
काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गते देखि भ्रष्टाचार विरुद्ध अभियानको प्राम्भ गरेको छ । जुलुस ,सभा,कोण सभा, ज्ञापन पत्र प्रस्तुत गर्दै अभियानको प्रारम्भ गरिएको हो ।
बाँके
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र सिडिओलाई बुझाइएको हो ।ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका बैकल्पिक पोलिटव्युरो सदस्य तथा ३ नम्बर ब्युरो सचिव दीपक शाही हुनुहुन्थ्यो । कोणसभामा पार्टी जिल्ला सेक्रेटरी आचार्यले पनि सम्बोधन गर्नु भएको थियो भने सञ्चालन विक्रम भण्डारीले गर्नु भएको थियो ।

काभ्रेपलान्चोक
असार ५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नं। क्षेत्रीय ब्युरोले बनेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न लागेको बताइयो। ब्युरोले एक विज्ञप्ति प्रकाशित गरी भ्रष्टाचारविरुद्ध निर्मम ढंगबाट उत्रने जानकारी दिएको छ । उक्त विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन । मन्त्रालय, प्रशासनिक तथा स्थानीय निकायहरू, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ, घुसखोरी ब्याप्त छ । घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो । तर स्वयम् सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ ।’विज्ञप्तिमा थप भनिएको छ – ‘देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो । तर स्वयम् सरकार, त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन ।’क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोका अनुसार ब्युरो अन्तरगतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतमा अभियान सञ्चालन गर्ने तयारी छ ।

कास्की
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय व्यूरोले भ्रष्टाचार विरोधी अभियानको एक पत्रकार सम्मेलन सङ्गै उद्घाटन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका वैकल्पिक पोलिट्ब्तुरो सदस्य तथा व्यूरोका सेक्रेटरी नारायण अधिकारीले पार्टीको एकता महाधिवेशनले पारित गरेको लाइन अनुरुप अहिले जनसङ्घर्सको चरण सुरु भएको बताउनु भयो । यो चरणको अवधि पार्टीको सचेत प्रयत्न, नेता कार्यकर्ताको आत्मगत परिस्थिति र जनताको चेतनाको आधारमा तय हुने बताउनु भयो । पार्टीले अन्तिममा बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्दै शसस्त्र जनविद्रोह मार्फत नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवादमा जाने राजनैतिक कार्यदिशाको बारेमा बताउनु भयो । कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको उत्तर दिने काम पनि प्रमुख अतिथि नारायण अधिकारीबाट भएको थियो ।
केन्द्रिय सदस्य तथा ब्युरो सचिवालय सदस्य आकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य केन्द्रिय सदस्य तथा ब्युरो सचिवालय सदस्य बाबुराम सुवेदी र संचालन केन्द्रिय सदस्य तथा सचिवालय सदस्य बिक्रम थापाले गर्नु भएको थियो । कार्यक्रममा महान शहिदहरु प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो ।

रुपन्देही
असार ५ गते बुटवल, बसपार्कबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रुपन्देही जिल्ला समितिको आयोजनामा भ्रष्टाचार विरुद्धको अभियान शुरूभएको छ। कार्यक्रमको संचालन जिल्ला समिति सदस्य बिक्रम नेपाली,अध्यक्षता केन्द्रिय सदस्य दयाराम खनाल ,प्रमुख अतिथि स्थायी समिति सदस्य सन्त बहादुर नेपाली हुनुहुन्थ्यो ।अतिथि अखिल भारत नेपाली एकता समाजका सचिव नारायण शर्मा, मनोज थापा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सदस्य हुनुहुन्थ्यो । प्रमुख अतिथि सन्त बहादुर नेपालीले भ्रष्टाचार विरोधी अभियान गाउँ गाउँमा जनताको माझमा लाने बताउनु भयो । वहाँले , न्यायपालिका कार्यपालिकाले काम गर्न सकेन , अख्तियारले आफ्नो विधि विधान रहेर काम गर्न सकेन , आज ज्युँदो मान्छे जलाउनेहरु निर्धक्क रुपमा हिंड्न् दुर्भाग्य हो, आज युवा विद्यार्थी विदेश पलायन दरलाग्दो , संसदमा सत्ता पक्ष र प्रतिपक्ष भ्रष्टलाई जोगाउन एकजुट जनताको समस्याको विषयमा पुर्वाग्रही बने, सरकारले प्रतिशोधको राजनीति गर्यो आफ्नोलाई जोगाइराख्ने तरिकाले भ्रष्टाचार नियन्त्रण हुदैन ,भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरिनुपर्दछ भन्ने भनाई राख्नु भयो ।

चितवन
चितवनमा भ्रष्टाचार विरोधी अभियानको शुरुवात २०८२ असार ५ गतेदेखि भएको छ । चितवनमा कोणसभा गर्दै भ्रष्टाचार विरोधी अभियानको शुरुवात भएको छ । कोणसभाको उद्घोषण क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला समिति सदस्य कुलप्रसाद रिजालले गर्नु भएको थियो । कार्यक्रमका वक्ताहरुमा जिल्ला सचिव घनप्रसाद सापकोटा , क्रान्तिकारी किसान महासंघ नेपाल जिल्ला संयोजक प्रकाश खनाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

दाङ
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङले भ्रष्टाचार विरोधी अभियानको उद्घाटन गरेको छ । कार्यक्रमको सन्चालन दीपक विष्टले सन्चालन र ४ नं व्यूरो सचिव समीर सिंह र नवीन खड्काले कार्यक्रमको सम्बोधन गर्नु भएके थियो । बोल्नेक्रममा वक्ताहरुले देशमा राज्य सञ्चालकहरुदेखि सबै नै भ्रष्टाचारमा लिप्त भएकाले त्यसको विरोध गर्नुका साथै संलग्नलाई कारवाहीको माग समेत गर्नु भयो ।

नुवाकोट
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नं ब्यूरोले नुवाकोट जिल्लामा भ्रष्टाचार विरोधी अभियान उद्घाटन गरेको छ । ८ नंबर ब्युरोका सचिव रमेश पौडेलले उद्घाटन गर्नुभएको अभियान कार्यक्रमको संचालन नुवाकोट जिल्ला सचिव अर्जुनलाल श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा रसुवा जिल्ला सचिव बद्री चापागाईंको पनि उपस्थिति रहेको थियो। अभियान उद्घाटन कार्यक्रममा दर्जनौं संचारकर्मीहरु र नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नवलपुर
नवलपुरमा भ्रष्टाचार बिरोधी अभियानको उद्घाटन गरिएको छ । २०८२ असार ५ गतेका दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ११ नम्बर ब्यूरो अन्तरगत नवलपुर जिल्लाले जिल्लाको सदरमुकाम कावासोती स्थित शहीद पार्कमा भ्रष्टाचार बिरोधी अभियानको उद्घाटन गरेको छ । जिल्ला सचिव उत्तम थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य लेखनाथ पौडेलको सञ्चालन पछि ज्ञात अज्ञात शहीदहरुको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो ।
राजनैतिक परिषद सदस्य तथा ब्यूरो सचिव अशोक लम्साल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य धनपती ज्ञवाली, ज्योतिनारायण सुवेदी, श्याम कुमाल तथा अखिल भारत नेपाली एकता समाजका सचिवालय सदस्य ईन्द्र भेटालको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अशोक लम्सालले भ्रष्टाचार बिरोधि अभियानको बिषयमा प्रकाश पार्दै देश भ्रष्ट र कमिसनखोरबाट आक्रान्त छ , जुनसुकै निकाय पनि भ्रष्टाचारबाट मुक्त छैन , हामी त्यस्ता ब्याक्ति संघ सस्था आदिको अध्ययन गरि जनस्तरबाटै कडा भन्दा कडा कार्वाही गर्दै जाने कुरा राख्नु भयोभने कार्यक्रममा ज्योतिनारायण सुवेदी , श्याम कुमाल आदिले मन्तव्य राख्नु भएको थियो । अन्तमा आफ्नो मन्तव्य सहित उत्तम थापाले कार्यक्रमको समापन गर्नु भएको थियो ।

