
वेंङलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज विषेश कार्यक्रम गर्ने भएको छ। महिला विभागले संसारका मजदूर एक हौँ। नेपाली एकता जिन्दावाद ! प्रगतिशील हरितालिका तीज कार्यक्रम सफल पारौँ ! भन्ने नारा सहित कार्यक्रम गर्न लागेको हो । उपस्थित जनसमुदायलाई कुनै प्रवेश शुल्क लाग्ने छैन । समय . दिउँसो११ बजे रहेको छ । स्थानः विल्सन गार्डेन क्लब आर नाइन्थ क्रस विल्सन गार्डेन बेंङलोर ५६००२७ ठेगान भएको छ । अखिल भारत नेपाली एकता समाज महिला विभागले महङ्गो र पश्चिमेली छाडा संस्कृति, विकृतिका विरूद्ध प्रगतिशील संस्कृतिको अभिवृद्धि गर्नु आवश्यक भएकाले प्रगतिशील गीत नृत्य प्रस्तुति गर्नु गराउन आव्हान गर्दै तीज कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।
अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण महिला विभागको पाँचौं बैठक सम्पन्न २० जुलाई २०२५ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण महिला नगर विभागको बैठक विभागकी अध्यक्ष कलावती दयालको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष किसन बहादुर विकको विशेष उपस्थितिमा बैठक बसेको थियो । सो बैठकले तिजी कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले अगामी २७ अगष्ट २०२५ का दिन नेपाली महिलाहरुको महान पर्व प्रगतिशील हरितालिका तीज सभ्य र भव्य रुपमा सम्पन्न गर्न भारत बेङ्गलोरमा कार्यरत श्रमजीवी नेपालीहरूलाई । आदरणीय दाजुभाई दिदीबहिनीहरू तीज पर्व विषेशको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ । तीज पर्व भन्नासाथ हामी चेलीमाइतीसँग भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्छौं । यस अवसरमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको वह पोख्छन् । अहिले तीजको स्वरूप पनि फेरिदै गएको छ । हिजोआज तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको छ ।