क्रान्तिकारी युवासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको राष्ट्रिय भेला वि.सं २०८२ साल असार ७ र ८ गते ललितपुरको कुपोण्डोलमा सम्पन्न भएको छ । उद्घाटन सत्रको अध्यक्षता सूर्य तिमिल्सिना , सञ्चालन दोर्जी सेर्पाले र संगीन भिउ थापा मगरले स्वागत गर्नु भएको थियो । अतिथिहरुको आसन ग्रहण पछि शहिदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबहाक महासचिव गौरवले मैनबत्ती बालेर राष्ट्रिय भेलाको उद्घाटन गर्नु भएको थियो ।
वहाँले राष्ट्रिय भेला सफलताको शुभकामना दिनु भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।
सूर्य तिमिल्सिना ,असल वाइवा र संगीन भिउ थापा सहितको ३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो । अध्यक्षमण्डलले बन्द सत्र सञ्चालन गरेको थियो । बन्द सत्रमा सूर्य तिमिल्सिनाले प्रतिवेदन र दोर्जी सेर्पाले अन्तरिम विधान प्रस्तुत गर्नु भएको थियो । छलफलपछि आएका सुझावहरुलाई समेट्ने गरी प्रतिवेदन रअन्तरिम विधानलाई बन्द सत्रले पारित गरेको थियो । त्यसपछि ३९ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक जेष्ठ सदस्य राजेन्द्र न्यौपानेको अध्यक्षतामा बसी पदाधिकारीहरु चयन गरेको छ । बैठकले सुर्य तिमिल्सिनालाई संयोजक र दोर्जी सेर्पालाई सह संयोजक चयन गरेको छ । बैठकले सुर्य तिमिल्सिना दोर्जी सेर्पा असल तामाङ र संगीन भिउ भएको पाँछ सदस्यीय सचिवालय गठन गरेको छ । नव निर्वाचित राष्ट्रिय सम्मेलन आयेजक समितिलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कावा महासचिव गौरव र स्थायी समिति सदस्य रामसिङ श्रीसले प्रशिक्षणात्मक मन्तव्य दिँदै बधाइ दिनु भएको थियो । कतिपय निर्णय सचिवालयले गर्ने गरी राष्ट्रिय भेला समापन गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?