देवकोटा दम्पतीलाई हदैसम्मकाे कारबाही गर-क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गाेरखा

गाेरखा : जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको छ ।

बिहिबार विज्ञप्ति जारी गर्दै पार्टीले अजिरकोट गाउँपालिका ५ बाट जिसस सदस्यमा निर्वाचित देवकोटा र उनका श्रीमानले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाले पार्टीलाई अत्यन्त दुखित र गम्भीर तुल्याएको उल्लेख गरिएको छ ।

जिल्ला पार्टी सेक्रेटरी रविद्वारा हस्ताक्षित विज्ञप्तिमा काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीद्वारा धिताल महिलामाथि भएको कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाउनु अत्यन्त निन्दनीय भएको उल्लेख छ । साथै विज्ञप्तिमा घटनाको निश्पक्ष छानबिन, पीडितको उपचारको ब्यवस्था र कसुरदारलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

प्रेस बक्तब्य

गोरखा जिल्ला अजिरकोट गाउँपालिका- ५ बाट जिसस सदस्यमा निर्वाचित इन्दिरा देवकोटा र उनका श्रीमान निबृत्त शिक्षक रामचन्द्र देवकोटाले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटना प्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गोरखाको गम्भीर ध्यानाकर्षण भएको छ । काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीले धिताल महिला माथि कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाएको घटनाको निश्पक्ष छानबिन गरी पीडितको उपचारको ब्यवस्था मिलाउन र जनप्रतिनिधिको निकृस्ट व्यबहारको निन्दा गर्दै पिडितलाई न्याय र कसुरवाला देवकोटा दम्पतिलाई हदै सम्मको कार्वाहीको लागि हाम्रो पार्टी जोडदार माग गर्दछ ।

क. रबि जिल्ला सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, गोरखा मिति: २०८२/०२/२२

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?