जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्ला : मोहन बैध्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले सरकारी सवारी साधनहरुको दुरुपयोग लाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडिहरु नियन्त्रमा लिएको समाचार प्राप्त भएकाे छ।

नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२ प १५० , तातोपानी गा.पा कर्माचारी अमरराज डाँगी सवार क. १ ब ३६६ , कृषि कार्यालय जुम्लाका कर्माचारी सवार क. १ बा ७ लगाएत दर्जनौं गाडीहरु नियंत्रण मा लिएका छन् ।

नियन्त्रणमा लिएका सवारीसाधनहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा बुझाइएको संगठनका प्रदेश संयोजक प्रकाश शर्मा ले जानकारी दिएका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?