साहित्य

इच्छुकको शालिक तोडफोड गरेर हटाइएकोमा प्रतिष्ठानको विरोध

इच्छुकको शालिक तोडफोड गरेर हटाइएकोमा प्रतिष्ठानको विरोध

काठमाडौं: यही भदौ २३ र २४ गते भएको जेन जेडको आन्दोलनका क्रममा जनयुद्धका महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको दाङ भालुवाङ बजारमा स्थापना गरिएको शालिक पश्चगामी तथा प्रतिक्रियावादी शक्तिका घुसपैठिया जत्थाद्वारा तोडफोड गरी हटाइएकोमा एच्छुक सांस्कृतिक प्रतिष्ठानले घोर निन्दा र भ्रत्सना गरेको छ । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीद्वारा ३१ भदौमा जारि प्रेस वक्तव्यमा इच्छुक, पुष्पलाल श्रेष्ठ लगायतका सहिद तथा योद्धा नेताहरूको शालिक फोडेर हटाउनुका साथै लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि लडेका नेताका निवास एवम् पार्टीका कार्यलयहरूमा गरिएको आगजनीको विरोध गरिएको छ । वक्तव्यमा यस प्रकारको कार्यको उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।
Read More
धूवाँको मूस्लो छल्दै चराहरु उडिरहे …..

धूवाँको मूस्लो छल्दै चराहरु उडिरहे …..

मनु वि.क.भदौ २२ गते छोरीले घरमा भन्दै थिइन् जेन्जीको आन्दोलन हो रे । कार्य व्यस्तताको कारण उनीसँग थप बोलेर बस्ने समय थिएन , आफ्नो काममा निस्किएँ । पत्रिकाको कार्यालयमा आएर अनलाईन पत्रिकाहरु हेर्न थाले । पत्रिकामा जेन्जी आन्दोलनको बारेमा केही पत्रिकाले लेखेको थियो । जसमा दलहरुका नेताहरुदेखि लिएर केही आफूलाई संस्थाहरु सम्हालेका भनिएका मान्छेहरुको पनि समर्थन रहेको भन्ने समाचार छापिएका थिए । जसमा कुलमान घिसिङदेखि लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतको समर्थन रहेको बताइएको थियो । मन मनमा सोचे कोही प्रतिपक्षमा भएको कारण सत्ताको विरुद्धमा रिस पोखेका होलान् ,कोही पदबाट हटाइएकामा रिस पोखेका होलान् । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन,धरानका हर्क…
Read More
जनता लुट्ने घोर जनविरोधी इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर !- क्रान्तिकारी युवा संगठन नेपाल

जनता लुट्ने घोर जनविरोधी इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर !- क्रान्तिकारी युवा संगठन नेपाल

क्रान्तिकारी युवा संगठन नेपालद्वारा इम्बोस्ड नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा वक्तव्य जारी काठमाडौ : क्रान्तिकारी युवा संगठन नेपालले इम्बोज नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा प्रेस वक्तव्य जारी गरेको छ । संगठनका संयोजक सूर्य तिमिल्सिना जीवितले २०८२ भाद्र ११ गते जारी गरेको प्रेस विज्ञप्ति यसप्रकार छ –  सरकारले जबरजस्ती लागू गरेको इम्बोज नम्बर प्लेट प्रणाली सम्बन्धमा हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ। आम नागरिकको हित र सुविधा भन्दा पनि नेपाल सरकार कमिसनखोर दलाल विदेशी कम्पनीलाई लाभ पुर्‍याउने र नेपाली भाषालाई समेत लोप गराउने उद्देश्यले ल्याइएको जनघाती नीतिलाई हाम्रो संगठन राज्यको नीतिगत ठगी र जनता लुट्ने घोर…
Read More
संसद

संसद

लेखक : जगदिश चन्द्र म संसद हुँकेही बेकुफहरुलाईभोगिरहेको छु तानाशाह जस्तोअनुहारको मुख्य मानिसत्यससँगैको लहरमा बसेकाअरु मानिसपल्तिरलहरै कुर्सीमा टाँसिएकाजुँगा र जुँगा फालेकासारी लगाएकाकेश बाटेका नबाटेकादेशी विदेशी दुबैनागरिक अनागरिकमेरा दलाल आँखामापरेका छन् खिचिएका छन् मलाई मतलब छैनकहाँ के भइरहेको छअमेरिकाले इरानमाथिअचानकमिसाइल दागोस्इजरायलले गाजामाथिअस्त्र बर्साओस्अस्पताल ध्वस्त गरोस्सानासाना नानीहरूलाईचिहान बनाओस्देशविहीन बनाओस्दक्षिणतिरका पीतधारीलेअतीतका बर्बर मिथकलाईपुनर्जीवित गर्ने कथा रचोस्दिनदिनैमुलुकका प्राणहरुबेचेर आफ्नो पुँजी भण्डारबढाएर भाग्ने तरिकासोचेको होस्एक दुई तीनसाँच्चिकै भन्छुम वफादार छैनयहाँको सुगन्धित फुलहावा पानी हिमाल नदिप्रतिमेरा दौरासुरुवाल टोपीबोली भाषणसबै सबै नक्कली हुन् म संसदसंसद होइनमध्यकालीन शासनकोफाटेको जडौरी पो हुँ
Read More
कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

कमरेड रामवृक्ष यादव, न्यानो लाल सलाम !

रत रह संघर्ष में जीवन संघर्ष है । या कुर्वान हो जा देश पे, यही तो उत्कर्ष है ।। दब के ना रहना कभी, यही तो निष्कर्ष है । वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।। उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट लिइएको हो । यो कवितांशमा जीवनलाई संघर्षमय मानिएको छ र त्याग, वीरता तथा बलिदानको एक ओजस्वी सन्देश सशक्त रुपमा मुखरित भएको छ । त्यो सन्देश हो– ‘वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।’ वास्तवमा, क. यादवले शहादत प्राप्त गरेको समय महान् जनयुद्धको तयारीको…
Read More
थोपाहरूको युद्धघोष

थोपाहरूको युद्धघोष

लेखक –जितामित्र सुनार (कविता) लेखक –जितामित्र सुनारथोपाहरूको युद्धघोषझिम झिम पानी झर्छ,आकाश रुँदैन — जाग्छ,धरती रुँदैन — गर्जिन्छ। हराभरा वातावरणपरिवर्तनको सुगन्ध बोकेरमानव जीवनमाआशा भर्छ।थोपाहरू — बन्दुकको गोली जस्तै,पुरानो शासनको छाती पड्काउँछन्।वर्षाको पररर् आवाज —लाखौं जनताको ताली जस्तै।रूखका पातहरू नारा लगाउँछन् —ूतिम्रो शासन मक्कियो !ूजनताको शासन आउँदै छूजनताको शासन जिन्दाबाद !आकाश मडारिन्छ,चट्याङको गर्जनसहितमुसलधारे पानी बर्सिन्छ।सडकहरूमा भेल बग्छ —कुहिएको सत्ता बगाउँदै।मलाई लाग्छ —यो भेलशासनको अन्त्य रजनताको विजयको उद्घोष हो। म — टाउको उठाएर उभिएको छु,खुला आकाश मुनि उभिएको छु,छाता होइन — मुठी ओढेको छु।यो पानी — मेरो हतियार,यो आकाश — मेरो साथी,यो धरती — मेरो युद्धभूमि।सारा जगत — युद्धको पक्षमा,न्यायपूर्ण युद्ध रशान्तिको लागि।…
Read More
मोल

मोल

कविता लेखक : जगदिश चन्द्र मोलमोलाइ छबजारमाआयुक्त अरबमासदस्य करोडमामुख्यमन्त्री र मन्त्रीकुलपति उपकुलपतितत् तत् स्थानानुरूपभाउ भाउमा छन्न्यायाधीश वा निर्देशकराजदूत वा सचिवमुख्य हाकिमउदारवादी अर्थजालमाडिजिटल उपनिवेशवादमाफरक फरक मोलका छन्जसरी सामानकामोलभाउ उतारचढावमाहुन्छन् त्यसरी नैकिलो र टनमागुलाम दास झोले छन्पुरस्कार पदवी उपाधि छन्दिनदिनैतिनका दाम बढिरहेछन्बजार भत्काउने उम्मेदवारकोखाँचो झनझन बढिरहेको छ
Read More
सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

सिर्जना र संवादको बाह्रौँ शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको ‘सिर्जना र संवाद’ कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ । कुनै पनि सिर्जना र विषयमाथि चर्चा परिचर्चा गरिँदै आएको यस कार्यक्रमको बाह्रौ शृङ्खलामा कवि धनेश्वर पोख्रेलको कवितासङ्ग्रह ‘बन्दुकले विश्राम लिएपछि’ माथि चर्चा गरिएको थियो । प्रगतिवादी कवि पोख्रेलको कृतिमाथि विशिष्ट समालोचक/समीक्षकदेखि पाठक तथा स्रोताहरूले पनि समीक्षात्मक धारणा राखेका थिए । पुस्तकमाथि बोल्दै मार्क्सवादी सौन्दर्यचिन्तक प्रा.डा. जगदीश चन्द्र भण्डारीले कवि पोख्रेल कवि मात्रै नभएर कवि सिपाही भएको र कवि सिपाहीले आफ्ना कविता मार्फत युद्ध नायकले बन्दुक बिसाएर क्रान्तिप्रति गद्दारी गरेकामा उद्धेलित हुँदै कविताका माध्यमबाट आक्रोश व्यक्त गरेको कुरा बताउनु भयो…
Read More
मलाई छिट्टै पड्कने मन छ

मलाई छिट्टै पड्कने मन छ

लेखक : दिपक पौडेल भ्रष्टाचारले सजिएका शहरहरुमा भोकले दाम्रिएका पेट देखेर अन्यायको पर्खालहरुमा ठोक्किएर घाइते बनेका चरीहरुको वेदना सुनेर रगतमा डढेलो लागेर आउँछ आक्रोशको ज्वालामुखी थाम्न नसकेपछि कानको जाली फुटाउने गरि मलाई छिट्टै पड्किने मन छ देशका सबै क्षेत्रहरुमा अस्पताल शिक्षालय संघसंस्थाहरुमा संसद अदालत प्रसासनहरुमा दलालहरुको नियन्त्रण देख्दा बिद्रोहको छाल छचल्किएर आउँछ हृदयका कुनाकुनाबाट बटारिएर आउँछ कहिले सम्म दबाएर बसुँ कतिसम्म दबाएर बसुँ लुटको महल मिल्क्याउने गरि मलाई छिट्टै पड्किने मन छ । तातो रगतको व्यापार आकाशबाट आउने लाशहरुको बाकस वहिनीहरुको पुछिएको सिउदो भान्जा भान्जीको चिलविल बुढी आमाको क्रन्धन हृदय विदारक चित्र देखेर आँखावाट तप्प तप्प आँशु होइन रगत बग्दछ…
Read More
रहस्य

रहस्य

कविता  अग्निराज पौडेल ‘अराप’ दिन रात घोटिए पनिचामलको निहुँमा घुनसरि पिसिए पनिहाँसो र खुसी बटुल्ने दाउमाऋणको भार थपिएको थपिएकै छपरिवारकाले ह्याउँछन्तुच्छ बनेको छु आफन्तका बिचमाखिस्याउँछन् साथीहरूसफलता पाउन दगूर्दा दगूर्दैअसफलताको बिल्ला लागेको छसिकाइदेऊ न साथी रहस्य के हो ?केही नगरी कमाउने जुक्तिजान्ने रहर जागेको छ ! धेरैसँग परिचय गरियोधेरैसँग हारगुहार मागियोसाथी, आफन्त, नातागोताअघाएकालाई थपिदिने समाजमासबै आफूजस्तै भेटिएअधुरो नै रह्यो ऊ जस्तै हुने चाहना । ऊ मेरो आदर्श बनिसकेको छउसलाई देखेपछि एकोहोरिन्छु ममिठा कुरा गर्छउसका गफ सुनेर मन्त्रमुग्ध हुन्छुपत्याइदिऊँ जस्तो पनि लाग्छकहिलेकाहीँ दिक्क लाग्छहप्काइदिऊँ जस्तो पनि लाग्छ ! पछ्याउन चाहेको थिएँउसको जीवनशैलीअनुशरण गर्न चाहन्थेँचालढाल, बठ्याइँ अनि चातूर्यअसफलता नै असफलताको थुप्रोमाअर्काे असफलता थपिएको…
Read More