गोरखा भर्ती बन्द हुनु पर्दछ : अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु

काठमाण्डौ : गोरखा भर्ती बन्द र साम्राज्यवादी शोषण रोकिनु पर्ने माग गर्दै विश्वमा क्रियाशील अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु– माक्र्सिस्ट लेनिनिस्ट पार्टी जर्मनी ,सिपिआई एमएल मास लाईन् ,टिकेपी एमएल (कम्युनिष्ट पार्टी अफ टर्की माक्र्सिस्ट लेनिनिष्ट ) र पि बि एस पी बंगलादेशका प्रतिनिधिहरुले एक वक्तव्य जारी गरेका छन् । डिसेम्बर ३ ,२०२४ मा जारी एक वक्तव्यमा गोरखा भर्तीको नाममा नेपाली युवाहरुलाई अनेक असमान शर्तहरु मान्न बाध्य पारिएको ,तलब तथा पेन्सनमा विभेद रहेको र साम्राज्यवादीहरुले नेपाली युवाहरुलाई शोषणमा पारिरहेको भन्दै गोरखा भर्ती बन्द हुनुपर्ने र साम्राज्यवादी शोषण रोकिनु पर्ने कुरा उल्ल्ेख छ । वक्तव्यमा भूतपूर्व गोरखा सैनिक संगठन बिगेसोले चलाएको अभयानप्रति ऐक्यबद्धता पनि प्रकट गरेको छ । वक्तव्यमा अगाडि भनिएको छ – गोरखा भर्ती बन्द हुनु पर्दछ : साम्राज्यवादी शोषण रोकिनु पर्दछ
हामी यहाँ हस्ताक्षर गर्ने पार्टी र संगठनहरुले गोरखा भर्ती विरुद्धको अभियानको पक्षमा र विदेशी सेनामा नेपाली युवाहरुको भर्ती , शोषण भइरहेको र गोरखा भर्तीलाई रोक्नु पर्ने माग राखेर भूतपूर्व गोरखा सैनिक संगठन (बिगेसो)ले चलाएको अभियानको पक्षमा ऐक्यबद्धता प्रकट गर्दछौं ।
२ सय वर्ष अघिदेखि गोरखा भर्तीको नाममा साम्राज्यवादी उद्देश्य पूरा गर्न नेपाली युवाहरुलाई विदेशी सेनामा भर्ती गर्ने जुन अभ्यास रहेको छ त्यो मानव अधिकारको समेत उलंघन हो ।
१९४७ को त्रिपक्षीय सम्झौताले गोरखा भर्तीको व्यवस्थालाई स्थापित गरेको छ । जसले ४२ हजार नेपाली युवाहरुलाई असमान तलब, अपर्याप्त निवृतिभरणका साथै विभेदकारी व्यवहार गर्दै आएको छ । भारतले नेपाली युवाहरुको भर्तीकोलागि अग्निपथ जस्तो योजनामा नेपाली युवाहरुलाई भर्ती गर्दै आएको छ ।
अग्निपथ योजनामा नेपाली युवाहरुको चार वर्षको अर्थपूर्ण मेहनत ,पसिना केवल काम नभएको जस्तो हुन पुगेको छ ।बेलायतबाट पनि त्यस्तै भइरहेको छ । ब्रिटेनले पनि गोरखा सैनिकहरुलाई विदेशी युद्धहरुमा विभिन्न शोषणमूलक शर्तहरु सहित प्रयोग गर्ने गर्दछ । हामीले वेलायत, भारत सिगापुर ब्रुनाइसंग नेपाली युवाहरुको भर्ती गर्ने योजना तत्काल रोक्न माग गर्दछौं ।
युवाहरु भर्ती गर्ने अभ्यास जुन भैरहेको छ त्यो मानवअधिकारको गम्भीर उलंघन हो । यो स्पष्टरुपमा मानव वेचबिखन हो । यो चलन नेपाली युवाहरुको सम्मानको विरद्धमा छ विभेदकारी कानुनले गर्दा उनीहरुको श्रमको शोषण भइरहेको छ र उनीहरुको न्यायिक समानताको अधिकारको वेवास्ता गरिएको छ ।
वेरोजगारीको समस्याले नेपाली युवाहरुलाई उनीहरुको चर्को शोषणको वेवास्ता गर्दै विदेशी सेनामा भाग लिन बाध्य पारेको छ । कुनै पनि जनतालाई यस किसिमले योजनाबद्ध तरिकाले दूरोपयोग हुन बाध्य पारिनु हुँदैन । उनीहरुको गलत कामको विरोध गर्ने हाम्रो नैतिक दायित्वको कुरा हो ।
हामीले बिगेसोले जारी राखेको गोरखा भर्तीमा भएको असमानताहरुलाई प्रकाशमा ल्याउने अभियानको प्रसंशा गर्दछौं । हामी असमान शोषणमूलक गोरखाभर्ती खारेजीको माग गर्दछौं र नेपाली जनताको न्याय र अधिकारको मागको सम्मान गर्दछौं । धन्यवाद ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?