चेन्नै : अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व पश्चिम उत्तर दक्षिण नगर समितिको संयुक्त आयोजनामा महिलाहरूको तीज महोत्सव ७ सितंबर २०२४ का दिन चेन्नैको हारिङटन रोडमा अवस्थित कम्युनिटी हलमा सम्पन्न भएको छ । प्रगतिशील तीज महोत्सवको अध्यक्षता चेन्नै उत्तर नगर समितिको तर्फबाट फुलमाया केसीले गरेका थिए ।

अतिथिहरुको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ सारगर्भित शब्दबाट माया रोकाले र गीत संगीतबाट करिव ५० जना एउटै सारी लगाएका नारीहरूको टिमले सुमधुर स्वरमा आउहै एकताको झन्डामुनी तिमीलाइ स्वागत छ भन्ने गीतबाट स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल र केन्द्रीय सदस्य तथा महिला नेतृहरूले सामूहिक रूपमा दिप प्रज्ज्वलन गरेर तालीको गड़गड़ाहटमाप्रगतिशील तीज महोत्सवको उद्घाटन गरिएको थियो। प्रमुख अतिथिले तीजको एक पौराणिक विशेषताका साथै धार्मिक, सामाजिक, साँस्कृतिक र पारंपरिक महत्व रहेको बताए । नेपाली कला संस्कृतिको जगेर्ना गर्नकोलागि पनि तीजलार्इ प्रगतिशील ढंगबाट मनाउने गरिन्छ। यसै सन्दर्भमा अखिल भारत नेपाली एकता समाजले प्रगतिशील ढंगबाट मनाउदै आएको कुरा मन्तव्यको क्रममा सुनाए ।तीजको दर खाने नाममा र भड्किलो मात्र नभई छाडा गीत र नृत्य प्रदर्शन गरी सामाजिक संजालमा भाइरल हुने गर्दछन। यो विकृति भएको कुरा औल्याउँदै प्रगतिशील विचार बोक्नेहरुले यसलाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदी, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष बिक्रम केसी, भाईचारा संगठन प्रवासी नेपाली संघ भारतकी सचिवालय सदस्य सिमा न्युरे, केन्द्रीय सह सचिव कृष्ण पोख्रोल, एकता मन्च तमिलनाडु पान्डीचेरी राज्य समितिकी सदस्य रूपा सुनार, केन्द्रीय सचिव चन्द्र महरा, जन सम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिकी साँस्कृतिक सचिव सुमित्रा पराजुली, क्षेत्रीय उपाध्यक्ष गंगाराम शर्मा, अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा चेन्नै पश्चिम नगर समितिका अध्यक्ष अर्जुन केसी, केन्द्रीय सदस्य तथा चेन्नै उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका पत्रकार राजु अधिकारी, एकता समाजका केन्द्रीय सदस्य देवी रिजाल, माया रोका, सुनिता बस्याल, सिता घिमीरे, गिता शर्मा, दिनेश थापा, नर बहादुर बिक, हरि केसी, भुवन सुवेदी, रामकुमार क्षेत्री, रामु नेपाली, मोहराज सुवेदी, क्षेत्रीय सदस्य दिपा शर्मा, लक्ष्मी सुवेदी, तुलसा सुवेदी रहेका थिए ।

शुभकामना मन्तव्य पछि विभिन्न घटनाक्रमसंग सम्बन्धित मौलिकतामा आधारित नगर समितिका तर्फबाट गीत र नृत्य प्रस्तुत गरेका थिए। रक्तिमका कलाकारहरूले जनवादी गायिका निलिमा पुनका आमाको तीज गीत लगायतका गीतका साथै नेपाली लोक प्रिय गायीका विष्णु माँझीका गीतहरुमा प्रश्तुती गरेका थिए । हज़ारौको उपस्थिति रहेको हलमा सबैजना गीत र नृत्यले हल जुरूक जुरूक बनाएको थियो । भने कार्यक्रमको संचालन माया हमाल ले गरेकी थिईन् ।
