विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

नारायण प्रशाद भण्डारी

नेपाल नाम मेरो प्रशिद्ध थियो संसारले चिन्दथ्यो ।
कोही थिएन मेरो विरुद्धमा आमा भनी मान्दथ्यो ।
विश्वकै सुुन्दरी थिए आज अपमानित हुँदै गएँ ।
मेरा सन्तानहरु भ्रष्ट हुदैजादाँ म बदनाम भएँ ।

विश्वमै मानब तस्कर र भ्रष्टाचारमा म प्रथम स्थानमा दर्ज भएँ ।
सन्तान मेरा कुपुत्र भएपछि दुश्मनले म मा कुदृश्य त लाउने नै भए ।
विश्वभर साम्राज्यवाद, पुँजीवाद,र नवफासिवादको आतंक बढदै गयो ।
अग्रज सन्तान मेरा उनकै प्रिय बन्दा मेरोअस्मितानै धरापमा पर्दै गयो ।

बर्तमान विश्व परिवेशलाई अध्ययन गर्दै जाँदा विश्वभर नयाँ नयाँ तरिकाबाट साम्राज्यवाद,पुँजीवाद, नवफासिवाद र नवउदावादको आतंक उत्कर्षमा पुगेको छ । साम्राज्यवादले संसारभरका गरिब देशहरु माथि धनाढय शक्तिशाली देशहरुलाई उक्साएर आक्रमण गर्न लगाउने, लडाउने, आतंक,युद्ध, हत्या, हिंसा, गुण्डागदिर्, जाल झेल र आतंकित बनाएर आफनो शरणमा पार्ने काम गरिरहेका छन् । त्यसपछि त्यस्ता देशहरुलाई आफ्नो अधिनमा ल्याउने साम्राज्यवादको बिस्तार गर्दै जाने योजनामा साना गरिब देशहरुलाई सहयोगी मित्र बनेको भ्रम पारेरभित्रि र बाहिरि द्वैध चरित्रको भूमिका खेलिरहेका छन । यसो गर्नुको मुख्य उद्देश्य के हो त भन्दा जसरी पनि आफनो स्वार्थ पुरा गर्ने । आफना मतियार प्रियपात्रका देशहरुमा युद्ध भूमिको केन्द्रविन्दुआधार क्षेत्र बनाएर ठुला देशहरु माथि आक्रमण गर्ने युद्धको भूमरिमा फसाइदिन र कमजोर बनाएर आफनो हैकम जमाउने हिटलरि तन्त्र लागु गर्ने सोचका साथ अहिले यही चपेटामा रुस – युक्रेन ,इज्रायल – हमास ,इराक इरान विच युद्ध एबं एकआपसमा तिक्तताको कारण साना देशहरुलाइ आफनो राष्ट्र बचाउन र युद्धथेगनै ठूलो बाध्यात्मक चुनौति आइलागेको छ ।

केही समय अगाडि भारत पाकिस्तान विच युद्ध चल्यो फेरि रोकियो । बंगालादेशमा पनि शान्ति हुन सकेको छैन । आन्तरिक रुपमा बेलायत पनि मुछिदै गएको छ । चिन चारैतिरबाट घेरावन्दिमा छ । यी देशहरु उदाहरण मात्र हुन् । हाम्रो देश नेपालको अवस्था हेर्दा झनै खतरनाक मोडमा उम्कनै नसक्ने गरी खुदो र लटे मिसाइएको जस्तोे गन्जागोल, भद्रगोल,अस्थिरतामा छ । आरोप, प्रत्यारोप, बेमेल एकआपसमा रिष, द्वैसमा उतार्ने कसैको कसैसँग सम्बन्ध हुन नदिने शक्ति छिन्नभिन्न पार्नेअबस्था सृजना गरेर कतिबेला कसलाई कहाँ बाट कसरी समाप्त पार्ने भन्ने दाउँमा देशि विदेसी दलालहरुबाटै यस्तो किचलो बनाइएको छ । यसमा पनि साम्राज्यवाद, पुँजीवाद र नवफासीवादकै हात छ ।नेपालका संसदवादीहरु पनि यिनै दलालका निकट मतियार हुन् । यिनीहरु पनि उनै दलालहरुको आशिर्वादबाटै सन्चालित छन । यसमा कुनै दुविधा छेैन । नेपालको सरकार सत्ता परिवर्तन ढाल्ने र बनाउने फेर बदल गर्ने हात नत नेपाली जनताको चाहनामा हुन्छ । नत नेपालका सतताधारी हौ भन्नेहरुले चाहेर हुन्छ । थोरै उदाहरण भन्नु पर्दा एम सी सी, पतन्जलि,सहकारी, लघुबित्तिय बैकं, मिटरब्याज , एन जि ओ आइ एन जि ओ का धन्दा पनि दलाल का योजनाबाट सन्चालित छन । यस्ता नामका सस्था भन्नेहरुले साना गरिव देशहरुको भलाइ होइन देशै खोक्रो बनाइ तहस नहस बनाउछन । यिनै सस्थाका कारण आज हाम्रा देशका युवा पलायन हुदै गए । उत्पादन क्षेत्र पुर्णरुपमा मरुभूमि बन्दै गए । उर्बरा बाली क्षेत्रमा पलटिङ हुदै गए । देशका गन्य मान्य भनाउदाहरु माथि भ्रष्टाचारका बिल्लाले भरिए । हाम्रा देशका महाशयहरु त्यसैमा रुमल्लिदै जादा देशै अनिर्णयको वन्दिमा पुराए । अहिले विश्वका थुप्रै गरिव,कमजोर,साना नेपाल लगायतका कैयन देशहरु लाइ आफनो राष्ट्रियता राष्ट्रको मूल्यमान्यता छवि जागोउन जटिल अबस्था सृजना गराइएको छ ।

अहिले मिडिया एबं अन्य माध्यमबाट हेर्दा, सुन्दा युद्ध आतंक अरु देशमा भएको महसुस हुन्छ तर त्यसो होइन । हाम्रो देश नेपालको अबस्था निकै खतरनाक मोडमा थुप्रै चुनौतिको घेराभित्र बल्झिएको र बल्झाइएको छ । अब नेपालले विभिन्न प्रकारका चुनौतिको सामना गरेर माथि उठन सक्ने कि नसक्ने ?गम्भीर प्रश्न नेपाली जनताको अगाडी तेर्सियको छ । यदि यो चुनौतिको सामना नेपाली जनताले स्वयं पार गर्न सकेनन भने देश पूनः पश्चगमनतर्फ सामन्तवादको चङगुल भित्र फस्ने संभावना प्रबल भएर आएको छ । यसका थुप्रै लक्षण देखि सकेका छन । विश्वभर साम्राज्यवाद ,पुँजीवाद र नवउदारवादको आतंकले घेराबन्दि गर्दा नेपाल पनि उनीहरुकै घेराको बन्धनमा पर्दै गयो तर नेपालका दलाल संसदवादी उनीहरुकै प्रियपात्र बनेर एकआपसमा द्वन्द्व मच्चाइरहेका छन् । आफना विपक्षमा उभिने मत नमिल्ने माथि शत्रुतापूर्ण ब्यबहारमा उत्रेर कसले कसलाई कसरी समाप्त पारेर आफु हिटलर बन्न्ो सपनाको महल बनाइरहेकाछन । अहिले नेपालमाअनौठो लाग्ने गरि भ्रष्टाचारीका फाइलहरु धमाधम खोलेको जस्तो देखिन्छ । यस्को मूख्य कारण त तर्साउने धम्काउने दाउँमा हो कि जस्तो केही घटनाले देखाउछ । हालै गृहमन्त्रिले भिजिटभिसा प्रकरणमा संलङन भएको भनेर विपक्षीहरुले संसद चल्न दिएनन । राजिनामा माग गरिरहेको छन । भूटानी सरणार्थीको घटना मौन छ । जसको कारण तस्करहरु सरकार भन्दा बलिया छन । जेहोस यस्ता अराष्ट्रवादी कुरा जस्ले जहाँबाट उठाएता पनि विपक्षका मागहरु जायज छन किनभने यस्ता अपराध जो सुकैले गरोस सबै मानव बेचविखनका अपराधी हुन देश द्रोहि एबं मानब तस्कर हुन । तिनीहरुले एउटा बाट ५० औ लाख सम्म असुलेर पठाएका युवाहरुको अबस्था कस्तो छ ? दलालहरु ल्ो आफनै दाजु भाइको तस्कर गरे तर ती युवाहरु कहाँ कुन हालतमा छन् मानब तस्करहरुलाई थाहा छ ? युवाहरुले जीवनको भिख मागिरहेका छन । कैयौ दिनदेखि खानु बस्नु सुत्नु केही छैन नेपाल सरकार संग हाम्रा पीडा पुराइदेऊ भनेर पुकार गरिरहेका छन् । यति ठुलो अपराध गर्न हुन्छ कि हुदैन ? सरकार तिनै अपराधिको बचाउमा छ । त्यही मौकामा पूर्ब प्र.म. माधब कुमार नेपाल माथि पतन्जलिको प्रकरणमा मुद्धा चलाइयो । मा.क.े का उपाध्यक्ष अग्निसापकोटा माथि जनयुद्धको पुरानो मुद्दा खोतलेर अदालति प्रकृयामा अगाडि बढाइएको छ । अर्को तर्फ नेपालबाट भूटानि शरणार्थि लगायतका बिभिन्न नाममा बेचिएकाहरुलाई सामा्रज्यवादको नाइके अमेरिकाले धमाधम नेपाल फर्काउने कार्यको तिब्रता छ । ती पीडितहरु जनहि ८० देखि एककरोड सम्ममा बेचिएका छन । कस्ले कसरी बेचेको हो ? रित्तो च्यातियका बोराको अधुरो सपना बोकेर स्वदेश आउनेले अबश्य भन्ने छन ।

अहिले रवि, माकुने र अग्नि साप्कोटाको घटनाले सबै दलका नेतादेखि कार्यकर्ता सम्मका ओठ मुख सुकेका छन । ज जस्का मनमा दाग छन सबै आतंकित बनेका छन तर फेरिपनि दोषिले सजाए भोग्ला भन्न्ो विश्वास अझै देखिन्न किनभने केहि द्धोयद चरित्रका सिन्टम देखिन थालेका छन ।सरकारले प्रस्ताब गरेका सेवासुविधाका कुराहरुमा र सरकार विरुद्धमा उठाइएका मुद्दा देखि कोही बिभिन्न बाहनामा पछि हटने क्रम चल्दै छ । अरुपनि हटन सक्छन् किनभने यसको मुख्य कारण के हो त भन्दा भ्रष्टाचारदेखि कोही टाढा एबं अछुतो छैनन्। यिनीहरु मिलेरावादी हुन मिलेरै देश खाइसके । गरिब किसानका मल बिउँको सिजन आइसक्यो अत्तो पत्तो छैन ।अहिले अरु बर्षको भन्दा बढी बर्षात हुने संभाबना मौसमविदहरुले बताइरहेको अबस्था छ ।

जसको कारण बाढी पहिरोका जोखिमका स्थानमा बस्न बाध्य गरिब निमुखा सरकारको मुख ताक्न बाध्य छन, गरिबहरु त्रसित छन । बाटा घाटा हरु छैनन् यात्रुहरुको विजोग छ । एउटा सडकको दर्जनौ पटक सम्झौता हुन्छ । ठेकदारले आधाउधि खान्छ त्यो भाग्छ । फेरि अर्को सँग सम्झौता ंहुन्छ ।उसले कमिसन बाडनेको हिसाव गर्छ । घाटाको अबस्था देख्छ ।छोडछ त्यसै गदागर्दै बर्षा लाग्छ विपत्तिहरु जनतामा आउछन मर्ने मर्छन दुखमा रुनेहरु रोइरहन्छन हेलिकप्टरमा आकाशबाट राहत लगेको नाटक गर्छन त्यही राहतमा पनि कमिसन हुन्छ । यस्ता जनता संगका अति सम्बेदनशील कुराहरु पटटि सम्बन्धित निकायको ध्यान ती बिषयतर्फ जादैन । ध्यान कहाँ पुग्छ ?जसले काठमाण्डौमा ठूलाठूला महलमा बसेर राज्यको समपत्ति दोहन गरिरहेका छन ।उनीहरुकै लागि सेबा सुविधा बृदि गर्ने कुरा प्रस्ताब ल्याउछ त्यसैमा सहमतिका लागि एकजुट हुन्छन ्। काला कर्तुत कसरी छिपाउन सकिन्छ ? त्यता पटिट बढी चिन्तित छन्। सेबा सुविधा आफना लागि पनि हो ।यस्ता उदाहरण का घटना दर्जनौ छन । एउटा उखान छ सत्य छिप्दैन असत्य टिक्दैन यो ध्रुर्ब सत्य हो ढिलो चाडो कोही सुरक्षित हुने छैनन् । जनताले सबै बुझिसकेका छन । कावार्हि भएनन एक आपसमा मिलेर लुकाउन छिपाउन खोजे भने जनताले टुलुटुलु हेरेर अब बस्ने छैनन् । अहिले यिनीहरुका नाटक हेर र पर्खमा छन् ।अहिले नेपालका कुनै पनि मिडियाले भ्रष्टचारमा मुछिएका घटना दिनप्रति दिन मिडियाका भित्ता रगिंएका छन । भ्रष्टचिार भन्ने त खेति नै भयो । गाउँपालिका उपमाहानगरपालिका माहानगर पालिका प्रदेश सरकार वडा देखि कर्मचारी तन्त्र सम्म कोही अछुतो छैनन् । जताततै यत्रतत्र भ्रष्ट कमिसन बाहेक अरु केहि भएन यो सबै साम्राज्यवाद पुँजीवाद विस्तारवाद,नवफासीवाद, नबउदारवाद र दलाल संसदवादको आतंक हो । यी राष्ट्रका खतरनाक धमिराहरुलार्इ समयमै पाखा लगाएर देश बचाउनका लागि सम्पुर्ण राष्ट्रवादी, देशप्रेमी प्रगतिशील पक्षधरहरु पश्चगमनलाई त्याग्दै अग्रगमन तर्फ एकजुट हुन नसके देश दुर्घटनामा पर्ने निश्चित छ । सबैमा चेतना भया ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?