Blog

चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त प्रगतिशील तीज महोत्सव

चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त प्रगतिशील तीज महोत्सव

चेन्नै : अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिलाहरूको तीज महोत्सव ७ सितंबर २०२४ का दिन चेन्नैको हारिङटन रोडमा अवस्थित कम्युनिटी हलमा सम्पन्न भएको छ । प्रगतिशील तीज महोत्सवको अध्यक्षता चेन्नै उत्तर नगर समितिको तर्फबाट फुलमाया केसीले गरेका थिए । अतिथिहरुको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ सारगर्भित शब्दबाट माया रोकाले र गीत संगीतबाट करिव ५० जना एउटै सारी लगाएका नारीहरूको टिमले सुमधुर स्वरमा आउहै एकताको झन्डामुनी तिमीलाइ स्वागत छ भन्ने गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल र…
Read More
नेपालका संसदवादी कम्युनिस्टहरुको समाजवादको आधार लासालवाद कि मार्क्सवाद

नेपालका संसदवादी कम्युनिस्टहरुको समाजवादको आधार लासालवाद कि मार्क्सवाद

लेखक : हुकुमबहादुर सिंह नेपालका संसदवादी कम्युनिस्टहरुले समाजवादका नारा दिएका छन्, समाजवादी मोर्चा पनि बनाएका छन् । नेपालको संविधान२०७२मा समाजवाद उन्मूख अर्थतन्त्र लेखाएकोमा नेपालमा समाजवाद आएजस्तै गफ दिने गर्दछन् र आफूलाई खाँटी समाजवादी भनिरहेका छन् । संसदभन्दा बाहिरका विप्लव र धर्मेन्द्र नेतृत्वका कम्युनिष्ट समूहहरुले पनि यीनै संसदवादी कम्युनिस्टहरुले भने झैं समाजवाद, वैज्ञानिक समाजवाद भनिरहेका छन् । तर यी दुवैको मिलनविन्दु एउटै छ त्यो हो यिनीहरु दुवैले सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादबारे उनीहरुका दस्तावेजहरुमा कही कतै उल्लेख गर्न आवश्यक ठान्दैनन । परिणाम ती दुवैको समाजवादको आधार लासालवाद कि माक्र्सवाद बहसको विषय बनेको छ । जुन समाजवादको कुरा अहिले विभिन्न कम्युनिस्ट पार्टीहरु, समूहहरु…
Read More
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुको व्यापक भण्डाफोर पर्नेमा जोड गोविन्द पौडेल/ज्ञानु खतिवडा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र मोर्चाका सचिवालय सदस्य संगित श्रोताको सञ्चालनमा मोर्चाको भेला सम्पन्न भएको हो । प्रमुख अतिथि किरणले व्यानर पढेर उद्घाटन गर्नुभएको भेलालाई पुष्कर गौतमले स्वागत गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका संयोजक मोहन वैद्य किरणले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सडकदेखि संसद…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज १२ बजे सम्वाद डवलीमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज सम्वाद डवली अनामनगर काठमाडौँमा पत्रकार सम्मेलन गर्दैछ । देशको पछिल्लो राजनीतिक अवस्था, भ्रष्टाचार, राष्ट्रियता तथा जनजीविकाका सवाल र त्यसका विरुद्ध सञ्चालित विरोध कार्यक्रमलगायत पार्टीको राष्ट्रिय एकता महाधिवेशनका बिषयमा आफ्नो पार्टीको धारणा राख्ना आज दिउँसो ठिक १२ बजे सम्वाद डवली अनामनगर, काठमाडौँमा पत्रकार सम्मेलन गर्न लागेको हो । बिहीबार पार्टी प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्तिमार्फत पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार सम्प्रेषण गरीदिनेबारे सबै सञ्चारकर्मीहरुलाई निमत्रणा गरेका छन् । साथै उनले आउँदो मङ्सीर १३ गतेदखि २३ गतेसम्म हुन गइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनबारे केन्द्रीय प्रचारप्रसार समितिले आज पत्रकार सम्मेलनको आयोजना गरिएकोमा उक्त पत्रकार…
Read More
दिल्लीमा प्रगतिशील तीजको कार्यक्रम सम्पन्न

दिल्लीमा प्रगतिशील तीजको कार्यक्रम सम्पन्न

दिल्ली : अखिल भारत नेपाली एकता समाजको पश्चिम उत्तर क्षेत्रीय महिला समितिकोआयोजनामा १ सेप्टेम्बर २०२४ का दिन प्रगतिशील तीज गीत कार्यक्रम दिल्लीमा सम्पन्न गरिएको छ। कार्यक्रमको संचालक सकुन्तला भुषाल, अध्यक्षता कमला भुषालले गरेका थिए । अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट गिता पौडेल र संगीतबाट रक्तिमका कलाकारले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा र केन्द्रीय सदस्य सिमा क्षेत्रीले दिप प्रज्ज्वलन गरेर प्रगतिशील तीज कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा खेम न्यौपाने, भूमिसरा बुढा, थम्मन थापा, मधु भुषाल, बिनीमाधव पौडेल, कोष प्रसाद पौडेल, विद्यार्थी…
Read More
भिवाडीमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

भिवाडीमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

भिवाडी : अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर समिति एवं नेपाली एकता समाज भारत भिवाडि महिला सङ्गठन समितिको संयुक्तआयोजनामा महिलाहरूकोहरितालिका तीजको कार्यक्रम १ सेप्टेम्बर २०२४ का दिन भिवाडीको एक होटलमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव श्री बाबुराम खड्काले गरेका थिए । कार्यक्रमको अधक्ष्यता श्रीमती कल्पना खड्काले गरेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट जयनारायणले र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए। प्रमुख अतिथि नेपाली एकता समाज भारतका अध्यक्ष श्री भक्त पुनले रिवन काटेर प्रगतिशील तीजि कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत…
Read More
अखिल नेपाल महिला संघ र क्रान्तिकारी महिला संगठन अर्घाखाँचीबीच एकता भेला

अखिल नेपाल महिला संघ र क्रान्तिकारी महिला संगठन अर्घाखाँचीबीच एकता भेला

राजेन्द्र नेपाली/अर्घाखाँची : अखिल नेपाल महिला संघ र क्रान्तिकारी महिला संगठन अर्घाखाँचीबीच एकता भेला सम्पन्न भर्इ क्रान्तिकारी महिला संघ अर्घाखाँची बनेको छ ।एकता भेला लार्इ क्रान्तकिारी महिला संघकी केन्द्रीय सदस्य सिता भट्टरार्इ प्रमुख अथिति रहेकी थिइन् । प्रमुख अथिति सिता भट्टराइले आधा धर्ती आधा आकास ढाक्ने महिलाहरु लार् यो दलाल व्यवस्थाले दासको रुपमा प्रयोग गरेको बताउदै यो व्यवस्थाको अन्त गरी समता मुलक समाजको निर्माण गर्न सम्पुर्ण उत्पीडित महिलाहरुलार्इ एक जुट भएर संगठित हुन आब्हान गरेकी छन् । विशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य ५न व्यूरो सह संयोजक कृष्ण केसी ,केन्द्रीय सचिवालय सदस्य गुल्मी इन्चार्ज नरेन्द्र थापा,जिल्ला संयोजक…
Read More
महंगी भ्रष्ट्राचार र मिटरव्याजविरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँची

महंगी भ्रष्ट्राचार र मिटरव्याजविरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँची

राजेन्द्र नेपाली/अर्घाखाची : राष्ट्रियता,जनतन्त्र,र जनजीविकाको पक्षमा महंगी भ्रष्ट्राचार र मिटरव्याज विरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति अर्घाखांचीको आयोजनामा जिल्लाको सदरमुकाम सन्धिखर्कमा भदै १७ गते विरोधसभा सम्पन्न छ । सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य ५न व्यूरो सह संयोजक कृष्ण केसीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै दलाल संसदीय व्यावस्था रहेसम्म भ्रष्ट्राचार, महंगी,वेरोजगारी,जनतालाई ठगी गर्ने क्रम नरोकिने र अन्त नहुने भएकोले नेपाली जनता एक जुट भएर नयाँ जनवादी व्यवस्था हुदै वैज्ञानिक समाजवादी व्यावस्था निर्माणमा लाग्नु पर्ने बताए । यसै प्रसंगलाइ जोड्दै जनता इतिहासका निर्माता भएकोले जनताले चाहेको व्यवस्था आउने कुरा उल्लेख गरे ।विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट…
Read More
भू–राजनीतिमा अमेरिकाको नेपाल दृष्टि

भू–राजनीतिमा अमेरिकाको नेपाल दृष्टि

विश्वमा लिखित इतिहास शुरु हुनुभन्दा पहिल्यैको पौराणिक इतिहासमा नेपाल देशको उल्लेख पाइन्छ । वि.स. १८२६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले राष्ट्रिय एकिकरण गर्दा समेत अमेरिकाको जन्म भएको थिएन । विश्वको नयाँ सभ्यताका रुपमा चिनिने माया सभ्यताको पृष्ठभूमिमा उभिएको अमेरिकालाई कतिपय इतिहासकारहरुले उन्नाइसौं सताब्दीको बालकको संज्ञा दिएका छन् । प्रथम विश्वयुद्ध (१९१४–१९१८) मा अटोमन साम्राज्यको अन्त्य भयो । आजको मध्यपूर्वको तनावग्रस्त क्षेत्र बेलायतको वर्चश्वमा रहन गयो । प्रथम विश्वयुद्ध पश्चात विश्वमा शान्ति स्थापना गर्ने भनेर राष्ट्र संघको स्थापना भयो तर अमेरिका राष्ट्र संघमा सामेल भएन । त्यतिबेला अमेरिकाको उदय एउटा शक्ति राष्ट्रका रुपमा भइसकेको थियो । एउटा शक्ति राष्ट्र अमेरिका सदस्य…
Read More
महाशय

महाशय

लेखक : कृष्णभक्त महजर्जन महासय म भन्छु साझा दुश्मन उ भन्छ एकल दुश्मन तथ्यांक मिथ्याक प्रेममा समर्पण हुन्छ मायामा आकर्षण,बिकर्षण हुन्छ मन पर्नेमा लेनदेन हुन्छ ल महाशय औधी उदुमै खुसीमा धुसी परेपछि एकल दुश्मन होइन साझा दुश्मन हुन्छ महाशय नाउ छ राष्ट्रिय मुक्ति नया मुक्ति जनवादी मुक्ति एक समुहबाट अठार समूह बन्छ सिद्धान्त बिना व्यवहार अन्धो भयो व्यवहार बिना सिद्धान्त लङडो भयो महाशय भुरे टाकुरे होइन एकल दुश्मनबाट साझा दुश्मन बनाउ महाशय.....
Read More