विशिष्ट व्यक्तित्वहरूको रोजाइमा ‘बार्दली रेस्टुरेन्ट’l
काठमाडौँ/गोकर्णेश्वरराजधानीको भीडभाड र कोलाहलबाट केही मिनेटको दूरीमा पुगिने ओख्रेनी यतिबेला प्राकृतिक सुन्दरताको अवलोकन गर्नेहरूका लागि मात्र नभई, देशका विशिष्ट व्यक्तित्वहरू (VVIP/VIP) को प्रिय र सुरक्षित गन्तव्यका रूपमा स्थापित भइरहेको छ।ओख्रेनीको मनमोहक प्राकृतिक काखमा अवस्थित ‘बार्दली रेस्टुरेन्ट’ यतिबेला उच्च कूटनीतिक नियोगका प्रतिनिधि, शीर्ष राजनीतिक नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी तथा प्रतिष्ठित उद्योगी-व्यवसायीहरूको पहिलो रोजाइको गन्तव्य बनेको छ। प्रकृतिको अनुपम उपहार: झरनादेखि भ्यु पोइन्टसम्मओख्रेनी पुग्ने पहुँनाहरूका लागि बार्दली रेस्टुरेन्ट वरपरका प्राकृतिक आकर्षणहरू प्रमुख केन्द्र बन्ने गरेका छन्:कलकल बग्ने ओख्रेनी झरना: हरियाली पहाडको काखबाट बग्ने ओख्रेनी झरनाले यहाँ पुग्ने जो-कोहीको यात्रा थकान मेटाइदिन्छ। झरनाको चिसो र सिरसिर हावाले यहाँको वातावरणलाई सधैँ ताजा बनाइराख्छ।प्राकृतिक…