
काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन वेथिति र अन्याय अत्याचार विरुद्धको खबरदारी र्याली प्रदर्शन गर्ने भएकाे छ । माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे उक्त साहायक संगठनले भाेली साउन ८ गते मध्यान्न १२ बजे कुपण्डोल पार्टी सम्पर्क कार्यालयमा पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेल गाैरवले उद्घाटन गर्ने भएकाे जानकारी संगठनका केन्द्रीय संयाेजक सुर्य तिमल्सिनाले दिए ।