अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे अब गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडाैँ: नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउँदै नयाँ इतिहास रच्ने तयारीमा छिन् । एक समय नेपालमा ‘एक्सप्रेसन क्विन’ का रूपमा चर्चित उरुषा अहिले अमेरिका पुगेपछि अभिनय, अध्ययन र सिर्जनात्मक क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड बनाउने अभियानमा लागेकी छिन् ।हाल उरुषा अमेरिकास्थित Goshen College मा सिनियर वर्षमा अध्ययनरत छिन् । उनले फिल्म र थियटर विषयमा अध्ययन गरिरहेकी छिन् । उनले उत्कृष्ट GPA कायम गर्दै ‘Dean’s List’ मा स्थान बनाउन सफल भएकी छिन्, जुन कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई दिइने सम्मान हो ।दक्षिण एसियामा सफल करियर

अमेरिका जानुअघि नै उरुषा नेपाल र बलिउडमा स्थापित नाम बनिसकेकी थिइन् । नेपाली म्युजिक भिडियोबाट करियर प्रारम्भ गरेपछि उनी मुम्बई पुगेकी थिइन् र बलिउडको मोडलिङ तथा विज्ञापन क्षेत्रमा सफलता हासिल गरिन् ।

उनले विभिन्न प्रतिष्ठित म्यागजिनहरूको कभरमा स्थान पाइन्, जस्तै: कान्तिपुरको साप्ताहिक र नागरिकको शुक्रवार (नेपाल), Woman’s Era, The Niche, Spotless Fashion (भारत), Dzire News र Dristhi Prabha Magazine (भारत)

अभिनय यात्राशेक्सपियरदेखि आधुनिक नाटकसम्म

उरुषाको अभिनय यात्रा अत्यन्तै विविधतापूर्ण रहेको छ । उनले विलियम सेक्सपीयरका नाटकहरूमा समेत अभिनय गरेकी छिन् । विशेषगरी ‘रोमियो एण्ड जुलियट’ मा उनको भूमिका चर्चित रह्यो । अमेरिकाको Arkansas State University मा अध्ययनको क्रममा उनले ९० मिनेट लामो एकल नाटक Grounded मा शक्तिशाली प्रस्तुति दिएकी थिइन् । साथै Astate नामक नाटकमा जटिल मनोवैज्ञानिक चरित्र ‘Julia’ को भूमिकामा पनि उनको अभिनय प्रशंसित रह्यो । हाल उनी Goshen College मा Poor Clare नाटकमा ‘Ortolana’ को भूमिकाको तयारीमा छिन्, जहाँ उनले बाहिरबाट सम्पन्न देखिने तर भित्री रूपमा भावनात्मक द्वन्द्व बोकेकी महिला पात्र निर्वाह गर्नेछिन् ।

फिल्म निर्देशनमा पनि सक्रिय

उरुषा अभिनयसँगै निर्देशन र लेखनमा पनि उत्तिकै सक्रिय छिन् । उनले आफैंले लेखेर निर्देशन गरेका केही प्रोजेक्टहरू: 2 Faced (लघु चलचित्र), Price of Solitude, Who is She ?, Erased: The Final Draft (निर्माणाधीन) छन् । केही प्रोजेक्टमा उनले आफैं अभिनय गरेकी छन् भने केहीमा अमेरिकास्थित कलाकारहरूलाई समावेश गरेकी छिन् ।

०२६ गिनिज वर्ल्ड रेकर्ड अभियान

सन् २०२६ मे महिनादेखि उरुषाले आफ्नो सबैभन्दा महत्वाकांक्षी परियोजना ‘Guinness World Record Series’ प्रारम्भ गर्ने घोषणा गरेकी छिन् ।

मुख्य चुनौतीहरू

२४ घण्टामा ३०० मोनोलग: अंग्रेजी नाटक र चलचित्रका दृश्यहरू निरन्तर प्रस्तुति
कलाकार’ म्याराथन: लगातार धेरै दिनसम्म चल्ने एकल नाटक
सबैभन्दा लामो भारतीय शैलीको नृत्य: हिन्दी गीतमा आधारित प्रदर्शन
Selfie Challenge: हालको रेकर्डधारी Akshay Kumar लाई चुनौती

राष्ट्रिय गौरवको सन्देश

उरुषा भन्छिन्- ‘म अमेरिकामा एक विद्यार्थी र कलाकारका रूपमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छु । नेपालबाट विश्व मञ्चसम्म पुग्न सकिन्छ भन्ने प्रमाणित गर्न चाहन्छु । मेरो यात्रा प्रत्येक नेपाली युवतीका लागि प्रेरणा हो ।’

अन्तर्राष्ट्रिय सहकार्य

उरुषाको गिनिज वर्ल्ड रेकर्ड उपलब्धिमा Doug Jones जस्ता हलिउड कलाकारले आधिकारिक प्रमाणपत्र प्रदान गर्ने अपेक्षा गरिएको छ । Doug Jones ले The Shape of Water जस्तो Oscar विजेता चलचित्रमा अभिनय गरिसकेका छिन् ।

समग्रम, उरुषा पाण्डे अहिले केवल रेकर्ड बनाउने दौडमा मात्र छैनन्, उनी नेपालको पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेकी छिन् । उनको यात्रा नेपाली प्रतिभा, मेहनत र आत्मविश्वासको सशक्त उदाहरण बनेको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?