क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा शिक्षक आन्दोलनको ऐक्यबद्धता
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शिक्षकका जायज मागहरूको समर्थन जनाएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले शुक्रबार वक्तव्यमार्फत शिक्षकका जायज मागहरूको समर्थन जनाएका हुन् । कार्यवाहक महासचिव गौरवद्वारा २०८१ चैत २२ गते शुक्रबार जारी वक्तव्यमा भनिएको छ, “नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा गत केही दिनदेखि देशभरिका शिक्षकहरु आन्दोलनमा छन् । नेपाल सरकारसँग पटकपटक भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गरी तत्काल त्यसको कार्यान्वयन होस् भन्ने महासङ्घको माग रहेको छ । सर्वप्रथम, हाम्रो पार्टी शिक्षकका जायज मागहरुको समर्थन गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ । ” जारी वक्तव्यमा भनिएको छ, “नेपालको शिक्षा नीति जनविरोधी रहेको छ । निजीकरणको नाममा…