क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

भाकपा (मा.ले.) रेड स्टार
कमरेडहरु,
कमरेड तुहिन र व्यक्तिगत रुपमा मेरो तर्फबाट र हाम्रो पार्टी भाकपा (माक्र्सवादी) रेड स्टारको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (आरसीपीएन) को एकता महाधिवेशनको सफलताको कामना गर्दछु । यस ऐतिहासिक महाधिवेशनमा हामीलाई निमन्त्रणा दिनुभएकोमा हामी तपाईप्रति कृतज्ञ छौं ।
कमरेड,
आज तपाईको महाधिवेशन यस्तो समयमा भइरहेको छ, जतिबेला फासिवाद र युद्धको खतरा विश्वको शिरमा छाएको छ । अमेरिकी राजनीतिको फासीवादी अनुहार डोनाल्ड ट्रम्पले आफ्नो गुमेको सत्ता पुनः प्राप्त गरेका छन् र दोस्रो पटक सत्तामा फर्केका छन् । यो घटनाले विश्वभरी नै फासीवादका लागि उर्वर भूमि छ भन्ने प्रमाणित गर्छ । जबसम्म साम्राज्यवादी र पुँजीवादी अर्थतन्त्रको गम्भीर संकट रहिरहन्छ र त्यसको समाधान हुँदैन, तबसम्म फासीवादको खतरा रहिरहन्छ । डोनाल्ड ट्रम्पको विजयले फासीवादलाई सत्ताबाट हटाएर मात्र रोक्न सकिंदैन भन्ने देखाएको छ । फासीवादी राजनीति, अर्थशास्त्र, सामाजिक नीति र दर्शनको वैकल्पिक आख्यान निर्माण गर्न सकिएन भने, फासीवादको उद्गमस्थल पुँजीवादको संकटको वास्तविक समाधान प्रस्तुत गर्न सकिएन भने फासीवादी शक्तिलाई चुनावमा मात्र परास्त गरेर फासीवादविरोधी विजय हासिल गर्न सकिंदैन । पराजित फासीवादले उदारवादीहरुबाट गुमेको शक्तिलाई बैकल्पिक सामाजिक–आर्थिक मार्ग र बैकल्पिक राजनीतिक कार्यमक्रमविना नै दोहोरो जोस र शक्तिका साथ पुनःस्थापित गर्न सक्षम छ । तपाईले याद गर्नुहुनेछ कि गत शताब्दीको चालिसको दशकमा, एकातिर, उदारवादी बुर्जुवावर्गले फासीवादको विरुद्ध केनेसियन विकल्प प्रस्तुत गर्न सक्षम त भएको थियो, जसको बलमा उसले अर्को तीन दशकमा पुँजीवादको स्वर्ण युग निर्माण गर्न सक्षम भएको थियो । अर्कोतर्फ, कम्युनिस्टहरुसँग सोभियत विकल्प थियो । यस्तो विकल्प कि तीसको दशकको महामन्दीमा विश्व पुँजीवादलाई ध्वस्त पार्ने संकटले पनि यसलाई खुम्च्याउन सकेन । आज पुँजीपति वर्गसँग यसको विकल्प छैन ।
मित्रहरु,
भारतमा फासीवादी आरएसएस र भाजपाको शक्तिको स्रोत पनि यी विकल्पहरुको अभाव नै हो । मोदी सरकार तेस्रो पटक सत्तामा फर्किएको छ । जसरी यो सरकारले भारतका श्रमिक, किसान, गरिब र श्रमजीवी जनतामाथि निरन्तर शोषण र उत्पीडन गरिरहेको छ, धर्मका आधारमा जनतालाई विभाजन गरिरहेका छ, दलित, आदिवासी , धार्मिक अल्पसंख्यक र महिलामाथि दोस्रो दर्जाको नागरिकको जीवन थोपरिरहेको छ, त्यसरी नै अन्तर्राष्ट्रिय जगतमा नेपाल, श्रीलंका र बंगलादेशलगायत आफ्ना छिमेकीमाथि आक्रमक विस्तारवादी आधिपत्य पनि चलाइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उद्योगपति अडानीबीचको साँठगाँठ यस्तो विन्दुमा पुगेको छ कि आजकल यसलाई मोदानी भन्न थालिएको छ । यो मोदनीले भारतका जताततै नदीनाला, जंगल र जमिन कब्जा मात्र गरिरहेको छैन, सरकारलाई आफ्नो मातहतमा ल्याएर दक्षिण एसियाका सबै देशका बन्दरगाह, विमानस्थल र जमिन पनि कब्जा गरिरहेको छ । यसले सार्वजनिक जीवनलाई नियन्त्रण गर्न खोजिरहेको छ । कम्युनिस्ट शक्ति, लोकतान्त्रिक शक्ति, कमरेडहरु, नयाँ नेपाल, स्वतन्त्र, सार्वभौम, लोकतान्त्रिक र समृद्ध नेपाल निर्माणका लागि तपाईले लामो समयदेखि संघर्ष गरिरहनु भएको छ । हामी भारतका क्रान्तिकारी कम्युनिस्टहरु र भारतका जनवादी जनता तपाईहरुको साथमा छौं । यस संघर्षमा तपाईको विजय निश्चित छ ।
कमरेडहरु,
नेपाल महान देश हो । यो देश महान गौतम बुद्धको जन्मस्थल हो । आज ब्राम्हणवादीहरुले गौतम बुद्धलाई विकृत पारेका छन् र बुद्धले सुरु गरेको सामाजिक,राजनीतिक आन्दोलनलाई धार्मिक आन्दोलनमा परिणत गरेका छन्, जसले गर्दा बुद्धको क्रान्तिकारी भावनाको हत्या भएको छ । तर गौतम बुद्ध शान्ति, करुण र मित्रताका दुत मात्र थिएनन्, हरेक अर्थमा क्रान्तिका दुत थिए ।
जाति व्यवस्थाको विरोध गर्दै समतामूलक समाज निर्माण गर्ने र समानताको उपदेश दिने उनी नै पहिलो व्यक्ति थिए । नेपाली जनता महान् छन् र नेपाल कम्युनिस्ट पार्टी सफल हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । हामी तपाईको एकता महाधिवेशनको सफलताको लागि शुभकामना दिन्छौं ।

चिनियाँ जन पार्टी
कमरेडहरु
,
तीनवटा नेपालका कम्युनिस्ट पार्टीको एकता भएको थाहा पाउँदा हामी धेरै खुशी छौं । हामी चीन जनपार्टी माओ जेडोङ्ग (माओको विचार, सिद्धान्तको रक्षाको पक्षमा छ । हाम्रो तर्फबाट तपाईहरुलाई बधाई छ । आर्थिक कारणले हामीले तपाईको एकता महाधिवेशनमा प्रतिनिधि पठाउन सकेनौं । तपाईहरु सबै कमरेडहरुलाई बधाई छ ।
जनरल सर्भिस टिम अफ चिनियाँ जन पार्टी

डोमिनिकल गणतन्त्र कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)
डोमिनिकन गणतन्त्र कम्युनिस्ट पार्टी (माले) ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशनलाई स्वागत गर्दछ । तपाईहरुको पार्टीको बुद्धिमत्तापूर्ण निर्णयलाई बधाई दिन चाहन्छ । एउटै संगठनमा आबद्ध हुन सहमत हुनु भनेको विजय हासिलका लागि महत्वपूर्ण कार्य हो । यहाँहरुको महाधिवेशनको सफलताको शुभकामना ।
क्रान्तिकारी एकता जिन्दवाद ।
अन्तर्राष्ट्रिय ऐक्यबद्धता जिन्दवाद ।

युरालका माओवादीहरुको युनियन, रसिया
नेपाली कमरेडहरु, अभिवादन
आइकोर (अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट पार्टी र संगठनहरुको समन्वय समिति) मार्फत् हामीले तपाईहरुको आगामी महाधिवेशनबारे जानकारी प्राप्त ग¥यौं । यो निकै महत्वपूर्ण समाचार हो । एकता प्रक्रियाको पूर्णताका लागि हामीले हाम्रो पार्टी युरालका माओवादीहरुको युनियन, रसियाका तर्फबाट हार्दिक बधाई दिन चाहन्छौं । नेपालका कम्युनिस्टहरुको एकता हुँदैछ भन्ने कुराले हामी खुशी भएका छौं । दुःखको कुरा हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशनमा आउन पाएनौं ।
प्रिय कमरेडहरु,
हामी त्यस महाधिवेशनमा प्रतिनिधि पठाउन नसके पनि हृदयदेखि नै यहाँहरुको एक्ता महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । भविष्यमा अन्तर्राष्ट्रियस्तरमा तपाईहरुसित हामी सूचना आदानप्रदान गर्न र सहकार्य गर्न चाहन्छौं ।
माओवाद र अन्तर्राष्ट्रिय ऐक्यबद्धता–जिन्दावाद ।
क्रान्तिकारी अभिवादन सहित, युरालका माओवादीहरुको युनियन रसिया

अष्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)
कमरेडहरु,
तीनवटा पार्टीहरु एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा अभिनन्दन गर्दछौं ।
दलाल तथा नोकरशाही पुँजीवाद र राजतन्त्रका विरुद्धमा सफलतापूर्वक विकास भइरहेको जनयुद्ध संसदमा फसेर ठूलो सेट व्याक खाएको छ । हामीलाई आशा छ तपाईहरुको एकताले नेपालमा क्रान्तिकारी आन्दोलनलाई पुनः स्थापित गर्नेछ ।
अस्टे«ेलियामा अहिले नेपालीहरुको संख्या वृद्धि भइरहेको छ । २०२२ जुनको अन्त्यसम्म १ लाख ५१ हजार १ सय ४० नेपालीहरु अस्ट्रेलियामा रहेको तथ्यांक छ । जब कि २०१२ जुन ३० मा नेपालीहरु ३० हजार ७ सय ३० जना मात्र अस्ट्रेलियामा थिए । १० वर्षमा ५ गुणा बढी नेपालीहरुको संख्या वृद्धि भएको छ । बाहिरबाट आएर अस्ट्रेलियामा बस्ने जनसंख्या मध्ये नेपालीको संख्या १० औं नम्बरमा पर्दछ । यो संख्या भनेको अस्ट्रेलिया भन्दा बाहिरबाट आएकाहरु मध्येको २.० प्रतिशत र अस्टे«लियाको कुल जनसंख्याको ०.६ प्रतिशत हो । ती नेपालीहरु केहीले उनीहरुको क्षमता र व्यावसायिकताका कारण निसन्देह अस्ट्रेलियाली पुँजीवादमा समाहित हुँदैछन् । यहाँ नेपाली मूलका भुटानी शरणार्थीहरु पनि छन्, जो तल्लो तहको ज्यालामा काम गर्न बाध्य छन् । उनीहरु अस्ट्रेलियाको सर्वहारावर्गको तल्लो तहमा पर्दछन् । उनीहरुको रोजगारीको सुरक्षा छैन । हामीले नेपाली अस्टे«लियालीहरुलाई नेपालमा क्रान्तिको प्रगतिबारे अपडेट गराउने प्रयास गराउने छौं । हामीले सम्पूर्ण कामरेडहरुलाई नेपालमा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन (पुनस्र्थापित गर्न) शुभकामना दिन चाहन्छौं ।
निक जि.
अध्यक्ष, अस्ट्रेलिया कम्युनिस्ट पार्टी,
३० अगस्ट, २०२४

कोलम्बियाली माओवादी कम्युनिस्ट पार्टी
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कामरेडहरु, कोलम्बियाली माओवादी कम्युनिस्ट पार्टीको तर्फबाट यहाँहरुलाई भाइचारापूर्ण अभिवादन छ । यहाँहरुको राष्ट्रिय एकता महाधिवेशनका बेलामा विश्वभरीका मजदुर र उत्पीडित तथा क्रान्तिकारी पार्टी र संगठनहरुका लागि निकै अनिश्चित र कठिन स्थिति छ ।
अन्तरसाम्राज्यवादी संघर्ष चलिरहेको बेला तपाईहरुको राष्ट्रिय एकता महाधिवेशन हुँदैछ । यस्तो संघर्षले नयाँ विश्व व्यवस्थाको उदय हुनेछ । जस्तो कि युक्रेनमा युद्ध भइरहेको छ, गाजामा जाति हत्या भइरहेको छ, इजरायलको फासीवादी यहुदीवादी शासनले लेवनान र सिरियामा आक्रमण गरेको छ। जीवनको वैकल्पिक उपायको खोजीमा उत्पीडक र शोषकहरुका विरुद्ध जनता उठ्नेछन् ।
हामीलाई आशा छ कि तपाईहरुको महाधिवेशनको छलफलले महत्वपूर्ण निश्कर्ष निकाल्नेछ । त्यसबाट नेपाली जनताको क्रान्तिकारी प्रक्रियालाई समाजवादतर्फ सुदृढ गर्दै जानेछ ।
अन्तर्राष्ट्रियतावाद विश्व क्रान्तिकारी कार्यको सिद्धान्त हो । यसले हामीलाई झन झन सहयोग, एकता र संघर्षमा लैजान्छ ।
–भाइचारा र क्रान्तिकारी आत्मियता सहित ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?