पोरूर एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समिति अन्तर्गत पोरूर एरिया समितिको प्रथम सम्मेलन २२ जुन २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता राजेश मगरले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट त्रिलोचन पौडेल र गीतसंगीतबाट रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए।

प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा दक्षिण नगर सचिव भुवन सुवेदीले दीप प्रजोलन गरेर सम्मेलनको उदघाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा मान बहादुर अरई, कर्ण बहादुर र रमेश रेग्मी रहेका छन। सम्मेलनको प्रस्तावित प्यानल प्रस्तुत केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले गर्नु भएको थियो। उक्त प्यानल हाउसले एक मतले पारित गरेको थियो। राजेश मगरको अध्यक्षतामा ७ पूर्ण ४ वैकल्पिक र २ सलाहकार गरी १३ सदस्यीय पोरूर एरिया समितिको चयन गरिएको छ।

जस्मा उपाध्यक्ष त्रिलोचन पौडेल , सचिव राम बोहोरा, कोषाध्यक्ष प्रेम शर्मा, सदस्य मान बहादुर अरई, कर्ण बहादुर, गोविंद वैकल्पिक सदस्य राजु पाठक, कुमारी देवी रेग्मी, रमेश रेग्मी एक स्थान रिक्त सलाहकार सदस्य जायस्वर शर्मा र लक्ष्मी प्रसाद शर्मा रहेका छन । नव निर्वाचित अध्यक्षले समितिको तर्फबाट सफत ग्रहण गरेका थिए। नव निर्वाचित समितिलाइ बधाई दिनेहरूमा समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य रामकुमार क्षेत्री, रामु नेपाली र क्षेत्रीय सदस्य डिल कुमार नेपाली रहेका थिए भने कार्यक्रमको संचालन नगर उपाध्यक्ष लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।

Comments

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?