Blog

महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

काठमाडौँ : विश्वभक्त दुलाल (अाहुती) नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र अध्यक्ष ऋषि कट्टेल को गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा हिजो फागुन ५ गते काठमाडौंबाट दुबै नेताहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा भर्त्सना गरिएको छ। विज्ञप्तिमा राष्ट्रियता, जनअधिकार र समाजवादको पक्षमा संघर्षरत नेताहरूको यस्तो गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत चुनौती दिएको उल्लेख गरिएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारलाई यस्ता दमनकारी कदमतर्फ नजान चेतावनी दिँदै महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर्न माग गरेको छ।
Read More
चुनावी घोषणापत्रः समग्रतामा झुठा आश्वासन मात्र

चुनावी घोषणापत्रः समग्रतामा झुठा आश्वासन मात्र

लेखक : सन्तबहादुर नेपाली बुर्जुवा संसदीय व्यवस्थाभित्र हुने निर्वाचनबाट निर्वाचित संसदलाई लेनिनले “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो” भनेर टिप्पणी गर्नु भएको थियो । सामन्ती निरंकुश तानाशाही व्यवस्था भन्दा बुर्जुवा संसदीय व्यवस्था एक पाइला प्रगतिशील हुन्छ । त्यस कुरालाई अस्वीकार गर्न सकिंदैन । तर आम शोषित उत्पीडित, सर्वहारा तथा गरिब किसान, मजदुर जनताको अधिकार तथा देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता समेत समग्र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचना निर्माणका हिसाबले त्यो जनविरोधी र प्रतिक्रियावादी व्यवस्था नै हो । नेपालको हकमा पनि ०६२/६३ को जनआन्दोलन पश्चात् ०६४ र ०७० को संविधान सभा तथा ०७२ मा निर्मित संविधान र…
Read More
धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।वक्तव्यमा सुशीला कार्की नेतृत्वको…
Read More
किनाराका गीतहरू : समय, संवेदना र स्वपहिचानको काव्य–यात्रा

किनाराका गीतहरू : समय, संवेदना र स्वपहिचानको काव्य–यात्रा

लेखक : सुनिता अधिकारी समकालीन नेपाली कवितामा जीवनका जटिल यथार्थ, मानवीय संवेदना र सामाजिक चेतनालाई समेटेर आएको महत्वपूर्ण काव्य–कृति हो ‘किनाराका गीतहरू’। ५९ वटा कविताहरू संग्रहित यस पुस्तकमा कवि राजकुमार श्रेष्ठले “किनारा” भन्ने प्रतीकमार्फत मानिसको अस्तित्व, एकान्त, संघर्ष र पहिचानको बहुआयामिक चित्रण गरेका छन्। यहाँ “किनारा” केवल भौगोलिक सीमा होइन। यो समाजको उपेक्षित वर्ग, मौन आवाज, अन्तर्मनको पीडा र समयसँगको टकरावको प्रतीक हो। कृतिको प्रारम्भदेखि नै पाठकले अनुभूति गर्छ—कवि जीवनलाई सतही रूपमा होइन, गहिराइबाट नियाल्छन्। ‘जिउँदो अरुण एक कविता’ जस्ता रचनामा आत्मसंघर्ष, विद्रोह र स्वाभिमानको स्पष्ट ध्वनि सुनिन्छ। “प्रिय वतास कस्तो स्पर्श हो यो म त हुरी लिएर आएको मान्छे।”…
Read More
नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक दलहरू सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेको छ । समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल र बिनाशर्त रिहाइको माग गरेको छ । संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार, अध्यक्ष ऋषि कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीले बिना कारण र बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिई हाल टेकुस्थित अपराध महाशाखामा राखेको जनाइएको छ । त्यस्तै,…
Read More
ऐन–कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर : अखिल (क्रान्तिकारी)

ऐन–कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर : अखिल (क्रान्तिकारी)

काठमाडौं : सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बारबरा फाउण्डेसन र अमेरिकी युथ काउन्सिललाई खारेज गर्नसमेत माग गरेको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठले हालै फागनु १ देखि ३ गतेसम्म काठमाडौं भएको एकता राष्ट्रिय सम्मेलनले देशको शिक्षा क्षेत्रको बेथितिविरुद्ध संघर्ष गर्ने निर्णाय गरेका जानकारी दिए । पछिल्लो समयमा द ब्रिटिश कलेज लगायतका विदेशी सम्बन्धन प्राप्त कलेजहरुले विभिन्न सपना देखाएर विद्यार्थीलाई ठगेको भन्दै रोष व्यक्त गरे । “नेपालको ऐन–कानून भन्दा माथि रहेर सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरु बन्द…
Read More
कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

कमरेड ऋषि कट्टेलको गिरफ्तारीको घोर भत्र्सना, बिनाशर्त शीघ्र रिहाइको माग

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई बिना कारण र बिना पक्राउ पूर्जी गिरफ्तार गरिएकोप्रति घोर भत्र्सना गर्दै विनाशर्त शीघ्र रिहाइको लागि माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “आज २०८२ फागुन ६ गते नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड ऋषि कट्टेललाई कीर्तिपूरको ट्याङ्ला स्थित उहाँको पार्टी कार्यालयबाट सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले बिना कारण र बिना पूर्जी गिरफ्तार गरेको छ । अहिले उहाँलाई टेकु स्थित अपराध महाशाखामा राखिएको छ । यो गिरफ्तारीबाट सरकार उहाँको पार्टीले लिएको आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीतिका कारण डराइरहेको र संविधानप्रदत्त मौलिक…
Read More
नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गिरफ्तार

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडाैँ : नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीद्वारा मंगलबार बेलुका काठमाडाैँकाे सुन्धाराबाट गिरफ्तार गरिएकाे छ । बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि गिरफ्तारमा परेका छन् । उहाँकाे गिरफ्तारी भएकाेप्रति नेताकार्यकर्ताले ;सामाजिक सञ्जालमार्फत तीव्र आपत्ति र घोर भर्त्सना गरेकाे छ । महासचिव कञ्चनलाई यथाशीघ्र ससम्मान रिहा गर्न सशक्त माग पनि गरेकाे छ । नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले गर्याे यस्ताे आह्वान

काठमाडौं : नेपाली सेना दिवसका अवसरमा २०८२ फागुन ३ गते सैनिक मन्चबाट नेपालका राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति र प्रधानमन्त्रीले परेड मैदानमा अमेरिकी सेनाको परेड–नृत्य हेरिरहेको दृश्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेनजी “विद्रोह” मा नेपाली जनताको विश्वास गुमाएको नेपाली सेनाले पुनः बचेखुचेको साख पनि गुमाएको ठहर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा भनिएको छ, “हरेक देशको सेना त्यस देशको सार्वभौम सत्ता र स्वाधीनताको रक्षक हुनुपर्नेमा “परम्परा” र “नियमित प्रक्रिया” का नाममा नवउपनिवेशको माध्यम बन्नु देशद्रोही र कृतघ्न कार्य हो । हाम्रो पार्टी सरकार र सेनालाई आधिकारिक धारणा सार्वजनिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन

 सुदर्शन काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सुदर्शनलाई प्रवक्ता चयन गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले सुदर्शनलाई प्रवक्ता चयन गरेको हो। २०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पार्टीको प्रवक्तामा सुदर्शन हुनुहुन्थ्यो र एकता महाधिवेशनपछि पार्टीले प्रवक्ताको ठेगान गरेको थिएन। सुदर्शन,स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदर्शन २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौं)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न हुनुभएको थियो। २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र)को विद्यार्थी संगठन अनेरास्वविय एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति सम्म चार वर्ष विद्यार्थी…
Read More