काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले ३ न. प्रदेश सल्लाहकार सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवार जनमा हार्हिक समवेदना प्रकट गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ३ न. प्रदेश संयोजक अटलले २०८१ पौष १ गते एक शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनमा समवेदना प्रकट गर्नु भएको हो ।
वक्तव्यमा अगाडि भनिएको छ ।–“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश सल्लाहकार कमरेड सावित्री खरेलकी ममतामयी आमा पदमकुमारी खरेल (बोलाउने नाम सरस्वती)को यही मंसिर २५ गते दुःखद निधन भएको छ । सर्व प्रथम हाम्रो पार्टी पदमकुमारी खरेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै प्रदेश सल्लाहकार सावित्री खरेललगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उहाँ १९९६ साल भदौ १ गते जन्मनु भएको थियो र ८५ वर्षको उमेरमा मृत्यु भएको छ ।”
