भिवाडीमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न

भिवाडी : अखिल भारत नेपाली एकता समाज भिवाडी महिला नगर समिति एवं नेपाली एकता समाज भारत भिवाडि महिला सङ्गठन समितिको संयुक्तआयोजनामा महिलाहरूकोहरितालिका तीजको कार्यक्रम १ सेप्टेम्बर २०२४ का दिन भिवाडीको एक होटलमा सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव श्री बाबुराम खड्काले गरेका थिए । कार्यक्रमको अधक्ष्यता श्रीमती कल्पना खड्काले गरेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

उपस्थित जनमानसलार्इ शब्दबाट जयनारायणले र संगीतबाट रक्तिमका कलाकारहरूले स्वागत गरेका थिए। प्रमुख अतिथि नेपाली एकता समाज भारतका अध्यक्ष श्री भक्त पुनले रिवन काटेर प्रगतिशील तीजि कार्यक्रमको उद्घाटन गरेका थिए ।कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा पश्चिम उत्तर (एन सी आर) क्षेत्रीय समितिका अध्यक्ष बाबुराम बस्नेत, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका समाचारदाता अमृत केसी, नेपाली एकता समाज भारतका महासचिव सुरज, सह संयोजक भेकराज, क्षेत्रीय समितिबाट क्रमशः शुनिल बि सि, सुमित्रा दे वी, विनिता खड्का तथा कमला खड्का, अखिल भारत नेपाली विद्यार्थी संघ भिवाडि नगर समितिका अध्यक्ष राजु खड्का, नगर सदस्य नवीन बस्नेत,तुल्सिराम केसी स्थानीय समाजसेवी डिवि राना, नगर महिला उपाध्यक्ष यमि पन्थी रहेका थिए ।

शुभकामना मन्तव्यपछि तीजका गीत गाएर हर्षोल्लासका साथ तीजि कार्यक्रम भएको त्यहाँका संवाददाताले हाँक टुडेलाई बताए।कार्यक्रमको अन्तमा उत्कृष्ट नाच नाच्नेहरूलाइ पुरस्कारको पनि व्यवस्था रहेको थियो। पुरस्कार विजेताहरू प्रथम समिक्षा पुन, दोश्रो अंशु खड्का, तेस्रो परिशाहा र सान्त्वना सुवेक्षा खत्री रहेका थिए। विजेताहरूलाइ कार्यक्रमकी अध्यक्ष कल्पना केसी एव नगर सदस्य करिनाबाट पुरस्कार वितरण गरिएको थियो। अन्त्यमा कार्यक्रम की अध्यक्ष कल्पना के सिले हामी संसारको जुन ठाउँमा भएपनि,जस्तो अवस्था पीड़ा व्यथा जे जस्तो परिस्थिति सामाना गर्नु परेपनि, चाडपर्वहरूमा परिवारजन आफन्तहरूबाट टाढा भएको पललाई समयानुकूल एक्लोपन आत्मसाथ गर्दै साथीभाईहरू एक आपसमा जुटेर परदेशमा चाहे मेचीको होस चाहे कालीको होस हामी परदेशमा एउटै नेपाली हौं भन्ने सन्देश स्वरूप यो महिलाहरूको पर्व हरितालिका तीज भिवाडीमा भव्य रूपमा सम्पन्न भएको मन्तव्यराख्दै कार्यक्रमको समापन गरेकी थिईन्

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?