इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव
काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको र त्यहाँ इरानको सरकार सही छ भनेर समर्थन गरेको होइन भन्नू भएको छ । आज काठमाडौमा विभिन्न वाम पार्टी र समूहहरूले इरान र प्यालेस्टाइन माथि अमेरिका र इजरायलको आक्रमणको विरोध गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यवाहक महासचिव गौरवले सो कुरा वताउनु भएको हो । इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्यक्रमणमा जानू पनि न्यायोचित छ –गौरवको भनाइ…