जनता लुट्ने घोर जनविरोधी इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर !- क्रान्तिकारी युवा संगठन नेपाल

क्रान्तिकारी युवा संगठन नेपालद्वारा इम्बोस्ड नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा वक्तव्य जारी

काठमाडौ : क्रान्तिकारी युवा संगठन नेपालले इम्बोज नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा प्रेस वक्तव्य जारी गरेको छ । संगठनका संयोजक सूर्य तिमिल्सिना जीवितले २०८२ भाद्र ११ गते जारी गरेको प्रेस विज्ञप्ति यसप्रकार छ –

 सरकारले जबरजस्ती लागू गरेको इम्बोज नम्बर प्लेट प्रणाली सम्बन्धमा हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ। आम नागरिकको हित र सुविधा भन्दा पनि नेपाल सरकार कमिसनखोर दलाल विदेशी कम्पनीलाई लाभ पुर्‍याउने र नेपाली भाषालाई समेत लोप गराउने उद्देश्यले ल्याइएको जनघाती नीतिलाई हाम्रो संगठन राज्यको नीतिगत ठगी र जनता लुट्ने घोर जनविरोधी कदम ठान्दछ भने इम्बोज नम्बर प्लेटको लागत अस्वभाविक र अत्यन्तै महँगो छ जसको भार सर्वसाधारण नागरिकमाथि अन्यायपूर्ण ढंगले थोपरिएको छ। विदेशी कम्पनीलाई ठेक्का दिई स्वदेशी उत्पादन सम्भावना उपेक्षा गरिएको छ । जुन राष्ट्रघात तुल्य नै रहेको छ । बिना पारदर्शिता कपटपूर्ण तरिकाले लागू गरिएको यो नीतिले नागरिक अधिकार आत्म निर्भर उत्पादन क्षमतालाई गम्भीर रुपमा अपमानसमेत गरेको छ। अझ समय सीमा तोकी जरिमाना र बलजफ्तीको डर देखाई नागरिकलाई ठगी गरिनुले यो गर्नुले यो राज्य सत्ताले जनताको लोकतान्त्रिक अधिकार गम्भीर रुपमा हनन गर्न अग्रसर भएको तथ्य पुष्टि हुन्छ। तसर्थ यदि तत्काल नागरिकमाथि राज्यद्वारा इम्बोस् नम्बर प्लेटको नाममा गरिएको आर्थिक शोषण र भाषिक राष्ट्रघात खारेज गरिएन गर्न बाध्य हुनेछ। राष्ट्र र जनहित विपरीत दलाल पुँजी र विदेशी स्वार्थलाई पोषित गरिनु कुनै पनि प्रकारको भ्रष्ट कदम हाम्रो संगठनलाई मान्ने हुँदैन। क्रान्तिकारी अभिवादन सहित हार्दिक धन्यवाद ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?