
बर्दिया: मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको वर्दिया जिल्ला भेला २०८२ श्रावण गुलरियामा सम्पन्न भएको छ। भेलाले छाया श्रेष्ठको संयोजकत्वमा ११ जनाको जिल्ला संगठन समिति गठन गरिएको छ।
जस्मा सदस्यहरु क्रमशः ममता गौतम, गिता राना ,सुमित्रा खत्री, तारा थापा, मिना वन, तुल्सी खत्री, विश्वमोहनी राजवंशी, लक्ष्मी थापा, कविता विष्टर प्रिता लोध रहेका छन्। कार्यक्रममा महिला संगठनकी केन्द्रिय कोषाअध्यक्ष कमला खडकाको विशेष उपस्थिति रहेको थियो।