
बर्दिया : क्रान्तिकारी युवा संगठन नेपाल बर्दियामा दीपक अधिकारी संयोजक चयन हुनुभएको छ । ७ जनाको उक्त समितिमा सदस्यहरु धर्मराज थापा,विनोद न्यौपाने ,निरन्जन रोकाया, तारा थापा, कञ्चन भण्डारी ,श्रवण लोध रहेका छन् । २०८२श्रावण ३ गते सम्पन्न भेलाले उक्त समिति गठन गरको हो ।
कार्यक्रमको अध्यक्षता दीपक अधिकारी,पार्टीका वैकल्पिक पिविएम प्रकाश उर्जाको प्रमुख आतिथ्यता, क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य संगीन भिउ थापाको विशेष उपस्थिति ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य विन्ति,कमला खड्का ,बर्दिया जिल्ला इन्चार्ज भूकम्पको समेत आतिथ्यतामा उक्त भेला भएकोथियो।