
नेपालमा नेपाली जनताले १०४ बर्षको राणाकालीन अन्धकार कालारात्रिको समय विताउनु परेको थियो । निरङकुश जहानिया सामन्ती शासनबाट स्वतन्त्र एबं मुक्ति पाउँनकालागि धेरै लामो समय सम्म संघर्ष गर्नु परेको थियो । राणाहरुबाट अमानवीय तरिकाबाट गरिएका अपराधिक हत्या, मनमा लागेका कुरा बोल्नेका जिब्रा काटने,लेख्नेका हात काटने,विरोध गर्नेलाई समाप्तै पार्ने ,सम्पत्ति पाए जति थुपार्ने, देश निकाला गर्ने,सुझबुझ भएका विद्धानहरुलाई काक्रो चिर्दा झै चिरेर माता,पिताकै अगाडि नुन चुक दलेर,रुखमा झुण्डाएर हत्या गर्ने,जघन्य अपराध यस्ता सयौ हर्कतका यस्ता पीडादायी घटना परिघटना नत बढाइ चढाइ हुन नत काल्पनिक कथा हुन यथार्थ र वास्तविक घटना हुन् ।
राणााहरुले आफना सन्तानका लागि घरमै शिक्षा आर्जनको ब्यबस्था,घरमै विदेशबाट मगाएर शिक्षकको ब्यबस्थागर्ने, बिदेशमा पठाएर पढाउने तर जनतालाई पूुरै अन्धकारमा राखेर चरम दमनमा राखे । शिक्षा भनेको केहो ? नाम समेत सुन्न पाएनन । मानब भै बाँच्न समेत नपाउँने गरि देश र जनतालाई दाससरी बनाएर एक छत्रिय स्वेच्छाचारी मनपरि शासन चलाए । पशुबत ब्यबहारको नारकीय जीवनका हर्कतहरुको क्षणिक स्मरण गर्न सम्म सकिन्न । नेपाली जनता,हाम्रा अग्रजहरुले त्यति लामो समय प्रत्यक्षरुपमा कसरी भोगे होलान ? कसरी बिताए होलान ? २४०बर्षको समय नेपाली जनताको लागि औसिको मध्य रात्रिकालीन थियो । त्यतिबेला पनि राजतन्त्रको नाम त थियो तर राणाहरुकै निगरानिमा बस्नु पर्दाको छटपटाहटमा राजा त्रिभुबनले अति संबेदन एबं चलाखिपूर्ण तरिकाबाट राणाशासनको अन्त्य गरेर आफनो पुर्खाको विरासत खोस्न सक्ने तागत जनता बाहेक अरुसंग नभएको निष्कर्षमा पुगे र जनता उपयोग गर्ने तानाबाना बुन्न थाले । जननेता संग सम्पर्क बढाए राणा विरोधी बलिया आधार निर्माण गरी आन्दोलनका कृयाकलापहरु अगाडि बढाए । जनता जागे जनताको सामु केही लागेन ।
आखिर वाम, काँग्रेस,राजा, राणाको विच भारतको दिल्लीमा सम्झौता गरी राणा शासनको अन्त्य र प्रजातन्त्रको घोषणा भयो । देशमा एउटा हाबा चल्यो – राणा शासनको अन्त्य भयो भनेर जनतालाइ सुनाए । मिडिया बाजि गरे । प्रजातन्त्र आयो भनेर खुशीयाली मनाए तर २००७ सालको कथित प्रजातन्त्र पनि नामको भ्रम मात्र थियो । जनताको लागि थिएन । कथित प्रजातन्त्रको फाइदा राजतन्त्रलाई थियो । राजतन्त्रकै नाटकीय मनचनमा २००७ साल देखि २०१७ साल सम्मको अबस्था अराजक गुण्डा गर्दि लुटपाट हत्या, हिंसा, चोरी, डकैति, समाजमा आतंकं फैेलाएर प्रजातन्त्र असफल ,बदनाम गराएर कु गर्ने दाउँमा थियो । समय अनुकुल पारेर २०१७ शाल पौष १ देखि राजा महेन्द्रले प्रजातन्त्रको नाम पनि कु गरेर नेपाली जनता माथि कुठाराघातको जग बसाइयो । त्यो दिन पनि नेपाली जनताको लागि कालो दिन थियो । नेपाली जनताले २०१७ देखि २०४६ सम्मको ३० बर्षे पन्चायत नामको एकदलीय,निरङकुश शासनको समय कसरी बिताए ?जनताले पन्चायति शासनमा के के भोग्न देख्न प¥यो?
नेपाल र नेपाली जनताको लागि ३० बर्षे पन्चेहरुको राइदाइको कथा ब्यथा थोरै समयमा उल्लेख गर्न कठिन हुन्छ । किनभने पन्चेहरुको शासन कालमा भए गरेका अमानवीय अपराधहरुको ग्रन्थ नै बन्छ । पन्चेहरुले शासन गरेको अवधि छोटो छ तर राणाशासनको १०४ बर्षमा गरिएका हर्कत भन्दा ३ गुणा बढी छ ।
१) सर्ब प्रथम त पन्चायती शासनकालमा सामन्तबादको बलियो जग आधार निर्माण गरे । राजतन्त्रलाई पन्चेहरुले बिष्णुको अबतार,भगवानको रुप मान्न बाध्य बनाए । राजाको मृत्यु हुँदा जनताले अनिबार्य नुन बार्ने कपाल फाल्ने,कृया गर्नुपर्ने । ब्रामणहरुले सरातमा पनि तर्पण दिनु पर्ने कुसंस्कार बनाए ।
२) राजा र राजपरिवारको विदेश भ्रमणमा जादा,आउँदाको समयमा देशमै पुर्णतया बिदा गर्नुपर्ने ।
३) राजा र राजपरिवारको जन्म दिनमा बाजागाजा सहित करौडोको ढुकुटी रित्तायर भएपनि दिवशको रुपमा जनताको अनिबार्य उपस्थित हुनै पर्ने नियम बनाए ।
४)राजपरिवारले संबिधान, कानुन मान्न नपर्ने संंबिधान भन्दा माथि रहने नियम बनाए । कसैले राजपरिवाले जेजे अपराध गरेपनि विरोध गर्न नपाइने । समाजका राम्रा,राम्रा हजारौं युबति छानेर राजदरबारका हरेक ठाउँ,ठाउँमा राखेर राजा यता उता हिडँदा भ¥याङ उक्लदा लाइनमा बसेर संबेदनशिल अगंमा स्र्पश गर्दै हिडनु पर्ने मोज मस्तिमा बसेर विश्वका महगां हिस्की,ब्राणडी,जगंलका अमूल्य जनाबरको मासु ,मौसुफबाट के हुकुम बक्सिन्छ ।पुरै रक्षकहरुको तैनाथ एउटा हरियो काक्रो लिनका लागि डेढ दुइ लाख सम्म हेलिकप्टरको चार्ज खर्चेर मौसुफको हुकुम पुरागनु पर्ने यस्ता हर्कत कुनै बाकी रहेनन ।
५)यिनी हर्कत राजा राजपरिवारले मात्र होइन । गाउँ गाउँका पन्चे नामका राजाका मतियार दलालहरुले समेत लाटा सोझा इमान्दारहरुबाट रैकर ठगि लुट ब्रम्ह्लुट हत्या हिम्सा ठेकि कोशेली बेठ बेगारी झारा खारा जति तोक्छन सबै बुझाउनु पर्ने । हुने खाने लाटा सोझाबाट आर्थिक मिठा मिठा बस्तु राजाको नाममा असुल्ने हैकम जमाएर बिरोध गर्नेलाइ राजद्रोहैका झुटा मुद्धामा फसाएर दुख दिने । भएभरका रामा्र राम्रा जग्गा,जमिन आफना,नाममा आफन्त परिवारका नाममा,नापि गर्ने । जनताका छोराछोरीले आफनो मेहनत बाट पढेर नाम निकाली हाले भने पुलिस रिपोर्टबाट दलालहरुलाई सन्तुष्ट बनाएर मात्र जागिरमा प्रबेश गर्न पाउने । त्यसमा पनि यदि चुनाबमा आफुलाइ सहयोग नगरेको रहेछ भने त्यही मौकामा उल्टो अबझोट राजविरोधि,ब्यबस्था बिरोधिको आरोपमा जेल सजाय भोगनु पर्ने ।उस्तै परे त्यहिबाटै मारिनु पर्ने ।
५)ऐलानिमा बस्नेहरु जागिरेदार यिनी दुबैथरि पन्चेका दुहुना भैसि हुन किनभने जागिरे हरुलाइ जागिर बचाउन र अपाएक सरुवा को धम्किमा आफनो झोले ,पिछलग्गु बनाउने ऐलानिमा बस्ने हरुलाइ सरकारी जग्गामा बसेको उठिबास लाग्ने त्रासमा भोट बैंक बनाउने कहिले पनि यि दुइ थरि स्वतन्त्र हुन पाएनन सधै त्रासमै बाच्नु पथर््यो ।
६) पन्चेहरु र राजाका पृयपात्र हुनेहरुले त कति लुटे,कति हत्या गरे ,कति बेपत्ता पारे,कति यौन शोषण पछिको हत्या, हिंसा, मानब बेचविखन कति गरे । कति जंगल मासिए त्यसको लेखा जोखा गरि साध्यै छैन ।
गणतन्त्र्र प्राप्तिको १८ बर्षकै अवधिमा नेपाली जनताले गणतन्त्रको विकल्प खोजी गर्ने अबस्था किन आइ लाग्यो ?
यो अबस्था आउनुमा देश र जनताको लागि दुःखद पक्ष हो । नेपाली जनताले स्वतन्त्रता एबं सामन्तबादको पन्जाबाट मुक्तिका खातिर सदियौं बर्षदेखि संघर्ष गर्दै आए । जहिले पनि बिरोध,सघंर्ष,आन्दोलनको उत्कर्षता सम्झौता धोका यस्तै अबस्थामा गुज्रदै गयो तर २०५२ देखि नेपालमा ने.क.पा. माओवादीको नेतृत्वमा महान जनयुद्धको घोषणा भयो । २०५८सम्म खासै युद्धले लिनुपर्ने रुप दिन सकेको थिएन । जब २०५८ जेठ १९ गते राति दरबार काण्डको दुखद घटना हुन पुग्यो । उक्त समयमा नेपालमा कृयाशील ७ दलहरु मिलेर आफना मागहरु अगाडि सार्दै संयुक्त आन्दोलन गरिरहेका थिए । त्यो आन्दोलन मर्नु न बाँच्नुको अबस्थामा थियो । जब एकातिर माओबादी नेतृत्वको जनयुद्ध पेचिलो बन्दै थियो । अर्को तर्फ दरबार काण्ड पछाडि नयाँ राजाको स्थापना भयो । दरबार हत्याकाण्ड पछि दलहरुको आन्दोलन झनै चिसीदै जान थाल्यो तर दलहरु माथि निगरानी ,दमन हुन क्रम बढयो । दुइतिरको दबाबमा दलहरुको आन्दोलन दुईढुगां तरुलको अबस्थामा पुग्यो । दुबै पक्षको सहमतिबाट आन्दोलनले एउटा रुप लियो । जनतामा पनि विस्वास बढदै गयो । युद्धले पनि शक्ति सन्तुलन गर्ने मौका पायो । अनि आन्दोलन र युद्धको एउटै लक्ष्य भएपछि छोटो समयमा उत्कर्षमा पुग्यो । राजतन्त्र जनताको शक्ति सामु झुक्न बाध्य भयो तर फेरि पनि सम्झौतामै टुगींयोत्यो दिन फेरीपनि नेपाली जनताले धोका पाए ।महान जनयुद्ध बर्गिय दुश्मनको चगुंलमा फस्यो ।माओबादीको नेतृत्वबाट नेपाली जनताले ठुलो अन्र्तघात धोका बेहार्नु परयो ।
तत्कालीन माओवादी नेतृत्वले कहाँ कहाँ के के कुराको गल्ति ग¥यो ?
१) युद्धका ऐतिहासिक हतियार लगायतको अकुत संपत्ति साम्राज्यबादलाई बुझाइयो ।
२)युद्धमा गृहस्थि ,परिवार सबै त्यागेर क्रान्तिमा होमिएको सेना क्याटेनमेन्टमा कैद गराएर पैसामा बिक्रीगर्ने र अयोग्यको बिल्ला भिरायरक्रान्तिका योद्धाहरु लाइ समाप्त एबं अपमान गरयो ।
३)विचार,शिद्धान्त,बाट चिप्लेर साम्रज्यबादको पृष्ठपोषक र दलाल संसदबादको दलदलमा फस्यो ।बिगतमा टाउकाको मूल्य तोक्ने हरुसंग घाटि जोडन पुग्यो ।
४)नेता कार्यकर्ता अपुत,अबैधानिक समंपत्ति कुम्लायर धनि बन्ने ,मोज मस्तिको जीवन बिताउने अभिलाषामा कमिसन,भ्रष्टाचारीका अगुवा बनेर पार्टी विचारको धज्जि उडाए पश्चिमा सस्कृतिको अझ नमुना बिकृतिमा उत्रिए ।
५)शहिद,अपागं,बेपत्ता ,घाइते ,अगं,भगं लगायतका महान योद्धा का सपना चक्नाचुर पार्दै उनका परिवार समेतको चिल्लिबिल्लि बनाए ।
६)सामन्तवादका नाइकेहरुलाई थप सुबिधा दिएर संरक्षण गरी सम्मानजनक तरिकाले निबासमा दलबल सहित राख्नुको परिणाम आज भोग्न प¥यो ।
७)युद्धमैदान बाट गणतन्त्रको पहिलो प्र,म हँुदा बित्तिकै पशुपतिनाथको पुजारी र कटुवाल प्रकरणमा मुछिनु । सिंगो पार्टी क्रान्तिलाई गम्भीर धोका थियो । साथै बिस्तारवाद, साम्राज्यबाद, दलाल संसदीय ब्यबस्था र नबउदारबादको चंगुंलमा फसेर बिगतका क्रान्तिका बिरोधिहरुसंंग कहिले एकता,कहिले गठबन्धन गर्दै एकपछि अर्को गल्तिको चाङ लाग्दै जादा सिगों क्रान्तिकारी शक्ति बाहिरदै क्रान्ति जोगाउनका लागि भन्दा भन्दै त्यहा पनि जुझारु अर्थबादले प्राथमिकता पाउँदा एउटा पार्टी टुक्रेर दर्जनौ हुन पुगे त्यहि अबसर छोपेर गणतन्त्र बिरोधिहरुले ठुलो अवसर पाए पछि आन्दोलनमा उत्रे ।
अन्तमा हाल चलिरहेको राजावादी आन्दोलनको प्रसंग अहिले राजाबादी आन्दोलनमा बिगतमा जनयुद्ध,जनआन्दोलनले समेटन नसकि अपमानित भएका क्रान्तिकारी योद्धाहरु, घाइते,अपाँग बेपत्ता,शहिद परिवार लगायतको ठुलो शक्ति र बिभिन्न दलबाट असन्तुस्ट,राज्यको कारण थुप्रै समस्याका पीडित,लघुबित्तबाट पीडित ,महंगीं कमिसन,भ्रष्टाचारबाट पीडित,बेरोजगारको ठुलो पङति,अबसरबादी, नयाँ पुराना राजाबादी,हिन्दु राज्य भन्ने धर्मको नाममा यौन शोषण देखि बिभिन्न प्रकारका अपराधमा संलग्न भएका,साहु वा बैकंबाट ठूलो मात्रामा ऋण लिएर तिर्नुको साटो ठगि प्रकरणमा लागेका हरुको ठुलो जत्था केहि भाडाका र बिभिन्न प्रकारका बेरोजगारी हरुको हुल नाराबाजिमा उत्रेको,उतारेको देखिन्छ ।यो आन्दोलनले सरकार लाइ प्रशस्तै असर पार्छ तर राजतन्त्र फर्काउने कल्पना मात्र हुन्छ ।सत्ता उल्टाउन नाराबाजिको जत्था हुलले कहिल्यै संभब हुदैन ।
जेहोस अहिले गणतन्त्र १८ बर्ष पुग्दा नपुग्दै यति ठुलो गणतन्त्र माथि प्रश्नचिन्ह उठनुको पछाडि माअेबादीको कमिकमजोरी प्रमुख कारण हो । किनभने यो दोष काग्रेस ए,मा,ले लाई दिनु ब्यर्थ हुन्छ । उनीहरुको बारेमा टिका टिप्पणी गर्नु समय खेर फाल्नु हो । माओबादी आत्म समिक्षा गरेर सोच्नु पर्छ बिगतका गल्ति कमिकमजोरी सुधारेर क्रान्तिकारी शक्ति एकजुट पारेर अघि बढेर १० बर्षे महान जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त गणतन्त्रको बिकल्पमा अधुरो क्रान्ति पूरागर्दै जनगणतन्त्रको पक्षमा पुनः एक पटक जुटनुको विकल्प छैन । धन्यबाद ।