाख १३ गते शनिबार दिउँसो ४ बजे सुरू भएको उक्त कार्यक्रम रामेछाप जिल्लाको रामेछाप नगरपालिका-५ साबिक (रामपुर-२) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल"ले बुवा लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षा क्षेत्रमा र माओवादी आन्दोलनमा गर्नुभएको महत्त्वपूर्ण भूमिकाहरुको चर्चा गर्नुभयो । उहाँले परम्परागत चल्दै आएको रितिरिवाज नमानी यो…
Read More
काभ्रेमा सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

काभ्रेमा सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

रोशी,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो । काभ्रे जिल्लाको रोशी ७मा अबस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (क.प्रभु)को घरमा गै सहिद कमरेड न्यौपानेको परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे जिल्ला सचिव क.ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको हो । फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ । कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान…
Read More