दिल्ली : अखिल भारत नेपाली एकता समाजको पश्चिम उत्तर क्षेत्रीय महिला समितिकोआयोजनामा १ सेप्टेम्बर २०२४ का दिन प्रगतिशील तीज गीत कार्यक्रम दिल्लीमा सम्पन्न गरिएको छ। कार्यक्रमको संचालक सकुन्तला भुषाल, अध्यक्षता कमला भुषालले गरेका थिए । अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट गिता पौडेल र संगीतबाट रक्तिमका कलाकारले स्वागत गरेका थिए।

प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा र केन्द्रीय सदस्य सिमा क्षेत्रीले दिप प्रज्ज्वलन गरेर प्रगतिशील तीज कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा खेम न्यौपाने, भूमिसरा बुढा, थम्मन थापा, मधु भुषाल, बिनीमाधव पौडेल, कोष प्रसाद पौडेल, विद्यार्थी सह सचिव गोमा बुढाथोकी, रक्तिम विभागबाट नविन खनाल, क्षेत्रीय महिला विभागबाट सुस्मिता खनाल आमन्त्रित अतिथि सिवलाल पौडेल, रामचन्द्र गौतम केवल बुढाथोकी र क्षेत्रीय सदस्य बिरू चन्द रहेका थिए।
कार्यक्रममा महिलाहरुले आफ्नो कला निकै सुन्दर तरिकाले प्रश्तुत गरेका थिए । अन्त्यमा अध्यक्षले कार्यक्रमको समापन गरेका थिए ।
महेन्द्र वश्याल