महाशय

लेखक : कृष्णभक्त महजर्जन

महासय

म भन्छु

साझा दुश्मन

भन्छ

एकल दुश्मन

तथ्यांक

मिथ्याक

प्रेममा

समर्पण हुन्छ

मायामा

आकर्षण,बिकर्षण हुन्छ

मन पर्नेमा

लेनदेन हुन्छ ल

महाशय

औधी

उदुमै

खुसीमा

धुसी परेपछि

एकल दुश्मन होइन

साझा दुश्मन हुन्छ

महाशय

नाउ छ

राष्ट्रिय मुक्ति

नया मुक्ति

जनवादी मुक्ति

एक समुहबाट

अठार समूह बन्छ

सिद्धान्त बिना

व्यवहार अन्धो भयो

व्यवहार बिना

सिद्धान्त लङडो भयो

महाशय

भुरे

टाकुरे होइन

एकल दुश्मनबाट

साझा दुश्मन बनाउ

महाशय…..

By जन बिहानी

Related Posts