मलाई छिट्टै पड्कने मन छ

लेखक : दिपक पौडेल
      भ्रष्टाचारले सजिएका शहरहरुमा 

       भोकले दाम्रिएका पेट देखेर 

       अन्यायको पर्खालहरुमा ठोक्किएर 

       घाइते बनेका चरीहरुको वेदना सुनेर 

       रगतमा डढेलो लागेर आउँछ

       आक्रोशको ज्वालामुखी थाम्न नसकेपछि 

        कानको जाली फुटाउने गरि 

        मलाई छिट्टै  पड्किने मन छ 

                    देशका सबै क्षेत्रहरुमा 

                   अस्पताल शिक्षालय संघसंस्थाहरुमा 

                   संसद अदालत प्रसासनहरुमा 

                  दलालहरुको नियन्त्रण देख्दा 

                  बिद्रोहको छाल छचल्किएर आउँछ 

                  हृदयका कुनाकुनाबाट बटारिएर  आउँछ 

       कहिले सम्म दबाएर बसुँ 

       कतिसम्म दबाएर बसुँ

      लुटको  महल मिल्क्याउने गरि 

      मलाई छिट्टै पड्किने मन छ ।

                        तातो रगतको व्यापार 

                      आकाशबाट आउने लाशहरुको बाकस 

                       वहिनीहरुको पुछिएको सिउदो 

                      भान्जा भान्जीको चिलविल 

                      बुढी आमाको क्रन्धन 

                     हृदय विदारक चित्र देखेर 

                   आँखावाट  तप्प तप्प आँशु  होइन                                               

                    रगत बग्दछ रगत ।

मातृभूमिमा खुनी पन्जाहरु

प्राकृतिक साधन माथिको गिद्धे दृष्टि

दलाल संगको रसायन

जनता माथिको दमन

सहेर बस्न सकिएन

कहिले सिमाना वारि

कहिले सिमाना पारी

किलो किलोमिटरमा

मलाई छिट्टै पढ्कने मन छ ।

भ्रष्ट व्यवस्थालाई ध्वस्त पार्न

समरुप समाज निर्माण गर्न

हो , मलाई छिट्टै पड्किने मन छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?