महंगी भ्रष्ट्राचार र मिटरव्याजविरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी अर्घाखाँची

राजेन्द्र नेपाली/अर्घाखाची : राष्ट्रियता,जनतन्त्र,र जनजीविकाको पक्षमा महंगी भ्रष्ट्राचार र मिटरव्याज विरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति अर्घाखांचीको आयोजनामा जिल्लाको सदरमुकाम सन्धिखर्कमा भदै १७ गते विरोधसभा सम्पन्न छ ।

सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य ५न व्यूरो सह संयोजक कृष्ण केसीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै दलाल संसदीय व्यावस्था रहेसम्म भ्रष्ट्राचार, महंगी,वेरोजगारी,जनतालाई ठगी गर्ने क्रम नरोकिने र अन्त नहुने भएकोले नेपाली जनता एक जुट भएर नयाँ जनवादी व्यवस्था हुदै वैज्ञानिक समाजवादी व्यावस्था निर्माणमा लाग्नु पर्ने बताए ।

यसै प्रसंगलाइ जोड्दै जनता इतिहासका निर्माता भएकोले जनताले चाहेको व्यवस्था आउने कुरा उल्लेख गरे ।विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संयोजक राजेन्द्र नेपालीले सन्चालन गरेका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?