क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ ।

पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ ।

मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो ।

महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेकाे जानकारी नेता सीपी गजुरेलले दिए ।

जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।

प्रत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति बाचन सन्तबहादुर नेपाली ‘असीम’ले गरेका थिए भने समसामयीक प्रस्ताव बाचन हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गरे । त्यस्तै पत्रकारकाे प्रस्नकाे जबाफ नेता सिपि गजुरेलले दिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?