
अमेरिकी सहयोगमा प्यालेष्टाइनमाथि अक्टोबर ७ ,२०२३ बाट इजरायलले आक्रमण गर्दा अहिलेसम्म ७२ हजार भन्दा बढीको मृत्यु हुन पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि मारिनेहरुमा अधिकांश महिला, सुत्केरी, बालबच्चाहरु रहेका बताइन्छ । त्यहाँ लाखौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् र सम्पूर्ण भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।
अहिले विश्वव्यापी रुपमा युद्ध चलिरहेको छ । यो युद्ध देशहरुको सार्वाभैमिकतालाई दबाउन र आफ्नो शासन स्थापित गर्नकोलागि गरिएको छ । अहिले अमेरिका – इजरायलको युद्ध गाजामा जारी छ । भन्दा यो युद्ध रोकिएको भनिए पनि युद्ध अमेरिकाको सहयोगमा चलेको प्यालेष्टाइन माथिको इजरायली आक्रमण अहिलेसम्म नरोकिएको र इजरायली ड्रोनहरुको निशानामा प्यालेष्टाइनी बालबच्चा, महिलाहरु र आम नागरिक परिरहेका छन् । अमेरिकी सहयोगमा प्यालेष्टाइनमाथि अक्टोबर ७ ,२०२३ बाट इजरायलले आक्रमण गर्दा अहिलेसम्म ७२ हजार भन्दा बढीको मृत्यु हुन पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि मारिनेहरुमा अधिकांश महिला, सुत्केरी, बालबच्चाहरु रहेका बताइन्छ । त्यहाँ लाखौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् र सम्पूर्ण भौतिक संरचनाहरु ध्वस्त भएका छन् । प्यालेष्टाइनी जनतामाथिको दमन, क्रुरता कुनै सभ्य नागरिक र सभ्य समाज बनाइएको समाजबाट हुन सक्छ भनेर कल्पना समेत गर्न नसकिने कुरा हो । तर हतियार,प्रविधि र पैसाको आडमा मच्चाइएको यो क्रुरताको जति नै निन्दा गरेपनि कमी हुन्छ । अमेरिकाले कुनै प्यालेष्टाइनी नागरिकको दुःख र पीडालाई सम्बोधन गर्ने कुरा हुँदैन । उसैको इसारामा जे भन्यो त्यही गर्ने इजरायलले आफ्नो मालिक अमेरिकालाई देखाएको छ । उसले त्यहाँका नागरिकलाई कुनै मानवीय व्यवहार समेत गरेको छैन ।
रुस –युक्रेन युद्ध शुरु भएको २०२२ फेब्रुअरी २२ बाट हो । अमेरिकाले युक्रेनलाई रुस विरुद्ध लड्नकोलागि सबै हतियार,साधन स्रोत तथा आर्थिक सहयोग गर्दै आएको छ ।
रुस –युक्रेन युद्ध शुरु भएको २०२२ फेब्रुअरी २२ बाट हो । अमेरिकाले युक्रेनलाई रुस विरुद्ध लड्नकोलागि सबै हतियार,साधन स्रोत तथा आर्थिक सहयोग गर्दै आएको छ । युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युद्ध शुरुवातीका समयहरुमा युक्रेनलाई अत्याधुनिक हतियारहरु पठाउन र धेरै भन्दा धेरै सहयोग गर्न भन्दै अमेरिकासँग अनुरोध गर्दै आए र सोही अनुसार अमेरिकाले पनि सहयोग गर्दै आयो । रुसको र युक्रेनको धेरै जसो भागहरुमा क्षति भइसके पछि र मानवीय क्षति कति भयो भन्ने यकिन तथ्याङ्क नभए पनि क्षति भइसकेपछि अहिले युक्रेनलाई शान्ति वार्ताको बहाना गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको महत्वपूर्ण खानीहरु रहेको क्षेत्र तथा खानीहरुमा अमेरिकाको स्वामित्व हुनु पर्दछ भनेर युक्रेनको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने भनाइ राख्न भ्याए । अमेरिकी राष्ट्रपतिले विश्वमा आफ्नो निर्लज्जता प्रस्तुत गरिरहेका छन् । विश्वका देशहरुलाई निशाना बनाउँदै आएका छन् । कहिले क्यानडा, मेक्सिको ,ग्रीनल्याण्ड आफ्नो देशमा मिलाउने भन्दै अभिव्यक्ति दिँदै हिँडेका छन् भने कहिले कैयौं देशहरुसँग भन्सारशुल्क वृद्धि गरेर व्यापारमा हस्तक्षेप गरिरहेका छन् । भेनेजुयलाको सार्वभौमिकताको कुनै वास्ता नै नगरी अन्तर्राष्ट्रिय कानुनहरुको कुनै वास्ता नै नगरी त्यहाँका राष्ट्रपति कार्यालयमा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलश मदुरो तथा उनकी श्रीमती सिलिया फ्लोरेन्सलाई मध्यरातमा अपहरण गरेर अमेरिका लगेर लागूऔषधको मुद्दा चलाएका छन् । त्यहाँको तेल खानीहरुमा आफ्नो देशको प्रभुत्व कायम रहेको निर्लज्ज्तापूर्वक बताइरहेका छन् ।
भेनेजुयलाको सार्वभौमिकताको कुनै वास्ता नै नगरी अन्तर्राष्ट्रिय कानुनहरुको कुनै वास्ता नै नगरी त्यहाँका राष्ट्रपति कार्यालयमा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलश मदुरो तथा उनकी श्रीमती सिलिया फ्लोरेन्सलाई मध्यरातमा अपहरण गरेर अमेरिका लगेर लागूऔषधको मुद्दा चलाएका छन् । त्यहाँको तेल खानीहरुमा आफ्नो देशको प्रभुत्व कायम रहेको निर्लज्ज्तापूर्वक बताइरहेका छन् ।
कुनै देश पनि शक्तिशाली छु ,भन्दैमा कुनै पनि देशलाई र त्यहाँका शासकलाई यो गर त्यो गर भन्दै निर्देशन दिनु ,आक्रमण गर्नु ,त्यो देशको खानी,स्रोतहरु कब्जा गर्नु र त्यो देशका नागरिकलाई रैती बनाएर राख्न चाहने ,त्यो देशका जनतामाथि निर्ममतापूर्वक शासन गर्न चाहने साम्राज्यवादी नीति हो । यो नीतिको कारण अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देशको साधन स्रोतमाथि सिधै कब्जा जमाउने,त्यो देशमाथि आक्रमण गर्ने, त्यो देशको भौतिक संरचनामाथि कब्जा गर्ने गरिहेका छन् । उनले भनेको नमानेमा वा उनको निर्देशन नमानेका देशहरुलाई मदुरोको अवस्थामा पु¥याउने भन्दै धम्काइरहेका छन्, अहिले इरानमाथि आक्रमण गर्नुको कुनै कारण नै छैन त्यहाँको साधन स्रोत तेलखानीमाथि कब्जा जमाउने रहेको छ । अमेरिकाले भेनेजुयलामाथि आक्रमण गरिसकेपछि क्युवालाई तेलमा अत्यधिक भन्सार लगाएर युद्धको तयारी गर्दैछन् ।
अमेरिकाले साधन र स्रोतको आडमा यो सबै गरिरहेका छन् । भएभरको साधन स्रोतको युद्धमा दूरोपयोग गरेका छन् । यसरी युद्धमा गरेको लगानी जति संसारभरको उन्नति प्रगतिमा खर्च गरेको भए त्यसले मानवको सहजतामा धेरै नै मद्दत गर्ने थियो । तर त्यो गर्न साम्राज्यवादी देश अमेरिकाले मानिरहेको छैन । इरानमाथिको इजरायली – अमेरिकी युद्ध यति लामो समयसम्म जाला भनेर कसैले पनि कल्पना गरेको थिएन तर अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त कारबाही २५ दिन पुग्दा ट्रम्पले पाँच दिनकोलागि इरानसँग युद्धविरामको घोषणा गर्न पुगेका छन् । तर तेहरानले त्यो अस्वीकार गरेको छ । तेहरानले अमेरिका र इजरायलसँगको लडाइबाट पछि नहट्ने बताइरहेको छ । अमेरिका इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाकारले टेरिभिजन मार्फत क्षतिपूर्ति नभएसम्म युद्ध जारी रहने बताएका भनेर समाचारहरु आइरहेका छन् । इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनु पर्ने भविष्यमा अमेरिकाबाट कुनै पनि हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनु पर्ने भन्दै इरानले अडान लिइरहेको बताइएको छ । डोनाल्ड ट्रम्ले फ्लोरिडामा पत्रकारहरुसँग कुरा गर्दै भेनेजुयलामा जस्तै नयाँ नेतृत्व ल्याउन सकिने वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्व (ज्वाइन्ट लिडरसिप) पनि अपनाउन सकिन्छ भन्दै आफ्नो धारणा राखेको समाचारहरुमा बताइएको छ । ट्रम्पको यस्तो भनाइ कति खतरनाक छ भन्ने कुरा विश्वभरका न्यायप्रेमी जनताहरुले विश्लेषण गरिरहेका छन् । कुनै पनि देशको सार्वभौमिकताको वास्ता नै नगरी अमेरिकालाई आक्रमण गर्न दिने अमेरिका विश्वको के हो? के अमेरिकाले संसारका सबै देशहरुलाई यसरी नै धम्कीपूर्ण भाषाको प्रयोग गरेर विज्ञान तथा प्रविधिको प्रयोग गरेर वा पैसाको आडमा धम्काउन, थर्काउन,आक्रमण गर्न,भौतिक संरचनाहरु ध्वस्त पार्न र कुनै पनि देशहरुको प्राकृतिक साधन स्रोतलाई आफ्नो कब्जामा लिन पाउँछ ? के अमेरिकाले गरेका सबै कदमहरु सही भनेर संसारभरले ताली लाइदिनु पर्ने हो ? के संसारभरका साधनस्रोतमाथि अमेरिकाको वा अमेरिकी इसारामा नाँच्नेहरुको मात्रै नियन्त्रण हुन पर्ने हो ? के अमेरिकी मात्रै नागरिक मात्रै मान्छे अरु देशका नागरिक केही होइनन् ? के अमेरिकालाई मात्रै सबै साधन स्रोत चाहिने हो ? अमेरिकाले चाह्यो भन्दैमा अरु देशहरुले चुपचाप उसले जे भन्छ त्यही मानिदिनु पर्ने हो ? के अन्तर्राष्ट्रिय कानुन, नियम,सन्धि र महासन्धिहरु अमेरिका बाहेकका अरु देशहरुकोलागि मात्रै हो ? के अमेरिकालाई कुुनैपनि कानुनले छुँदैन ? अहिले संसाभरका न्यायप्रेमी जनताको मनमा यही कुरा खेलिरहेको छ ।
संसारभरका न्यायप्रेमी जनताले अमेरिकी आक्रमणको विरोध जनाइरहेका छन् । इरानले जुन प्रतिरोध जनाइरहेको छ, त्यो इरानको प्राकृतिक न्यायसम्मत छ । अहिले जुन सत्ताको नेतृत्व परिवर्तन वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्वको बारेमा कुरा भएको कुरा ट्रम्पले गरेका छन््,त्यो कुनै पनि हालतमा इरानले मान्ने छैन वा मान्नु हुँदैन । अमेरिकाले जे भन्छ ,त्यही मान्नु पर्ने ?अरुले भनेको अमेरिकाले मान्नु नपर्ने यो कहाँको न्यायसंगत कुरा हो ? इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनीको हत्या भएपछि त्यहाँ नयाँ नेतृत्व चयन गर्न ट्रम्पले इरानी जनतालाई निर्देशन दिएका थिए । इरान सार्वभौमसत्ता सम्पन्न मुलुक हो । त्यहाँको सत्तामा को आउने ? कसलाई नेतृत्वमा चयन गर्ने ? भन्ने कुरा त्यहाँका जनताको कुरा हो । ट्रम्पको ठाडो निर्देशनमा त्यहाँको जनताले सत्ता परिवर्तन गर्ने भन्ने सार्वभौमसत्ता सम्पन्न मुलुकले गर्न सक्दैन । यहाँ बुढी मरि भन्दा पनि यहाँ काल पल्कियो भन्ने पीर हो । यहाँ अरु देशहरुको सार्वभौमसत्ताको विरुद्ध हस्तक्षेप गर्ने सके आफुले भनेको मान्नेहरु खडा गरेर ,नसके आफै आक्रमणमा सहभागी भएर जुन आक्रमण गर्ने,धम्काउने,जनताहरुलाई मार्ने, विस्थापन गराउने, भौतिक संरचना ध्वस्त गराउने कुनै मानव हुँ भन्नेले गर्ने कार्य होइन । जनताको अथाह पसिनामा सिर्जना भएका संरचनाहरु क्षणभर मै ध्वस्त हुन पुगेका छन् । संरचनाहरुध्वस्त गर्नकोलागि अथाह बमहरुको प्रयोग भइरहेको छ । बमहरुले ध्वस्त बनाएको माटोमा हुनु पर्ने गुणहरु ध्वस्त हुँदै गएका छन् । भविष्यमा उत्पादन समेत नहुने अवस्था आउने देखिन्छ ।
इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनीको हत्या भएपछि त्यहाँ नयाँ नेतृत्व चयन गर्न ट्रम्पले इरानी जनतालाई निर्देशन दिएका थिए । इरान सार्वभौमसत्ता सम्पन्न मुलुक हो । त्यहाँको सत्तामा को आउने ? कसलाई नेतृत्वमा चयन गर्ने ? भन्ने कुरा त्यहाँका जनताको कुरा हो ।
माटोलाई ध्वस्त पारिएको छ । कुनै पनि देशका जनतालाई सकेसम्म मार्ने ,जसो तसो बाच्न सफलहरुले पनि माटोमा केही उत्पादन नभए पछि के खाने ? र कहाँ जीवन जीउने ? यस्तो अवस्था अहिले साम्राज्यवादीहरुले सञ्चालन गरेको युद्धले बनाइरहेको छ । भनिन्छ ,दोस्रो विश्वयुद्धमा जापानमा खसेको बमको कारण त्यहाँ माटोमा रहेका उत्पादनशील तत्व नष्ट हुँदा त्यहाँ अहिलेसम्म पनि माटोले राम्रो उत्पादन दिन सकेको छैन । अहिले इरानमा मात्रे होइन, प्यालेष्टाइनको गाजा लगायतका क्षेत्रहरुमा खसेका बमका असरहरु कति पर्ने हो? प्रकृतिमा यसको दीर्घकालीन असर कति पर्ने हो ? कसैले अनुमान लगाउन सकेको छैन ।
युद्धरत देशको मात्रै समस्या ठानेर नबोलेर बस्नु हुँदैन । संसारभरबाट युद्धको विरोध हुनुपर्दछ । संसारभरका जनताले बाँच्न पाउनु पर्दछ ।
अमेरिकाको यस्तो कार्यको संसारभरका न्यायप्रेमी जनताहरुले विरोध गर्नु पर्दछ । युद्धले सम्पूर्ण संसारलाई नै क्षति पु¥याइरहेको छ । साम्राज्यवादीहरुले युद्धलाई लम्ब्याउन चाहन्छन् । युद्ध लम्बिँदा उसलाई धेरै फाइदा हुन्छ । उसको हतियारको राम्रो बिक्री हुन्छ । संसारलाई तबाह बनाएर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको साम्राज्यवादी युद्धको विरोधमा संसारभरको न्यायप्रेमी जनताको आवाज उठ्नु पर्दछ । अहिले इरानमाथि आक्रमण जारी राखेको छ । प्यालेष्टाइनमाथि वर्षौंदेखिको युद्धले रोग, भोक र शोकमा डुबाएको छ । युक्रेन र रुसको युद्धले युक्रेन र रुसलाई सिध्याइरहेको छ । यो अवस्थामा युद्धरत देशको मात्रै समस्या ठानेर नबोलेर बस्नु हुँदैन । संसारभरबाट युद्धको विरोध हुनुपर्दछ । संसारभरका जनताले बाँच्न पाउनु पर्दछ । 000