क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिद्वारा तीन दिने कार्यशाला सम्पन्न (फाेटाेसहित)
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला समितिको आयोजनामा तीन दिने जिल्ला स्तरीय कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा काठमाडौंको जिल्लाका नगर सचिवहरु र काठमाडौ जिल्लाका ज.व.स.संयोजकहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि स्थायी समिति सदस्य तथा स्कूल विभाग प्रमुख रामसिंह श्रीष रहेका थिए भने उद्घाटन सत्रको अध्यक्षता जिल्ला समितिका सचिव केदार खातीवडाले गर्नुभएको थियो। उद्घाटन सत्रमा अतिथिहरूले वर्ग संघर्ष, पार्टी निर्माण, र समकालीन राजनीतिक परिस्थितिमा पार्टीको भूमिका विषयमा मन्तव्य व्यक्त गरेका थिए। तिन दिन सम्म सञ्चालन भएको कार्यशालामा सहजीकरणको जिम्मेवारी ९ नं. ब्यूरो ईञ्चार्ज दिनेश शर्मा , र सेक्रेटरी चिन्तामणि पौडेलले सम्हाल्नु भएको थियो। कार्यशालामा संगठन…