
रोशी,काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सहिद र बेपत्ता योद्धा परिवार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको आयोजनामा उक्त सम्मान कार्यक्रम गरिएको हो । काभ्रे जिल्लाको रोशी ७मा अबस्थित कटुन्जेमा सहिद राजु न्यौपाने (क.प्रभु)को घरमा गै सहिद कमरेड न्यौपानेको परिवारलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काभ्रे जिल्ला सचिव क.ढोक प्रसाद अधिकारीले सहिदले देखाएको बाटोमा अघि बढ्न र पार्टीले भेटघाट र सम्मान कार्यक्रम राखेको हो ।

फाल्गुन १४ गते देखि २१ गते सम्म पार्टीले सहिद सप्ताह कार्यक्रम मनाउदै आएको छ । कार्यक्रममा पार्टीको केन्द्रिय सल्लाहकार सदस्य टङ्कराम अधिकारीले सहिदको सम्मान सहिद्को सपना पूरा भएमात्र हुने बताउनु भयो । कार्यक्रममा सहिद प्रभुको तस्बिरमा माल्यार्पन गरि परिवारको सदस्यहरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सहिद प्रभु काभ्रे जिल्लाको तेमाल नारायणस्थानमा २०६१ मङ्सिर १४ गते तत्कालीन शाहिसेनाको अप्रेसनमा सहिद भएको हो । कार्यक्रममा सहिद सरला अधिकारीको परिवारलाइ पनि सम्मान गरिएको थियो । क्रर्यक्रम सहिद परिवार क.किसानको अध्यक्षतामा र प्रदिप अस्तानीको संचालनमा सप्पन्न भयो । कार्यक्रममा केन्द्र र जिल्लाको नेता कार्यकर्ता उपस्थित भएका थिए ।