कतारमा नेपालीको रोजगारी

कतार पश्चिम एशियाको एउटा देश हो । यो अरव सागरको एउटा प्रायद्वीप हो । ४,४७१ वर्ग किलोमिटरमा फैलिएको सानो क्षेत्रफल भएको यो मरुभूमिको देश हो । नेपाल, भारत, बंगलादेश लगायतका देशरूबाट गएका मजदुरहरूको श्रम र पसिनाले यो देश विकसित भएको छ । यहाँ परम्परागत राजतन्त्रात्मक व्यवस्था छ । व्यवस्थापिकाको रूपमा राजाको सल्लाहकार सभा छ । २०२१ मा पहिलो पटक सल्लाहकार सभाको लागि चुनाव भएको थियो ।

वैदेशिक रोजगारीमा कतारमा करिव चार लाख नेपालीहरु छन् । कमै मात्र नेपाली सरकारले घोषणा गरेको दस हजारमा विदेश आउने गर्छन । फ्री भिसा, फ्री टिकट भने पनि अधिकांस नेपाली मेन पावरलाई लाखौं रुपैयाँ खुवाएर कतार आउँदछन् ।
कतारमा मेरो यो दोस्रो पटक वैदेशिक रोजगारी हो । पहिलो पटक सन् २०१३ मा आएको थिएँ । पहिलो पटक म सुरक्षा गार्डकै जागिरमा आएको थिएँ । यो पटक पनि उही सेक्युरिटी गार्डकै काममा आएको छु । प्रायः छुट्टी नमिल्ने, कतिपय अवस्थामा साहु र हाकिमको हप्की दप्की खानु पर्ने लगायतका समस्या सेक्युरिटी गार्डलाई हुन्छ ।

नेपाल सरकारले फ्री भिसा र फ्री टिकट भने पनि देश अनुसार र पेशा अनुसारको पैसा मेनपावर कम्पनीले लिन्छ । फ्री भिसामा आउने मानिस निकै कम हुन्छन् । यो मेनपावर व्यवसायीको भन्दा सरकारकै कमजोरी हो । कतार सरकारले नेपालमा नै कतार भिसा सेन्टर राखेको छ । तर केही मेनपावरले निजी क्षेत्रको मात्र त्रखअ को स्वास्थ केन्द्र पठाउने गर्दछन् । निजी स्वास्थलयले महङ्गो पैसा लिने काम गर्दछ । मेनपावर व्यवसायी र निजी मेडिकल वैदेशिक रोजगारदातालाई ठग्ने काम गरेका छन् ।

कतार आएका नेपाली धेरै जसो श्रमिक नै छन् । यी क्षेत्रमा नेपालीहरु विकास निर्माणमा श्रमिक, सुरक्षागार्ड र सरसफाइको क्षेत्र, गाडी चालक र अन्य क्षेत्रहरु होटेल रेस्टुरेन्टका वेटर छन् । निकै कम मात्र व्यवसायी र उच्च तहका श्रमिकहरु छ्न । कूल श्रमिकमा १२ प्रतिशत नेपाली रहेका छन् । शान्ति सुरक्षाका हिसाबले कतार धेरै सुरक्षित देश हो । लूटपाट र चोरीको घटना कमै मात्र सुनिन्छ । झै झगडा भयो भने पुलिस तुरुन्तै घटना स्थलमा आउँछ । कतारमा स्वस्थ्य निःशुल्क छ ।

गत अप्रिलमा कतारका राजा तमिम अल हमिम थामीले नेपाल भ्रमण गरेका थिए । आधुनिक कतार निर्माणमा नेपालीहरूको ठूलो योगदान छ । देशको प्रमुखले भ्रमण गरेका बेला नेपाल र कतारमा रहने नेपालीको लागि पक्कै महत्वपूर्ण सम्झौता हुने छ भन्ने हामीले आशा गरेका थियौं । तर आशा गरे जस्तो कुनै सम्झौता भएन ।

विदेश आएर केहीले आफ्नो दायित्व बिर्सन्छन । तास जुवा, रक्सीको नसामा कैयौं नेपालीले जिन्दगी बर्बाद गरिरहेका छन् । कुलतमा फसेका युवा युवतीहरूले घर सम्पर्क नगर्ने, कमाएको पैसा घर नपठाउने र वर्षौसम्म यतै हराउने गरेका हुन्छन् । मैले भेटेसम्मका युवाहरूलाई त्यस्ता कुनै पनि कुलतमा नलाग्न सल्लाह दिने सम्झाउने गरेकोछु ।

कतार आउन चाहने वा कतार आएका नेपालीलाई म के भन्छु भने पहिलो कुरा, आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुस् । कतारमा केमिकल राखेको रक्सी खाएर नेपालीहरू हर्ट अटेक आएर मरेका छन् । नेपाली र बङ्गालीहरूले लुकीछिपी रक्सी, खैनी, सुर्ती बेच्दछन । गैरकानुनी रक्सी बेच्दछन् । प्रहरीले पक्राउ गरेर कार्वाही गरे पनि रक्सी, खैनी, सुर्ती बेच्ने बानी छाडेका छैनन् । सचेत नेपालीहरूले जीवन खराब गरिदिने सामग्री बिक्री वितरणमा रोक लगाउन जोड दिनु पर्दछ । दुई , विदेश आउँदा सीप सिकेर आउन सल्लाह दिन्छु । तेस्रो,घर परिवारलाई नबिर्सनुहोस । रण्डी बाजी, जुवा तास र रक्सीको नशामा नलाग्नुहोस ।

मरिण सिन्धुली (हाल दोहा,कतार)

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?