Blog

५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

५ हजार रूसी एन्टी–एयरक्राफ्ट मिसाइल रहेको भेनाजुएलाका राष्ट्रपति मादुरोको दाबी

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूसमा निर्मित करिब ५ हजार म्यान–पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताएका छन् । उनका अनुसार भेनेजुएलाको हवाई सुरक्षालाई सुदृढ पार्न यी क्षेप्यास्त्रहरू ‘शान्ति सुनिश्चित गर्नका लागि प्रमुख हवाई रक्षा स्थानहरूमा’ तैनाथ गरिएको हो । उक्त मिसाइल प्रणालीलाई रुसमा ‘इग्ला–एस’ भनिन्छ, जसले विशेषगरी कम उड्ने विमानहरू खसाल्न सक्ने क्षमता राख्दछन् । अमेरिकी पक्षले भने क्यारेबियनमा गोप्य रूपमा लडाकु विमान र नौसेनाका जहाजहरू तैनाथ गरी त्यसलाई ‘लागू पदार्थ नियन्त्रण प्रयास’ का रूपमा व्याख्या गरेको छ । अमेरिकाले हालसम्म भेनेजुएलाबाट लागुऔषध बोकेको कम्तीमा…
Read More
ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

ट्रम्पसंगको शिखर बैठक स्थगित भएसँगै पुटिनद्वारा परमाणु हतियारको अभ्यास

काठमाडौँ : रुसले बुधबार परमाणु हतियार संलग्न गराएर एक प्रमुख अभ्यास गरेको जनाएको छ। यो घोषणा अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबिचको दोस्रो शिखर बैठकको योजना स्थगित गरेको भोलिपल्ट आएको हो । क्रेमलिनले जारी गरेको भिडियोमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले पुटिनलाई उक्त अभ्यासहरूको बारेमा जानकारी दिइरहेको देख्न सकिन्छ । अभ्यासमा अमेरिकामा प्रहार गर्न सक्ने क्षमता भएका अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) हरूको अभ्यास प्रक्षेपण समावेश थियो । युक्रेन युद्धका महत्त्वपूर्ण क्षणहरूमा पुटिनले बारम्बार रुसको परमाणु शक्तिको सम्झना गराउँदै आएका छन्, जसलाई कीएभ र पश्चिमी सहयोगीहरूका लागि चेतावनीको सङ्केतका रूपमा लिइन्छ। यसै महिना नेटोले पनि परमाणु प्रतिरोधक अभ्यासहरू गरिरहेको छ…
Read More
अखिल नेपाल आदिवासी जनजाति महासंघले दिए नेपाल सम्बत ११४६ को शुभकामना

अखिल नेपाल आदिवासी जनजाति महासंघले दिए नेपाल सम्बत ११४६ को शुभकामना

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पवन मान श्रेष्ठले नेपाल सम्बत्को नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुुभकामना वक्तव्य मार्फत उहाँले सो शुभकामना दिनुु भएको हो । वक्तव्य निम्न अनुुसार छ – “नेस ११४६ कछलाथ्वः पारु(इस २०२५ अक्टोबर २२)(बिस २०८२ कार्तिक ५)विषय ः शुभकामना बक्तव्य ।नेपाल सम्बत्को नयाँ वर्ष ११४६ हाम्रो ढोकैमा आइपुगेको छ । नेपाल सम्बत्का प्रवर्तक सर्वसाधारण श्री शंखधर साख्वाःद्वारां जनताको ऋण तिरेर देशको नाममा स्थापित गरिएको सम्बत् हो । ११४६ वर्ष अगाडि शुरु भएको नेपाल सम्बत् राष्ट्रियता र जनकल्याणले भरिपूर्ण गौरवशाली राष्ट्रिय जनसम्बत् हो । नेपालीहरुको चाडपर्व तिहार अन्तर्गत…
Read More
टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

टर्की कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादीद्वारा नवनियुक्त महासचिव गौरवलाई बधाई

बधाई र ऐक्यबद्धता पत्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति प्रिय कमरेडहरू, हामी तपाईंको तेस्रो केन्द्रीय समिति बैठकको सफलताका लागि सम्पूर्ण पार्टी र नवनियुक्त महासचिव, कमरेड सी .पी. गजुरेल (गौरव) लाई हार्दिक क्रान्तिकारी अभिवादन व्यक्त गर्दछौं। तीव्र वर्गीय अन्तर्विरोधहरू चर्किदै गएको र साम्राज्यवादका विरुद्ध विश्वभरका क्रान्तिकारी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको बीचमा एेकताबद्धको आवश्यकता बढिरहेका बेला तपाईहरुको बैठक सम्पन्न भएको छ। तपाईंहरुको बैठकमा लिइएका निर्णयहरू नेपालमा क्रान्तिकारी प्रक्रियालाई अगाडि बढाउने दिशामा महत्त्वपूर्ण र समयसापेक्ष कदम सावित हुने छन् । साथै, हामी कमरेड मोहन वैद्य (किरण) लाई नेपालको पार्टी र क्रान्तिकारी आन्दोलनलाई मार्गदर्शन गर्न दशकौंदेखिको अटल समर्पण, वैचारिक दृढता र नेतृत्वको लागि…
Read More
अबको अन्तिम विकल्प समाजवाद ?

अबको अन्तिम विकल्प समाजवाद ?

लेखक– नारायणप्रसाद भण्डारी अहिले विश्वका केही देश र नेपालको अबस्था साम्राज्यवाद पश्चिमा, (र)का मतियार, नवफाँसिवाद एनजीओ आइएनजीओ एबं विचौलियाहरुले षडयन्त्रकारी गोलचक्करको चक्रब्युहमा फसाएर जेनजीको नाममा आगजनी तोडफोड लुटपाट चोरी डकैति हत्या ंिहंसा जस्ता जघन्य अपराधिक घटनाले देश पूर्णतया अन्धकारको अवस्थामा गुज्रिरहेको छ ।जेनजी समुह पर्दा बाहिर खेल्दै छन भने एन,जी,ओ आइ,एन जी ओ साम्राज्यवादी पश्चिमा दलाल पुँजीवादका मतियार, (र) का विचौलियाहरु पर्दा भित्र लुकेर भूमिगत शैलिमा आतंक मच्चाइरहेका छन । शुरुमा बंगलादेश बाट सल्केको आगो नेपाल मा पनि आइपुग्ला ? यस्तो प्रकारको हावाहुरी आएर बढारला ?हाम्रो विरासत मा कहि कतैबाट भूँइचालो आउँला ?हाम्रो यस्तो र्दुदशा होला ?भन्ने नेपालका भ्रष्टचारी ठेकदार…
Read More
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
Read More
धर्म, दर्शन र संस्कृति

धर्म, दर्शन र संस्कृति

१. वैचारिक अन्तर्विरोध र समाधानका उपायहरू समाजमा विद्यमान अन्तर्विरोधहरू विचारमा अभिव्यक्त हुने गर्छन् । हामीले प्राचीन नेपालदेखि केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना र विस्तारको प्रक्रियासम्म समाजमा विद्यमान अन्तर्विरोधहरूबारे जुन चर्चा ग¥यौँ, तिनको वैचारिक रूपमा के कस्तो अभिव्यक्ति रह्यो भन्नेबारे ध्यान दिन जरुरी छ । यो अवधिमा वैचारिक अन्तर्विरोधहरू मूलतः धार्मिक अन्तर्विरोधमा प्रकट भएका र तिनको समाधान पनि त्यसरी नै हुने गरेका पाइन्छन् । लिच्छविकालमा बौद्ध, वैष्णव, शैव, शाक्तजस्ता सम्प्रदायका साथै वेदान्त दर्शन पनि चर्चित रहेको पाइन्छ । यो वेला बुद्ध धर्मले महायानको रूप लिई अवतारवाद र मूर्ति पूजा अङ्गीकार ग¥यो र अन्तिम समयतिर यहाँ बज्रयान पनि प्रभावी देखिन थाल्यो । लिच्छविकालमा…
Read More
क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

क्रान्तकारी कम्युनिस्ट पार्टी नेपालकाे समसामयिक पारित प्रस्तावहरु

(क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिकाे यही २०८२ असाेज २९-१ कात्तिकसम्म काठमाडाैँ बसेकाे तेस्राे पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरू) १.हमास र इजायलकाबीचमा गत२०८० असोज २० (२०२३ अक्टोबर ७)देखि चलेको युद्ध दुई बर्ष पूरा भएकोछ।अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमाहमास र इजरायलकाबीचमाशान्ति सम्झौताभएकोछ ।उक्त शान्ति सम्झौतामा हमासले हतियार त्यागेर निशस्त्रहुनुपर्ने सर्त राखिएकोछ । यो बैठकले उक्तशान्ति सम्झौतालाई स्वागतगर्दछ र हमासलाई निशश्त्रगर्ने सर्तको विरोधगर्दछ । २. गत२०७८ फाल्गुन १३ (२०२२ फेब्रुअरी २४) मा रुसद्वारा युक्रेनका विरुद्ध “विशेष सैन्य परिचालन” को नाममा शुरु भएको रुस र युक्रेनबीचको युद्ध आजपनिकायम रहेकोछ।उक्त युद्धको अन्त्यगर्नेप्रयोजनकालागि रुस र अमेरिकाका राष्ट्रपतिहरु भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका…
Read More
जगदीश चन्द्रको चौथो कविता कृति ‘व्यवस्थाको कण्चट’ विमोचन

जगदीश चन्द्रको चौथो कविता कृति ‘व्यवस्थाको कण्चट’ विमोचन

काठमाडौँ : कवि जगदीश चन्द्र भण्डारीको चौथो कविता कृति “व्यवस्थाको कण्चट ” आज असोज ३१ गते एक समारोहका बीच विमोचन गरिएको छ। काठमाडौँ सेतो पुलस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको हलमा एक कार्यक्रमका सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सो पुस्तक विमोचन गर्नुभएको हो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु, अन्य राजनीतिकर्मी तथा साहित्यकर्मीहरूको समेत जमघट थियो । उक्त विमोचन कार्यक्रमलाई इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले समन्वय गर्नुभएको थियो। एकसय चौरासी वटा कविता यसमा सग्रहित छन् । गद्य लय ढाँचामा लेखिएका यी कवितामा भण्डारी जनपक्षधर, जनवादी क्रान्तिप्रति निष्ठा भएका सशक्त कविका रुपमा उपस्थित हुनुभएको छ…
Read More
महत्त्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न

महत्त्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य ‘किरणले’ स्वास्थ्यको कारण महासचिव तथा केन्द्रीय समितिबाट दिनुभएको राजीनामा स्वीकृत । –बैठकद्वारा कार्यवाहक महासचिव  सि. पी. गजुरेल ‘गौरव’लाई महासचिव पदमा निर्वाचित । –नवनिर्वाचित महासचिव गौरवद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदन  पारित । –विश्वभरिका साम्राज्यवाद विरोधी शक्तिहरुलाई गोलबन्द गरी साम्राज्यवाद विरोधी बलियो संयुक्त मोर्चा गठन गर्न र विश्वस्तरमा अन्तराष्ट्रिय कम्युनिस्ट केन्द्रको निर्माणको लागि अझै पहल बढाउनुपर्ने आवश्यकतामा जोड  । –संसदवादी राजनीतिक पार्टीहरु नेका, नेकपा (एमाले) र नेकपा (माके)ले नेतृत्व गरेको दलाल सत्ता र सरकारले निरन्तरता दिदै आएकोले आज नेपाली जनताले दुष्परिणाम भोग्नु परेको निष्कर्ष। –भाद्र २३ गतेको जेनजी विद्रोह अमेरिकी साम्राज्यवाद तथा विस्तारवाद र…
Read More