जनगणतन्त्र (कविता)

जनताको मुटुबाट उठेको आवाज हो
जनवादी व्यवस्थाको सूर्योदय – जनगणतन्त्र ।

जनताको मुटुबाट उठेको आवाज हो
जनवादी व्यवस्थाको सूर्योदय
जनगणतन्त्र नेपाल जिन्दावाद
जनसत्ता, जनअदालत, जनसेना जिन्दावाद ।

जन संघर्ष छ – यो इतिहासको मूल रेखा,
प्रतिरोध छ – प्रत्येक थिचिएको श्वासमा लेखा।
जन बिद्रोह उठ्छ जब सहन सकिन्न पीडा,
मजदुर, किसानको मुठीमा बलिन्छ आशाको दीवा।

ओ साम्राज्यवादका पाल्तु कुकुरहरू,
तिमी त हो क्रान्तिको बिरोधी चिहानमा पुरिएका ढुङ्गाहरू
तिमी भ्रष्ट्र कम्युनिस्टको खोल ओढेका सर्प,
शहीदको रगतमा नाच्ने, तिमी त निर्दयी अपशकुनको गर्भ ।

तिमी दलाल – श्रमिकको पसिनालाई धुलो ठान्ने,
रक्तपिपासु, मानवताको नारा भित्र हिंसा छान्ने।
शान्तिको खोलमा लुकेको क्रूर ताण्डव,
बलात्कार, अन्याय, अत्याचारको पृष्ठपोषक पाखण्डव।

जनैधारी कथित कम्युनिस्टको साज,
सुधारवादी, मिलेरावादी – सबै दलालहरूको माज।
उनीहरू होइनन् जनताको पक्षधर,
उनीहरूको क्रान्ति शब्दमै थुनिएको – बिकाउ खबर ।

तर आउँदैछ त्यो दिन – सर्वहारा जाग्ने,
आफ्नै सत्ताको भुइँचालोले शोषकलाई बग्ने।
शहीदको सपना, बलिदानको लक्ष्य –
साकार हुनेछ, जब श्रमिक सत्तामा लेख्नेछ निर्देश्य।

साम्राज्यवाद खरानी हुनेछ,
उसका पाल्तुहरू धुलोमा बग्नेछन्।
बमबारुद कागजी बाघमा झारिनेछ,
यथास्थितिवादको मुखौटो च्यातिनेछ।

बिदेशी गल्लीमा भौतारिने बाध्यता सकिनेछ,
स्वदेशमा रोजगारी, सम्मानको समाज बन्नेछ।
नौलो जनवाद, बैज्ञानिक शिक्षाको आरोहण,
बुर्जुवा पाठ्यक्रमको खारेजी – त्यो हुनेछ अन्तिम समाधान।

न अब कोही भोकले मर्नेछ,
न कोही शिक्षाबाट वञ्चित रहनेछ।
नयाँ अनुसन्धान, अन्यायको जरा फेला पार्ने,
अन्तरिक्षमा पनि मानवता फैलाउने ।

जन संघर्ष, जन बिद्रोह, जन सत्ता
यी नै हुन् इतिहास बदल्ने जन सत्ता
श्रमजीवी जनताको नेतृत्वमा निर्माण हुनेछ समाज
जहाँ न हुन्छ वर्ग, न हुन्छ शासनको ताज।

शहीदहरूलाई सलाम,
मजदुर–किसानको जनगणतन्त्रलाई सलाम ।

By जन बिहानी

Related Posts