
कमरेड बसवराजु अमर छन् !
हामीले दुःखका साथ थाहा पायौं कि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव र अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अग्रगामी सेनामध्ये एक, नम्बल्ला केशव राव, “कमरेड बसवराजु” ले फासीवादी भारतीय सैन्य बलसँगको झडपमा २७ छापामारहरूसँगै आफ्नो ज्यान गुमाए । त्यही झडपमा परी भाकपा (माओवादी) का अर्का महत्वपूर्ण कार्यकर्ता सइजा नैस्वर रावले पनि आफ्नो ज्यान दिए ।
राज्यका सञ्चार माध्यमहरुले उनी युद्धभूमिमा मारिएका थिए भन्ने दाबी गरेका छन्, तर तिनीहरूले नेताहरूको मृत्युको बारेमा जनतालाई प्रायः भ्रमित गर्ने गर्छन् । विगतमा, तिनीहरूले कमरेड किसनजीलाई निर्ममतापूर्वक हत्या गरे र त्यसलाई मुठभेडमा मारिएको बताए । तर पछि त्यो नक्कली मुठभेड भन्ने साबित भयो । त्यसकारण, कमरेड बसवराजलाई पनि त्यस्तै तरिकाले मारिएको हुन सक्छ । जे भने पनि अन्य २७ जना कमरेडहरु सहित उनीहरूले बसवराजुको नृशंस हत्या गरे ।
कमरेड बसवराजु र हाम्रा अन्य कमरेडहरूको अमरत्व भारतीय मजदुर वर्ग, किसान वर्ग र जनताका साथै भाकपा (माओवादी), जनमुक्ति गुरिल्ला सेना (पीएलजीए) र विश्व कम्युनिस्ट आन्दोलनका लागि ठूलो क्षति हो । तर हामीलाई थाहा छ, दर्जनौं भारतीय कम्युनिस्टहरूले कमरेड बसवराजुको ठाउँ लिनेछन् र जनताको जनवादी क्रान्ति सम्पन्न गर्नेछन् ।
कमरेड बसवराजु एक कम्युनिस्ट नेता थिए !
कमरेड बसवराजुले युवा उमेरमा विद्यार्थी आन्दोलन भित्र संगठित भएर आफ्नो संघर्ष सुरु गरे र पछि उनले पार्टीले दिएका विभिन्न कार्यभारहरू सम्हाले । विशेष गरी पीएलजीएको निर्माण र त्यसको विकासमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतका माओवादी शक्तिहरूको एकीकरणमा उनको महत्वपूर्ण योगदान थियो र २००४ मा भाकपा (माओवादी) गठन हुँदा उनले राजनीतिक ब्यूरो र केन्द्रीय सैन्य आयोगको जिम्मेवारी लिए र त्यसको नेतृत्व गरे ।
२०१८ मा ६५ वर्षको उमेरमा, कमरेड बसवराजुले भाकपा (माओवादी) को महासचिवको भूमिका ग्रहण गरे र ७२ वर्षको उमेरमा उनी मे २२, २०२५ मा युद्धमा परे । बढदै गएको उमेरका बावजुद उनले पार्टीको नेतृत्व गरे र फासीवादी भारतीय राज्यको आक्रमणका विरुद्ध जनयुद्धलाई अगाडि बढाए ।
यस्तै गरी, कमरेड बसवराजु अन्तर्राष्ट्रिय सर्वहारा वर्गको साझा संघर्षका लागि काम गर्ने र त्यसमा योगदान दिने एकजना नेता थिए । शत्रुका सबै घेराबन्दी र विनाशकारी आक्रमणहरूका बावजुद, भारतीय कमरेडहरूले विश्वभरका धेरै कम्युनिस्ट पार्टीहरूसँग सम्बन्ध कायम गरे र माओवादी पार्टीहरूको केन्द्रीय एकता स्थापना गर्न उनले महत्वपूर्ण सैद्धान्तिक योगदान पु¥याए ।
शत्रुले आक्रमण गर्छ भने बुझ्नुु पर्छ कि कुरा ठीक छ !
कमरेड माओले वर्षौं अघि भनेका थिए, “शत्रुले आक्रमण गर्छ भने बुझ्नुु पर्छ कि कुरा ठीक छ !” आज, मोदीको नेतृत्वमा रहेको फासीवादी भारतीय राज्यले “अपरेसन कागर” मार्फत् जनयुद्धलाई बलियो बनाउने माओवादी आन्दोलनमाथि व्यापक आक्रमण जारी राखेको छ । यस अपरेशनमा आदिवासी जनजातिहरूमाथि व्यापक आक्रमण गरिएको छ, गाउँहरू खाली गरिएका छन्, प्रतिरोध गर्नेहरूको हत्या गरिएको छ र उनीहरूलाई यातना दिइएको छ । भारतको भूमिगत र जमिनी स्रोतहरू साम्राज्यवादीहरूलाई सुम्पन गरिएको यो आक्रमणलाई भारतीय कम्युनिस्टहरूको संघर्ष र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको योगदानले विफल पार्नेछ ।
नयाँ जनवादी भारत स्थापनाका लागि आफ्नो युवावस्थादेखि पचास वर्षसम्म संघर्ष गर्दै आएका र शत्रुका विरुद्धको युद्धमा मृत्युवरण गरेका कमरेड बसवराजु अन्तर्राष्ट्रिय सर्वहारा वर्ग र उत्पीडित जनताको हृदयमा सधैंभरि बाँचिरहने छन् ।
कमरेड बसवराजु अमर छन् !
भारतीय जनताको संघर्ष जिन्दावाद !
सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !
मइ २५ सम्मका हस्ताक्षरकर्ताहरु :
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
पूर्व बङ्गलाको सर्वहारा पार्टी (पीबीएसपी/बंगलादेश)
देशभक्त जनवादी समाजवादी पार्टी – ट्युनिसिया (पीडीडीएस टुनुस)
टर्कीको कम्युनिस्ट पार्टी – माक्र्सवादी लेनिनवादी (टीकेपी–एमएल)
युरालका माओवादीहरूको संघ
स्विट्जरल्याण्डको कम्युनिस्ट पार्टी
क्रान्तिकारी कम्युनिस्ट पार्टी (अर्जेन्टिना) – पीसीआर
अफगानिस्तानको (माओवादी) कम्युनिस्ट पार्टी
पार्टिडो कम्युनिस्टा रिभोलुसिनारियो डेल उरुग्वे