
काठमाडौँ : इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेको विरोधमा विभिन्न १३ विद्यार्थी सङ्गठनले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले तत्काल परमाणु बम बनाउने अवस्था नरहेको बताए पनि इरानमाथि आक्रमण गरिएकोमा विद्यार्थी सङ्गठनको विरोध गरेका हुन् । उनीहरुले प्लेकार्ड र व्यानर सहित प्रदर्शन गरेका हुन् । विरोध सभालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध अखिल क्रान्तिकारीका संयोजक महेश श्रेष्ठ , माओवादी केन्द्र सम्बद्ध क्रान्तिकारी विद्यार्थी संगठनका मदन ढकाल , नेकपा मसाल सम्बद्ध अखिल छैठौं ,नेकपा विप्लव सम्बद्ध अखिल क्रान्तिकारी लगायत विद्यार्थी नेताहरुले सम्बोधन गर्दै इरानमाथिको अमेरिकी तथा इजरायली आक्रमण तत्काल बन्द गर्न जोड दिएका छन् । उनीहरूले आक्रमणको विरोधमा विश्वव्यापी रूपमा आवाज उठाउन पनि अपिल गरेका छन् ।

Comments