इरानी सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ – कार्यवाहक महासचिव गौरव

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले आफूहरूले इरानी जनताको न्यायपूर्ण आन्दोलनलाई समर्थन गरेको र त्यहाँ इरानको सरकार सही छ भनेर समर्थन गरेको होइन भन्नू भएको छ । आज काठमाडौमा विभिन्न वाम पार्टी र समूहहरूले इरान र प्यालेस्टाइन माथि अमेरिका र इजरायलको आक्रमणको विरोध गर्न आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यवाहक महासचिव गौरवले सो कुरा वताउनु भएको हो । इरानमा कस्तो शासन हुनु पर्दछ भन्ने कुरा त्यहाँका जनताले टुङ्गाउने कुरा हो । तर एउटा सार्वभौम देश माथि आक्रमण गर्नु निन्दनीय छ । आफ्नो देशको सार्वभौमिकताको रक्षाका लागि साम्राज्यवादको आक्रमण विरूद्ध प्रत्यक्रमणमा जानू पनि न्यायोचित छ –गौरवको भनाइ थियो ।

गौरवले अगाडि भन्नू भयो, “ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको जि सेभेनको बैठकबाट अमेरिका फर्किएर दुई हप्ता गृहकार्य गरेर म निष्कर्षमा पुग्छु भनेका थिए । युद्ध विराम गराउँछु भनेका थिए । तर दुई दिनमै उनले ईरानमाथि आक्रमण गरे । उनी बोलीको कुनै ठेगान नभएका व्यक्ति हुन । साम्राज्यवादले युद्धको खेती गरेको छ । साम्राज्यवाद भनेकै युद्ध हो । साम्राज्यवाद रहँदा सम्म युद्ध रहिरहन्छ । न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी छ । ”

गौरवले प्यालेस्टाइनमा इजरायलले गरेको एकतर्फी आक्रमणलाई संसारमा कमै मात्र यस्तो अमानवीय दमन भएको बताउँदै निर्संस हत्याको निन्दा गर्नु भयो ।

साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रममा रामप्रसाद पुरी–नेकपा मसाल , अग्नि सापकोटा –नेकपा माओवादी केन्द्र,
सङ्गीत श्रोता –राजनीतिक सम्वाद थलानी , राजेस्वरी सुवेदी – बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , चित्रबहादुर केसी– रास्ट्रीय जनमोर्चा , धर्मेन्द्र बास्तोला – नेकपा बहुमत, चिरन सी – नेपाल कम्युनिस्ट पार्टी , घनस्याम भुसाल – नेकपा एकीकृत समाजवादी समेतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता लिलामणी पोख्रेल, संचालक बलराम बास्कोटा, स्वागत चिरञ्जीवी सी र धन्यवाद व्यक्त भैरब रेग्मीले दिनु भएको थियो ।
हेमराज आश्रम (रक्तिम परिवार ले शिशिर चिर्ने बोलको गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय नाचघरको सभाहलमा आयोजना गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?