भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पाँचखाल : काभ्रे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य क. दिनेश शर्मा सागरको आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको सम्झनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो।

चौलागाईं निबास पाँचखालमा सम्पन्न श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव क.सिपि गजुरेलले मृतक भद्रकुमारी चौलागाइको फोटोमा माल्यार्पन गरि श्रद्धाञ्जली ब्यत्त गरेका हुन ।

श्रद्धाञ्जली सभामा बोल्दै कार्यबाहक महासचिव गजुरेलले जनयुद्धकालमा महान योद्धा जन्माउने आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको हातबाट आफुले जनयुद्ध ताका खाना खएको र कम्रेड दिनेश शर्मा जस्तो महान योद्धा जन्माएर चौलागाईं परिवारले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो।

कार्यक्रममा पार्टीको स्थाइ समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले सास्कृती रुपान्तरण लागि समाज अझै पछाडि रहेकोले त्यो तोड्न कम्युनिस्टहरुले नै समाजको अगुवा भएकोले त्यसको नेतृत्व कम्युनिस्ट नेताहरूले गर्नु पर्ने बताउनु भयो।

कार्यक्रममा पोलिट्ब्युरो सदस्य तथा मृत्युका छोरा दिनेश शर्माले आमाको सम्झनामा एक लाख रुपैयाको कोष खडा गरि अशाय र दुखीहरुको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रमा पार्टीको ९ नम्बर ब्यूरो सचिव क.चिन्तामणि पौडेलले ९ नम्बर व्युरोको तर्फबाट समबेदाना पत्र ,जिल्ला समितिको तर्फ बाट जिल्ला सचिब ढोक प्रसाद अधिकारीले समबेद्नापत्र पढेर परिवारलाई हस्तान्तरण गर्नु भयो ।

आमा भद्र कुमारी चौलागाईंको मिति २००४ साल जेस्ठ १२ गते जन्म भै मिति २०८२ बैशाख १४ गते उपचारका क्रममा मनमोहन हस्पिटल काठमाडौ निधन भएका थिए ।

उहाको ९ छोराहरु र ७ छोरिहरु नाति नातिनातिना गरि १२६ जति सदस्य रहेको परिवारले जनाएको छ। काभ्रे जिल्ला सचीव ढोग प्रसाद अधिकारी को अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन प्रदिप अस्तानीले गरेका थिए। कार्यक्रममा केन्द्र ब्युरो र जिल्ला र परिवारको तर्फबाट उल्लेख्य मात्रमा सहभागिता रहेको थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?