
काठमाडाैँ श्रीकृष्ण वि.क.को हिरासतमा भएको हत्याको विरोधमा माइतीघरमा कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल , एकीकृत दलित मुक्तिमोर्चा नेपालको आयोजनामा काठमाडाैँको माइतीघरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दलित नेताहरुले श्रीकृष्ण वि.क.को हिरासतमा यातनापछि हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविनको माग गरे।

उच्च जातकी किशोरी सँग विवाह गरेको भएपनि श्रीकृष्णलाई बलात्कार गरेको आरोप लगाइ ललितपुर प्रहरीले वैशाख ३ गते पक्राउ गरेर खुर्कोट पठाएको थियो । सुनकोसी गाउँपालिका–३, जुम्लेडाँडाका २३ वर्षीय श्रीकृष्णको खुर्कोटस्थित हिरासतभित्रै वैशाख ७ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको थियो ।
