Blog

पदम कुमारी खरेलप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी ३ नं. प्रदेशद्वारा हार्दिक श्रद्धाञ्जली अर्पण

पदम कुमारी खरेलप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी ३ नं. प्रदेशद्वारा हार्दिक श्रद्धाञ्जली अर्पण

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३ न. प्रदेश सल्लाहकार सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवार जनमा हार्हिक समवेदना प्रकट गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ३ न. प्रदेश संयोजक अटलले २०८१ पौष १ गते एक शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा समवेदना प्रकट गर्नु भएको हो । वक्तव्यमा अगाडि भनिएको छ ।–“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश सल्लाहकार कमरेड सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेल (बोलाउने नाम सरस्वती)को यही मंसिर २५ गते दुःखद निधन भएको छ । सर्व प्रथम हाम्रो पार्टी…
Read More
काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको अखिल (क्रान्तिकारी)द्वारा रिहाइको माग

काठमाण्डौ : अखिल क्रान्तिकारीले काठमाडाैँ जिल्ला इन्चार्ज प्रवेश रुम्बा र नवराज ढकालको तत्काल रिहाइको माग गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रवेश रुम्बा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका काठमाण्डौ जिल्ला सदस्य नवराज ढकाललाई सांगठनिक कामका सिलसिलामा बिना कारण प्रहरी प्रशासनले काठमाण्डौ जिल्ला शंखरापुर नगरपालिका वाड न. ६ स्थित भगवति उच्च माविबाट गिरफ्तार गरेको थियो । पौष ४ गते युनियनका संयोजक महेश श्रेष्ठले एक विज्ञप्ति जारी गरी रिहाइको माग गरेका हुन् ।
Read More
गोरखा भर्ती बन्द हुनु पर्दछ : अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु

गोरखा भर्ती बन्द हुनु पर्दछ : अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु

काठमाण्डौ : गोरखा भर्ती बन्द र साम्राज्यवादी शोषण रोकिनु पर्ने माग गर्दै विश्वमा क्रियाशील अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु– माक्र्सिस्ट लेनिनिस्ट पार्टी जर्मनी ,सिपिआई एमएल मास लाईन् ,टिकेपी एमएल (कम्युनिष्ट पार्टी अफ टर्की माक्र्सिस्ट लेनिनिष्ट ) र पि बि एस पी बंगलादेशका प्रतिनिधिहरुले एक वक्तव्य जारी गरेका छन् । डिसेम्बर ३ ,२०२४ मा जारी एक वक्तव्यमा गोरखा भर्तीको नाममा नेपाली युवाहरुलाई अनेक असमान शर्तहरु मान्न बाध्य पारिएको ,तलब तथा पेन्सनमा विभेद रहेको र साम्राज्यवादीहरुले नेपाली युवाहरुलाई शोषणमा पारिरहेको भन्दै गोरखा भर्ती बन्द हुनुपर्ने र साम्राज्यवादी शोषण रोकिनु पर्ने कुरा उल्ल्ेख छ । वक्तव्यमा भूतपूर्व गोरखा सैनिक संगठन बिगेसोले चलाएको अभयानप्रति ऐक्यबद्धता…
Read More
नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र महाधिवेशनको सन्देश कार्यक्रम

नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र महाधिवेशनको सन्देश कार्यक्रम

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेशले नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र पार्टीको एकता महाधिवेशनको सन्देश कार्यक्रम सम्पन्न गरेको छ । ६ नं. प्रदेशका संयोजक दिपक बहादुर शाहीले मंसिर २ मा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–“२०८१ मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश, र जिल्ला तहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ । पत्रकारिताको गरिमा, निष्पक्षता, र जिम्मेवारीलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रेरणा पाओस भन्ने शुभकामना व्यक्त गर्दछौँ । प्रिय पत्रकार मित्रहरु। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ साल मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…
Read More
स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

काठमाडौ : डिसेम्बर १८ स्टालिनको जन्म दिन हो । जोसेफ स्टालिन विश्व कम्युनिस्ट आन्दोलनका महान नेता हुन् । उनी लेनिनका साथी थिए ।सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीका सदस्य बनेका उनी एक सिद्धान्तनिष्ठ व्यक्ति थिए ।उनले पछि मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म सोभियत संघ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव रहे ।डिसेम्बर १८, १८७८ मा जर्जियाको “गोरी“ मा उनको जन्म भएको थियो र ५ मार्च १९५३ मा उनको मृत्यु भएको थियो । उनले समाजवादको निर्माण र संरक्षणको नेतृत्व गरेका थिए । सोभियय संघ माथि विदेशी आक्रमणकारीको आक्रमणलाई परास्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

भाकपा (मा.ले.) रेड स्टारकमरेडहरु,कमरेड तुहिन र व्यक्तिगत रुपमा मेरो तर्फबाट र हाम्रो पार्टी भाकपा (माक्र्सवादी) रेड स्टारको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (आरसीपीएन) को एकता महाधिवेशनको सफलताको कामना गर्दछु । यस ऐतिहासिक महाधिवेशनमा हामीलाई निमन्त्रणा दिनुभएकोमा हामी तपाईप्रति कृतज्ञ छौं ।कमरेड,आज तपाईको महाधिवेशन यस्तो समयमा भइरहेको छ, जतिबेला फासिवाद र युद्धको खतरा विश्वको शिरमा छाएको छ । अमेरिकी राजनीतिको फासीवादी अनुहार डोनाल्ड ट्रम्पले आफ्नो गुमेको सत्ता पुनः प्राप्त गरेका छन् र दोस्रो पटक सत्तामा फर्केका छन् । यो घटनाले विश्वभरी नै फासीवादका लागि उर्वर भूमि छ भन्ने प्रमाणित गर्छ । जबसम्म साम्राज्यवादी र पुँजीवादी अर्थतन्त्रको गम्भीर संकट रहिरहन्छ र त्यसको…
Read More
युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ : युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ठमेल स्थित यात्री होटलमा आइतबार र सोमबार गरी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एन टिए,एनएनटिए र इष्टु गरी तिन घटक संगठनमा आवद्ध बौद्धिक शिक्षक शिक्षिकाहरुले युनाइट प्रोग्राममा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा एक्सनएडले आफ्नो कार्यक्रमिक योजना प्रस्तुत गरेको थियो । इष्टुका अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई दिएको जानकारी अनुसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।इआइले नेपालमा शिक्षक शिक्षिकाहरुले पाउने पेसागत अधिकार, सरकारलाई तिर्नुपर्ने कर,बालअधिकार,वर्तमान विज्ञान र प्रविधि तथा वातावरण जस्ता क्षेत्रमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ…
Read More
एकता महाधिवेशनले दिएको सन्देश

एकता महाधिवेशनले दिएको सन्देश

लेखक – सन्तबहादुर नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ । तीनवटा क्रान्तिकारी पार्टीहरुको, नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) को २०८० वैशाखमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि त्यो सित नेकपा (मशाल) को, २०८१ वैशाख १८ गते भएको एकता अधिवेशनले अगाडि सारेको एकता प्रक्रियाले पूर्णता पाएको छ र अब पूर्व समूहको रुपमा सबै पार्टीहरु पूर्व अस्तित्व समाप्त भएर एकीकृत पार्टीको रुपमा उभिन पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा साना साना सामान्य कार्यनीतिक तथा नीतिगत वा व्यक्तिका प्रवृत्ति, चिन्तन र व्यवहारका कारण कैयौं टुट फुटहरु बेहोर्नु प¥यो । त्यसमा कैयौं पार्टी कार्यकर्ताहरु, राजनीतिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यही २०८१ साल मंसिर १३ देखि २३ गते सम्म काठमाण्डौंको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय एकता महाधिवेशनमा आयोजक समितिका कार्यालय सदस्य क. परी थापाद्वारा प्रस्तुत तथा पारित समसामयिक प्रस्ताव )मस्यौदाराष्ट्रिय सन्दर्भः१. नेपाल–भारतबीचको सैन्य भाईचाराबारे ।सन १९५० देखि नेपाल र भारतका नवनियुक्त स्थलसेनाका प्रधानसेनापतिलाई एकअर्का देशका राष्ट्रिय सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन कायम हुँदै आएको छ । देश, राष्ट्र तथा राज्यहरुका बीचमा सैनिक गठबन्धन निर्माण गर्ने प्रचलन कायम रहेको छ, तर स्वाधिन एवम् सार्वभौमसत्ता सम्पन्न देशहरुका राष्ट्रिय सेनाहरुका बीचमा भाईचारा (ँचबतभचलब)ि सम्बन्ध कायम गरेर मानार्थ सेनाधिपतिको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

काठमाडौँ : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो । महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद्…
Read More