राजेन्द्र नेपाली/अर्घाखाँची : अखिल नेपाल महिला संघ र क्रान्तिकारी महिला संगठन अर्घाखाँचीबीच एकता भेला सम्पन्न भर्इ क्रान्तिकारी महिला संघ अर्घाखाँची बनेको छ ।एकता भेला लार्इ क्रान्तकिारी महिला संघकी केन्द्रीय सदस्य सिता भट्टरार्इ प्रमुख अथिति रहेकी थिइन् ।

प्रमुख अथिति सिता भट्टराइले आधा धर्ती आधा आकास ढाक्ने महिलाहरु लार् यो दलाल व्यवस्थाले दासको रुपमा प्रयोग गरेको बताउदै यो व्यवस्थाको अन्त गरी समता मुलक समाजको निर्माण गर्न सम्पुर्ण उत्पीडित महिलाहरुलार्इ एक जुट भएर संगठित हुन आब्हान गरेकी छन् ।

विशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य ५न व्यूरो सह संयोजक कृष्ण केसी ,केन्द्रीय सचिवालय सदस्य गुल्मी इन्चार्ज नरेन्द्र थापा,जिल्ला संयोजक राजेन्द्र नेपाली,सह संयोजक तकमान राउत,नरीश्वर पान्डेले भेला सफलताको शुभकामना दिएका थिए ।

क्रान्तिकारी मजदुर संघ अर्घाखाँचीसंयोजक हिम्मत बि क,क्रान्तिकारी किसान महासंघका ज्ञान प्रसाद भुसाल अखिल नेपाल शिक्षक सघ के उपाध्यक्ष दल बहादुर खत्री,क्रान्तिकारी युवक सघअर्घाखाँचीका कमल वि क क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल छ५व्यूरो सदस्य मालारानी इन्चार्ज अशोक थापा,सन्धिखर्क संयोजक खेमराज भट्टराइको आथित्यता रहेको थियो। भेलाले माया नेपाली संयोजक र सिता भट्टराइ सह संयोजक रहेको ३१सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ ।एकता भेला मजन्ता नेपालीको अध्यक्षता, माया नेपालीको सन्चालन र मिना केसीको स्वागतमा स्वागतमा सम्पन्न भएको हो ।