युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ : युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ठमेल स्थित यात्री होटलमा आइतबार र सोमबार गरी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

एन टिए,एनएनटिए र इष्टु गरी तिन घटक संगठनमा आवद्ध बौद्धिक शिक्षक शिक्षिकाहरुले युनाइट प्रोग्राममा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा एक्सनएडले आफ्नो कार्यक्रमिक योजना प्रस्तुत गरेको थियो ।

इष्टुका अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई दिएको जानकारी अनुसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।इआइले नेपालमा शिक्षक शिक्षिकाहरुले पाउने पेसागत अधिकार, सरकारलाई तिर्नुपर्ने कर,बालअधिकार,वर्तमान विज्ञान र प्रविधि तथा वातावरण जस्ता क्षेत्रमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

विगत वर्षहरुमा सामाजिक सुरक्षाकोष महिला हिँसा बिरुद्ध सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गर्दै आएको र अहिले बाल अधिकार र विज्ञान र प्रविधिन्मोख विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न पछि सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सहभागीहरुले आ-आफ्नो टिप्पणी समेत प्रस्तुत गरेका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?