क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)बीच रूपन्देहीमा एकता
रूपन्देही : रूपन्देहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएको छ । शनिबार बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय जिल्ला सङ्गठन समिती चयन गरेको हो । त्यस्तै सह संयोजकद्वयमा बिनोद मरासिनी र रेखा खनाल निर्वाचित भएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ७ सदस्सीय जिल्ला कार्यालय र २२ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यक्रम पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसीकोे प्रमुख आतिथ्यतामा भएको थियो । एकता अधिबेशन उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक केसीले पार्र्टी एकताको बिरुद्ध छरिएका भम्रहरुलाई चिर्दै क्रान्तिको पक्षमा ईमानदारीपूर्वक…